आमाको काखबाटै विवाह


विवाहका लागि केटाकेटीको उमेर कति वर्षको हुनुपर्छ ? १८ वा त्योभन्दा माथि । यो नेपालको मुलुकी ऐनले नै किटानी गरेको छ । उमेर नपुगी वा केटाकेटीको स्वीकृतिबेगर बिहे गराए कानुनी कारबाही हुने छ । अझ नाबालक बिहेको त

अरू बढी कारबाही होला । तर रौटहतका केही गाउँमा दूधे बालकको नै बिहे हुन्छ ।

परिपक्व उमेरपछि बेहुली बनेर मण्डपमा बस्नुपर्नेमा चन्द्रनिगाहपुर गाविस ७ कि शिलाकुमारी मल्ली

-डोम) को त ४ वर्षको उमेरमै आमाको दूध चुस्दाचुस्दै डोलीमा अन्मिएकी छन् । मण्डपमा आमा उमरावतीको काखमा लोलाइरहेकी थिएन तर उनको विवाह धुमधामसँग भइरहेको थियो । उनलाई जीवन संगीनी बनाउन आउने बरको उमेर पनि ६ वर्षको मात्रै थियो । छिमेकी बाराको गञ्जभवानीपुर गाविसका विनोद मल्लीको ६ वषर्ीय छोरा विकेशको विवाह चन्द्रनिगाहपुर ७ का

कैलाश मल्लीले ४ वषर्ीया छोरी शिलासँग माघ २५ गते सोमबार सम्पन्न भएको छ ।

मण्डपमा बाबुआमाको काखमा बसेर बालबालिकाको विवाह हुँदा बेहुला, बेहुली भने खेलेजस्तो गरी मुसुमुसु हाँसिरहेका थिए । तराईमा कथित तल्लो जाति डोम समुदायमा बिहेका लागि अभिभावक काखमा छँदादेखि नै हतारिने गरेको पाइन्छ ।

दुबै नाबालक बेहुला बेहुली आआफ्नो अभिभावकको काखमा बसेर विवाहको विधि सकेका थिए । यसै क्रममा सञ्चारकर्मी पुगी तस्बिर खिच्न लाग्दा उनीहरू डराएको मानसिकतामा दुबैलाई लुकाउने प्रयास गरेका थिए । रातिको समयमा सुत्न नपाउँदा बेहुली शिलाकुमारी भने घरीघरी सुत्न जान नपाएको झोकमा रुने गर्थिन् । ‘हामीले राजी खुसीले आफ्ना छोराछोरीको विवाह गरिदिएका हांै,’ नाबालिकाका पिता कैलाशले भने, ‘छोरीको बिहे सानै उमेरमा गरिदिए दाइजो कम लाग्ने, बिहेको झन्झट सकिने र रजस्वलापछि विवाह गर्दा पापको बोझ बोक्नुपर्ने हुन्छ ।’

बालबिबाह कानुनी रूपमा दण्डनीय भएबारे उनले भने, कानुनमा के छ थाहा छैन आफूहरूको परम्परा नै सानै उमेरमा विवाह गरिदिने चलन छ । सामान्य परिवारको भए पनि केटा पक्ष भने बैन्ड बाजा र नर्तकीसहित आएका थिए । विवाह सम्पन्न भए पनि उनीहरूको परिपक्व उमेरमा दोङ्गा अर्थात गौना गरेर घर पठाइने चलनले गर्दा नाबालिका आमा बुबाकै घरमा बसेकी छन् ।

केटी पक्षले केटालाई दाइजोस्वरूप साइकल र ७ हजार नगदसमेत दिएका थिए । बेहुलीपक्षले डोम जातिको परम्पराअनुसार विवाहमा आउने जन्तीलाई ५ हजारको बंगुरको मासु र २ सय बोतल रक्सी खुवाएका थिए । तराईमा दाइजो प्रथा र बालविवाहको चलन अझै पनि हटेको छैन ।

2 Responses

  1. Nepal is beautiful in the world but our thinking or society is very poor in world that why happen it in Nepal.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: