विदेशस्थित नियोगमा रहेका घर-जग्गा


               १. चीन भवन पाँच हजार दुई सय ५० वर्गमिटर २. बंगलादेश भवन सातवटा (क्षेत्रफल नखुलेको) ३. भारत भवन पाँचवटा ६.१ एकड ४. श्रीलंका जग्गा दुई एकड १६ पर्च ५. पाकिस्तान जग्गा नौ सय वर्गगज६. बेल्जियम भवन (नखुलेको) ७. बेलायत घर र जग्गा २६ सय वर्गफिट ८. पान्स घर र जग्गा एक सय ५७.७५ वर्गमिटर ९. जर्मनी राजदूतनिवास सात सय २५ वर्गफिट पुरानो भवन (बोन) ९३३ वर्गमिटर जग्गा (बोन) ९२४ वर्गमिटर पुरानो भवन (निवास/बोन) ९९९ वर्गमिटर १०. अमेरिका राजदूतनिवास ७५० वर्गफुट जग्गा सात सय १४ वर्गफुट स्थायी नियोग, न्युयोर्क चारवटा अपार्टमेन्ट

 नेपाल सरकारको स्वामित्वका जग्गा र भवन विश्वका जम्माजम्मी १० वटा देशमा छन् । तर, तिनको पनि उचित सदुपयोग गर्न नसक्दा वर्षेनी करोडौँ रकम गुमाइरहेछ सरकार ।विदेशमा खरिद गरिएका जग्गा वर्षांदेखि त्यसै मिल्किएका छन् भने नियोगहरू भाडाका भवनमा चलाउनुपरेको छ । आफ्नै जग्गामा भवन बनाइए वर्षेनी करोडौँ रकम बिदेसिनबाट रोकिनेतर्फ सरकारले ध्यान दिएको छैन । जब कि सरकारले विभिन्न नियोगलाई पठाउने रकममध्ये ४० प्रतिशत घरभाडामै खर्च हुने गर्छ ।

 

 

परराष्ट्र मन्त्रालयका अधिकारीहरू पटक/पटक सरकार परिवर्तन हुनाले नियोगका लागि भवन निर्माणको योजना अघि बढ्न नसकेको बताउँछन् । पाकिस्तानको इस्लामावादस्थित नेपाली नियोगका लागि नौ हजार वर्गमिटर जग्गा खरिद गरिएको २१ वर्ष भयो । ०३५ सालमै खरिद गरिएको जग्गा हालसम्म कुनै उपयोगमा आएको छैन । यता, नियोगका लागि भवन भाडामा लिनुपरेको छ ।

 

‘भवन भाडाबापत वर्षेनी ८० लाख रुपैयाँ बुझाउनुपर्छ,’ मन्त्रालयका सहसचिव खगनाथ अधिकारीले नयाँ पत्रिकासँग भने, ‘दस वर्षमा भाडाबापत बुझाएको पैसाले त नयाँ भवन नै बन्ने थियो ।’

 

उनी गत असोजसम्म पाकिस्तानस्थित नियोगमा कार्यवाहक राजदूत थिए । केही समयअघि सहसचिवमा बढुवा भएर मन्त्रालय आएपछि प्रशासन शाखाप्रमुख छन् । हाल आएर सरकार नियोग भवन बनाउनका लागि रकम पठाउन तयार भएको अधिकारीले बताए । मन्त्रालयकै अर्का एक अधिकारीले भने अर्थ मन्त्रालयलाई रकम निकासाका लागि अनुरोध गर्दागर्दा वाक्क भएको गुनासो गरे ।

 

श्रीलंकाको कोलम्बोस्थित नियोगका लागि दुई एकड १६ पर्च जग्गा खरिद गरेको वर्षौं भयो । नियोग भवन हालसम्म भाडामै छ, तर खरिद गरिएको जग्गाको उपयोग भएको छैन । साउदी अरेबियास्थित नेपाली नियोगका लागि लिजमा लिइएको जग्गाको पनि उस्तै अवस्था छ । त्यहाँ पनि भाडाकै भवनमा नियोग चलिरहेको छ । मलेसियाको क्वालालम्पुरस्थित पुत्रजयामा ०६४ सालमा सात हजार एक सय ११ वर्गमिटर जग्गा खरिद गरियो । तर, त्यो अझै उपयोगमा आएको छैन ।

 

यता, विदेशमा रहेका नेपाली भवनका संरचना पनि जीर्ण बन्दै गएका छन् । समयमा मर्मतसम्भार नगर्दा ती संरचनाको अवस्था दिनानुदिन कमजोर बनिरहेको हो । अमेरिका, बेलायत, जर्मनीस्थित नियोग भवनहरूको जीर्णोद्धार नयाँ भवन बनाउनभन्दा खर्चिलो हुने अधिकारीहरू बताउँछन् ।

 

जर्मनीको बोनस्थित पुरानो नियोग भवन लामो समय भइसक्दा पनि बिक्री हुन सकेको छैन । पछिल्लो समय एक जर्मन व्यापारीले किन्ने इच्छा देखाएको मन्त्रालयका अधिकारीले जानकारी दिए । अमेरिका र बेलायतस्थित नेपाली नियोग भवनहरू ऐतिहासिक महत्त्वका छन् ।

 

परराष्ट्र मन्त्रालयले केही समयअघि विदेशमा रहेका जग्गाको लगत संकलन गरेको थियो । हाल विभिन्न मुलुकमा हावाणिज्यदूतावास, वाणिज्यदूतावास र राजदूतावास गरी ३२ नेपाली नियोग छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: