कुबेतमा नेपाली पत्रकारिता – छोटो चर्चा


नबराज पन्थी (कुबेत)

देशको चौथो अङगको रुपमा चिनिने पत्रकारहरुलाइ दैनिक् रुपमा समाचार् लेखेको   भरमा बिभिन्न ससस्त्र समुह लगायत राजनितिक पाटीबाट अउने गरेका धम्कि खानु पर्ने पिटाई सहनु पर्ने यातना र ज्यानै जोगाउन पनि गाहरो भए पछि आफुले गरिरहेको संन्चार र पत्रकारिता पेशाबाट बिस्थापित हुन बाध्य र बिबश छन भन्ने कुरा सर्बबिबितैछ्। कलम चलाएकै भरमा  पत्रकारमाथिको आक्रमण  कृष्ण सेन, डेकेन्द्र थापा, वीरेन्द्र शाह, उमा सिंह हुँदै टीका बिष्टमा आइपुगेको छ।  जति पटक सरकार फेरिए पनि  पत्रकारको सुरक्षा अनि  देशको शान्ति सुरक्षा  कायम  गर्ने कुरा नेताजिहरुले दिने चिल्लो भाषाण एकादेशको कथा जस्तै भएको छ। दैनिक रुपमा यस्ता घटनाहरु बढन थाले पछि परिवारले पनि पेशा छोडन को लागि दबाब दिने गर्दछन ।  अनि  आफ्नो ज्यान धरापमा पारेर कति दिन कलम

 चलाउनु बाध्य भएर अरु नेपाली सरह पत्रकारहरु पनि सुनौलो भबिस्य को कल्पना गरि बैदेशिक रोजगारिको लागि बिभिन्न  मुलुक पुगेकाछन् । यसै क्रम को ज्वालन्त  उदाहरण को रुपमा मरुभूमिको देश कुबेतमा कलम चलाऊने पत्रकारहरुलाई हेर्न सकिन्छ । लामो समय नेपालको स्थानिय र राष्ट्रिय पत्रीकामा अनुभब बटुलेका नेपाली पत्रकारहरुले जहाँ गएनी जस्तो सुकै परिस्थितिमा पनि पत्रकारको कलम रोकिदैन भन्ने कुरालाई प्रस्ट पारेका छन । पत्रकार सधैँ निडर र निर्भीक हुन्छन् र हुनुपर्छ ‘’खाने मुखलाई जुगाले छेक्दैन’’ भने झै अन्जान भूमी अरबियन मुलुक त्यस माथि आफ्नो  व्यस्त समय बिदेशी भूमिमा आफ्नो नुन को सोझो पनि गर्नै पर्‍यो आफुले भने झै आफ्नो घर परिवार र आफ्नै जन्मभूमिमा त हुँदैन भने यो त अर्का को देश ।।।। जे होस पत्रकार को कलम कही गए पनि जस्तो सुकै परिस्थितीमा रोकिदैन  नदी झै सलल सलल बगिरहन्छ भन्ने कुरा सत्य नै साबित भएको छ । बिभिन्न मुलुकमा रोजगारिका लागि गएका पत्रकारहरुले त्यस ठाँउबाट सन्चालन गरेको अनलाइन पत्रीका र छापा पत्रीकाको नियमित अपडेट र प्रकाशनले पनि स्पस्ट पारेकोछ। लगभग ४० हजार नेपाली रहेको यो मरुभूमिको देश कुबेत नगरिमा नेपालीहरुले खेप्नु परेको दु:ख पिडा समस्या लाइ आफ्नो कलम मार्फत पोख्दै सूचना मनोरञ्जन सहित सुसचित गर्दै यस मरुभूमिको देशमा  नेपाली पत्रकरिताको बिकासको लागि पाईला  चालिरहेकाछन्। जसलाई अनलाइन पत्रीका मार्फत कुबेत मा र अन्य मुलुक सम्म पुर्याउन सफल भएका थिए । कुबेतमा नेपाली पत्रकारितालाई अघी बडाउन राजन रिमाल, सुजन केसि, जय आले, हरी कृष्ण न्यौपाने जस्ता ब्याक्तिहरुको महत्वपुर्ण भूमिका रहेकोछ। पहिला एक मात्र अनलाइन पत्रीका कुबेत नेपाल डटकम मात्र संन्चालित थियो, भने बिगत सात महिनाबाट नेपाल कुबेत डट्कम को जन्म हुनुले पनि मरुभुमिमा नयाँ आयम थपिएकोछ। आफ्नो स्थापना भएको सात महिनामा नै यस्ले राम्रै फट्को मारेर मरुभूमिको कोशेली नामक छापा पत्रीका प्रकाशनमा ल्याएर कुबेत नगरिमा ईतिहास रच्न सफल भएकोछ।  नेपालको स्थानिय र राष्ट्रिय पत्रीकामा काम गरी आफ्नो अनुभब खाडी मुलुक कुबेतमा नेपाली पत्रकारिता लाई अघी बढाउन तोयानाथ दाहाल, आर बि बुढाथोकि, बिमल लामिछानेले खेल्नु भएको भूमिका पनि महत्वपूर्ण रहेको छ। कुबेतमा बसोबास गर्ने पत्रकारहरुले छाता संगठन प्रबासी पत्रकार मन्च गठन गरी पत्रकारहरुले खेल्नु पर्ने भूमिका र नेपाली पत्रकारिताको बिकास को लागि आफ्ना बिचार  अनुभब साटासाट गर्ने गर्दछन। बेला बेलामा बैठक बसी आफ्नो काम को मुल्याङ्कन र भाबी कार्ययोजना तयारी र सल्लाह गरी अघी बढने गर्दछ। कुबेतमा नेपाली महिला पत्रकारको कमी खड्किरहेको समयमा नेपालमा महिला हकहितको लागि काम र पत्रकारिताको अनुभब बटुलिसक्नु भएकी बिष्णु पन्थीको भर्खरै कुबेत प्रबेश हुनुले पनि कुबेतबासी  नेपाली चेलिबेटि र पत्रकारहरुलाई हौसाला थपेकोछ। लामो समय पत्रकारिता संचार माध्यम सँग नजिक भएर काम गरी सक्नु भएका अग्रजहरुको साथमा  काम् गर्न् पाउदा भर्खरै कलम चलाऊन सिकि पत्रकरितामा लाग्ने कुबेतमा कार्यरत् हामी जस्ता नयाँ ब्याक्तिहरुलाइ अवसर मिलेकोछ भन्नुहुन्छ मनोज काफ्ले “मनसुन”। कुबेतमा नेपालीहरुको प्रबेशको बर्सौ बितिसक्दा पनि नेपाली पत्रकरिताको अभ्यासमा भने भर्खर् पाइला चाल्दैछ आसा गरौ अउदा दिनहरुमा सम्पुर्ण कुबेतबासी नेपालीहरुको साथ र सहयोगमा अझै प्रगति गर्नेछ  पत्रकार, स्वतन्त्र र  निर्डर हुन्छ । भन्ने नारालाइ आत्म साथ गरि कुनै पनि राजनितिक पाटीको छत्र छाँयाबाट टाढा रहेर नेपाली पत्रकारहरुले पाईला चाले भने कुबेतमा नेपाली पत्रकारिताले छिट्टै फट्को मार्न् सफल् हुनेछ। चेतना भया।।।

One Response

  1. wastab mai aba haamro paalo ho nabu sir ….. tara foto ma haamro pale po bhaye6…

    Ramro lekha ko lagi thax

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: