कुबेतमा प्रकाशित मरुभूमिको कोसेलीलाई मेरो दुई शब्द


     आर.बी बुढाथोकी  (कुबेत) 

          केही बर्ष अगाडी एउटा कार्यक्रम सकिएर पार्कमा गफ लडाउदै तलिन्न भई बसिरहेको अबस्थामा एउटा हितैषी मित्रले निकालेको कुबेतको पत्रकारिता अब एउटा स्थापित सस्थाको रुपमा रुपान्त्रण भएको छ। सजिलो माध्यम रोजेर वेब पत्रीकाबाट शुरु गरिएको कुबेतमा नेपाली समाजको पत्रकारिता जगत अब तरल रुप लिदै फिजिएको छ। बर्सौदेखी गुम भएर बसेका एक पछि अर्को गर्दै नेपालमा ब्यबसायीक पत्रकारिता गरेका पत्रकारहरु निस्कदै आए र त आज यो सम्भब भएको छ। प्रभाबसाली नयाँ पुस्ताको जागरुकताले कुबेतमा मरुभूमिको कोसेली तयार गर्न उनीहरुलाई कुनै कठीनाइ भएन। समयले सिकाएको पाठ र कुबेतबासी नेपालीहरुको सबैको मागलाई उनीहरुको पहुच सम्म पुर्याउने नयाँ माध्यम रोजेर आएको यो बिल्कुल नयाँ कोसेली निकाल्ने टिमले जुन सराहनिय काम गरेको छ यो कामलाई जति नै गुनगान गाए पनि अपुग नै हुन्छ।

            प्रबासमा बसेर पत्रकारिता गर्न त्यती सजिलो पक्कै छैन। सबैको आ-आफ्नो जिम्मेवारी हुँदा हुँदै पनि अतिरिक्त समय निकालेर हुन सक्छ कसैको सुत्ने समय कटौती भएको होला कसैको परिवारलाई दिने समय कटौती भएको होला त कसैको अतिरिक्त आम्दानी गर्ने समय कटौती भयो होला तर टिमका साथीहरुको यो मेहनत पक्कै खेर गएको छैन। यस्तो रचनात्मक काम गरेर एउटा उदाहरण बन्न सक्नु कुनै मामुली काम होईन पक्कै पनि यसमा सबैले तारिफ गर्ने छन। पहिलो अंकमा निश्च्यनै केही कमी कमजोरी होलान यो पहिलाएर आगामी अंकमा सुधार्ने मौका पाठकले सम्बन्धित ठाँउमा पुर्‍याउनु उस्को दायित्व पनि हो यो सबैले आशा गरेका छन। पत्रकारिता सम्मानित पेशा हुँदा हुँदै पनि प्रबासमा यो निकै जोखिम पनि छ यसलाई आत्मासाथ गर्दै सकेसम्म हामीले यसमा नेपाली समाजमा हुने गरेका गतीबिधीलाई बढी प्रथमिकता दिएका छौ र कसैको ब्यक्तीगत जीवनमा आँच आउने काम या कसैको खेदो खन्ने काम यसमा हामीले बिल्कुल गरेनैा र कदापी गर्ने पनि छैनौ। भाग्य छ भन्दैमा डोकोमा दुध दुहन पक्कै सकिदैन अत: हामीले गरेको काम सोरै आना ठीक भनेर हाबी हुने पनि हाम्रो आशय होईन। समय परिवर्तन छ भोलिका दिनहरु पक्कै पनि आजसँग वा भोली सँग मेल खादैन त्यसैले समयसंगै हामी पनि परिवर्तन हुने छौ र सबैको मागलाई ध्यान दिदै कोलमहरु पनि थप्दै जाने छौ।
 
             निश्चित तोकेको समयमा पत्रीका हात पर्नु नै वास्तवमा यहाँ ठुलो कुरा हो। बिभिन्न क्षेत्रमा लागेर प्रबासमा श्रम बेचिरहेका कुबेतबासी नेपालीहरुले यो नौलो आयामलाई निरन्तर दिन सके सबैले सरहना पक्कै गर्ने छन। यसका लागि नेपाली दुताबास कुबेतले पनि त्यतिकै सहयोग र भरपुर सल्लाह दिएकोमा हामी अत्यन्त आभारी छौ बिशेष गरि राजदुत मधुबन पौडेलले दिनु भएको प्रोत्साहन हामी सबैको लागि कोसे ढुंगा साबित हुनेछ । नेपाली साहित्यलाई अत्यन्त माया गर्ने कथाकार मधुबन पौडेलले हाम्रो यस पत्रीकालाई निरन्तरता दिन आगामी दिनहरुमा पनि यस्तै गरि साथ दिनुहुने छ भन्ने हामीलाई लागेको छ । त्यस्तै कुबेतमा लामो समयदेखी पेशारत अग्रज मित्रहरुको अमुल्य सुझाब,सल्लाह र दिशा निर्देशलाई हामीले कदापी भुल्ने छैनौ साथमा हामीलाई ब्यबस्थापनका लागि सहयोग गर्नु हुने बिभिन्न सँघ-सस्था तथा समाज सेबीहरुलाई भोलिका दिनहरुमा पनि यी सहयोगी हातहरु क्रियशिल रहने छ भन्ने हामी सबैले आशा लिएका छौ। मरुभूमिको कोसेलीको आज बिमोचन पश्चात सबै पाठको हातमा परेपछी हामीलाई तपाईहरुका अमुल्य प्रतिक्रिया अबश्य लेख्नु होला।

Advertisements

One Response

  1. धन्य हो मरुभुमिको कोशेली लाई तर एउटा कुरा के भने जसरी यो कोशेली लाई नेपाली को माझमा लिना जती कोशीस गर्नु भयो त्यसरी नै बिना रुकावातमा अगाडि बधोश कुवेट मा एस्ता कोशेली जस्ता पत्रीका हरु मालिया को गार्डन को अगाडि पछाडि निकै घुमेका थिए। तर आज बिलाएर गए। मलाई आशा छ यो मरुभुमिको कोशेली सधैं सफलता को शिखर्मा पुगोश। पैसा जम्मा गर्ने एउटा बुनिनेस्स न् होश। थ्याँक्ससबै क्मरुभुमिको कोशेली को तीम हरुलाई।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: