प्रक्रिया छलेर ३ सय महिला साउदी अरेबिया जान श्रम स्वीकृति दिएकोबारे श्रम मन्त्रालय र दूतावासबीच दोषारोपण


       वैदेशिक रोजगार विभागले तीन सय कामदारलाई साउदी अरेबिया जान दुई वर्षअघि श्रम स्वीकृति दिएकोबारे रियादस्थित नेपाली दूतावास र श्रम मन्त्रालयबीच एकअर्कामा दोषारोपण सुरु भएको छ ।यसअघि तीन सय महिला कामदारले श्रम स्वीकृति पाएको भनिएकामा यो संख्यामा २ सय महिला र १ सय पुरुष कामदार रहेको रियादस्थित दूतावासले स्पष्ट पारेको छ । यीमध्ये १ सय महिला साउदी पुगिसकेको र अरू जाने क्रममा रहेको थाहा भएको छ । वैदेशिक रोजगार विभागले साउदीमा रहेको अन्तब इस्ट फर अपरेसन मेन्टिनेन्स कम्पनीलाई संगठित क्षेत्रमा तीन सय कामदार पठाउन वसुन्धारास्थित जब ट्रयाक रिकुटि्रङलाई श्रम स्वीकृति दिएको थियो । ती महिला कामदारलाई अस्पतालको सफाइ काम (क्लिनिङ) मा जान अनुमति दिएको थियो ।

श्रम मन्त्रालयले दूतावासबाट मागपत्र प्रमाणित गरेको कागजात आधारमा विभागबाट श्रम अनुमति दिएको बताएको छ । तर दूतावासले प्रमाणित गरेर पत्र पठाएको डेढ महिनापछि नै ‘सुरक्षा खतराका कारण साउदीमा कुनै क्षेत्रमा पनि महिला कामदार नपठाउन’ दोस्रो पत्र पठाएकामा त्यसको सुनुवाइ नभएको दूतावासको भनाइ छ । ‘क्लिनिङ’ काम भनेर पठाइए पनि घरेलु कामदार बनेकी भोजपुरकी रेनुका तामाङ बिचल्ली अवस्थामा अहिले दूतावास शरणमा आएपछि २००८ को जुन महिनामा श्रम स्वीकृति दिइएको यो पुरानो मुद्दा एकाएक बल्झिएकोको हो । उनका साथमा भएको श्रम स्वीकृतिलाई आधार मानी ‘दूतावासले विभागबाट सरकारी नीतिविपरीत काम गरेकाले ध्यानाकर्षण जनाउँदै दोषीउपर कारबाही गर्न’ पत्र पठाएपछि दुईबीच विवाद सुरु भएको हो ।

यो विषयमा छानबिन प्रक्रिया अगाडि बढेको छ । ‘दूतवासको सहमति र जानकारीबिना विभागले श्रम स्वीकृति दिएको भन्ने कुरा छ, यो साँचो देखिन्न,’ श्रम मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले भने, ‘दूतावासले प्रमाणित गरेकै मागपत्र आधारमा श्रम स्वीकृति दिएको छ ।’ उनका अनुसार २००८ जुन २८ मा राजदूत हमिद अन्सारीले प्रमाणित गरेको मागपत्र आधारमा श्रम स्वीकृति दिइएको देखिएको छ । रियादस्थित दूतावासले भने महिला कामदार असुरक्षित भएको भने लगत्तै ढेढ महिनापछि महिला कामदार नपठाउन गरेको पत्रलाई भने बेवास्ता गरेको दाबी छ ।

‘दुई वर्षअघि प्रमाणित गरेको मागपत्र आधारमा भर्खरै विभागले अन्तिम स्वीकृति दिएको छ,’ दूतावासका प्रथम सचिव खडगप्रसाद दाहालले भने । दुई वर्षअघिको श्रम सहमतिअनुसार १ सय महिला साउदी आइसकेको र अरू १ सय आउने प्रक्रियामा रहेकोमा उनीहरूलाई ‘अन्तिम स्वीकृति’ दिनेबारे पनि दूतावासले प्रश्न उठाएको छ । ‘विभागले दुई सयजना महिलालाई स्वीकृति दिएकामा १ सय जना आउन अझै बाँकी छ । पुरानै स्वीकृतिको आधारमा ती महिलाहरू साउदी आउन मिल्छ कि विभागलाई दूतावासको ग्यारेन्टी लेटर चाहिन्छ ? दाहालले प्रश्न गरे ।

दूतावासले प्राप्त गरेको श्रम स्वीकृतिपत्रमा महिला कामदार पठाउनुपूर्व स्वीकृति दिएको एक वर्षपछि मात्रै अन्तिम स्वीकृति दिएको छ । पूर्वस्वीकृति २०६५ असार २९ र अन्तिम स्वीकृति गत असोज १७ गते दिइएको रेकर्डमा देखिन्छ । हामीले २००७ मा दिइएको पूर्वस्वीकृतिको आधारमा पनि अन्तिम स्वीकृति दिएका छौं, विभागका महानिर्देशक मोहनकृष्ण सापकोटाले भने ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: