अवको ३ महिनाको दिन उथलपुथलको – प्रचण्ड


              डिसीनेपाल डटकम संवाददाता –  एकिक्रित नेकपा माओवादिको प्रशिक्षण भेलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति र नयाँ संविधान निर्माणको लागि अबको ३ महिनासम्म पार्टिको सबै समय केन्द्रित गर्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।हिजोदेखि सुरु भएको कार्यकर्ता प्रशिक्षण भेलामा उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले माओवादि शान्ति प्रक्रियाको लागि अन्तिम समयसम्म लडिरहने तर सहमतिको नाममा कसैसंग आत्मसमर्पण नगर्ने बताउनुभयो । राज्य समितिका सेक्रेटरीहरुको रिपोर्टिङ पछि प्रचण्डले पार्टिको भावी कार्यदिशा र संघर्षलाई मुख्य एजेण्डा बनाएर प्रशिक्षण दिदै अवको ३ महिनाको दिन उथलपुथलको भएको र त्यसपछि क्रान्ति निर्णायक विन्दुमा पुग्ने बताउनुभयो । नयाँ संविधानका लागि सबै नेता तथा कार्यकर्तालाई केन्द्रित हुन निर्देशन दिदै अध्यक्ष प्रचण्डले कुनैपनि हालतमा २०४७ को जस्तो संविधान निर्माण हुन नदिने बताउनुभयो । पार्टिमा दक्षिणपन्थि सुधारवादको समस्या प्रमुख भएको भन्दै उहाँले त्यसको विरोधमा वैचारिक संघर्ष गर्न कार्यकर्ताहरुलाइ निर्देशन पनि दिनुभयो

राष्ट्रिय स्वाधिनताको आन्दोलन प्रभावकारी भएकोले आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन जरुरी रहेको रिपोर्टिङको क्रममा समितिका सेक्रेटरीहरुले जोड दिएका छन् । काँग्रेस, एमाले लगायतका दलका कार्यकर्ताहरु एकिक्रित माओवादिमा प्रवेश गर्न क्रम विभिन्न जिल्लाहरुमा बढिरहेको विभिन्न राज्य समितिका सेक्रेटरीहरुले बताएका छन् । भक्तपुरको खरिपाटिमा हिजो सुरु भएको प्रशिक्षण भेलामा करिव ४ हजार नेता तथा कार्यकर्ता सहभागि रहेको एकिक्रित माओवादिले जनाएको छ ।

One Response

  1. dhamki le nepal bigarne neta ma parchanda g no one hunuhun6 ra arka neta madhav kumar nepal pani ho gara neta harukai nepal ho hajur harule j garda pani hun6 jai nepal

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: