एमालेभित्रै सरकारको विरोध


टंक पन्त, (काठमाडौं), सत्तारूढ नेकपा (एमाले) को बुधबारदेखि शुरू भएको केन्द्रीय कमिटीको बैठकमा सरकारको चर्को विरोध भएको छ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा रहेको सरकारले जनअपेक्षाअनुसार कार्य गर्न नसकेको निष्कर्षएमालेको रहेको छ। एमाले अध्यक्ष झलनाथ खनालले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा राष्ट्रिय सहमति निर्माण गर्न नसकेको, संविधान निर्माणका लागि राष्ट्रिय सहमतिको वातावरण जुटाउन नसकेको, शान्तिसुरक्षाको स्थितिमा अपेक्षाअनुसार सुधार नआएको कुरा उल्लेख गरिएको छ।

केन्द्रीय सदस्यहरूले जानकारी गराएअनुसार विगतको पार्टीको लिटब्युरो बैठकमा राष्ट्रिय सहमतिका लागि आवश्यक परे त्याग गर्न तयार रहनुपर्ने कुरा अध्यक्ष खनालको प्रतिवेदनमा उल्लेख गरिएको थियो। यसपटक सरकारका कमीकमजोरी र प्रगतिका बारेमा उल्लेख गरिए पनि त्याग गर्ने कुरा प्रतिवेदनमा समावेश छैन।

स्मरणीय छ, पोलिटब्युरो बैठकमा अध्यक्ष खनालले प्रतिवेदनमा त्याग गर्नुपर्ने कुरा उल्लेख गरे पनि अन्तिममा पोलिटब्युरोले सरकारको र्समर्थनमा एकमतले निर्णयगरेको थियो। अध्यक्ष खनालले आफ्नो प्रतिवेदनमा माओवादी अराजक र उद्दण्ड हुँदै गएको र उसकै कारण संविधान निर्माण र शान्तिप्रक्रिया प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको उल्लेख गर्नुभएको छ। यद्यपि खनालले प्रमुख प्रतिपक्षी दल माओवादीलाई साथमा लिएर राष्ट्रिय सहमति निर्माण गर्नुको विकल्प नभएको बताउनुभएको छ।

चालू केन्द्रीय कमिटीको बैठक सरकारका लागि सहज नहुने केन्द्रीय सदस्यहरूले बताएका छन्। बैठकका लागि १५ वटा एजेन्डा तय गरिएका छन्। यसै बैठकले राष्ट्रिय प्रतिनिधि परिषद्को गठन र त्यसको नीति, पार्टीको आगामी कार्ययोजना, सरकारको समीक्षा, संविधान निर्माण र शान्तिप्रक्रिया, पार्टीत्रका विवादहरू समाधान गर्ने, विभिन्न कार्यदलले तयार पारेका प्रतिवेदनलाई अनुमोदन गर्ने, पार्टीको नियमावली, सल्लाहकार परिषद् गठन, सांगठनिक प्रतिवेदनलगायतका एजेन्डामा छलफल गर्ने भएको छ।

पार्टीरा गठित राज्यको पुनःसंरचनाका बारेमा भरतमोहन अधिकारीको संयोजकत्व र सदस्यहरू वामदेव गौतम र इश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, उर्मिला अर्याल, पृथ्वी सुब्बा गुरुङ, रामचन्द्र झा रहनुभएको कार्यदलले राज्यको पुनःसंरचना कस्तो हुने भन्नेबारेमा अन्तिम रूप दिएको छ।

बुधबारदेखि प्रारम्भ भएको केन्द्रीय कमिटीको बैठकमा महासचिवर् इश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र नियमावली प्रस्तुत गर्नुभएको थियो। यसै बैठकमा उपाध्यक्ष वामदेव गौतमले फरक मतको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ।

राज्यको पुनःसंरचनाका विषयमा १५ प्रदेश हुने गरी कार्यदलले प्रतिवेदन तयार गरेको छ भने शासकीय स्वरूपका सर्न्दर्भमा प्रधानमन्त्री प्रत्यक्ष निर्वाचनबाट वा संसद्बाट भन्ने विषय र राजनीतिक अग्राधिकारको विषयमा भने कार्यदलले केन्द्रीय कमिटीबाट टुंगो लगाउने गरी प्रतिवेदन तयार गरेको छ। सो प्रतिवेदन यसै बैठकमा प्रस्तुत गरिने जानकारी सदस्य प्रकाश ज्वालाले दिनुभयो।

संविधान निर्माणका लागि प्रमुख प्रतिपक्ष दल एकीकृत नेकपा (माओवादी) नै स्पष्ट नभएको र कतै माओवादी तत्काल संविधान बनाउन अनिच्छुक रहेको त होइन भन्ने निष्कर्षपनि एमालेको रहेको छ।

सरकारको आकार ठूलो हुनु, कतिपय मन्त्रीहरूमा अनुशासनहीनता र छाडापन देखिँदा पनि कारबाहीमा नपर्नु, शान्तिसुरक्षा कायम नहुनुजस्ता कार्यले जनतामा निराशा बढेको कुरा अध्यक्ष खनालको प्रतिवेदनमा उल्लेख भएको बुझिएको छ।

विशेष सुरक्षायोजना आउँदा जति प्रशंसा भएको थियो त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा जनतामा निराशा बढ्दै गएको छ, त्यसैले कमी-कमजोरीलाई हटाउँदै अगाडि बढ्नुपर्ने खाँचो रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

सरकार र पार्टीच समन्वय हुन नसकेकाले पार्टीको निर्णया आधारमा सरकार सञ्चालन हुनुपर्ने आवश्यकता देखिएको प्रतिवेदनमा अध्यक्ष खनालले उल्लेख गर्नुभएको छ। सेना समायोजनका सर्न्दर्भमा अयोग्य लडाकूको बहिर्गमन, समन्वयकारी भूमिकाजस्ता विषयमा भने सरकार सकारात्मक रूपमा गएको कुरा पनि प्रतिवेदनमा उल्लेख गरिएको बताइएको छ।

अध्यक्ष खनालले प्रस्तुत गर्नुभएको प्रतिवेदनउपर आजदेखि छलफल हुने भएकाले सरकारका बारेमा केन्द्रीय सदस्यहरूले खुलेरै आ-आफ्नो धारणा राख्ने भएका छन्।

One Response

  1. thankes kamred (adakhy ju ) but u have to go all member sameter ok bcz dont go with mayobadi ok

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: