मुक्का हानाहान


काठमाडौं, (नेस), पार्टी बैठकमा भाग लिन जाने क्रममा कार्यकर्ताले रोकेपछि कांगे्रस उपसभापति प्रकाशमान सिंह र ओखलढुंगाका कार्यकर्ताबीच मुक्का हानाहान भएको छ। बैठकमा प्रवेश गर्ने बाटो नदिएपछि ठेलमठेल हुँदा झडपको स्थिति आएको थियो। पार्टीकार्यकर्ताले ठेलेर अपमान गरेपछि उपसभापति सिंह पनि आक्रोशित हुनुभएको थियो। उपसभापति सिंहले आफूहरूमाथि मुक्का प्रहार गरेको कार्यकर्ताहरूले बताए भने उपसभापति सिंहले आफूमाथि दुर्व्यवहार भएको बताउनुभयो। 

‘बैठकमा आउँदा बाटो छेके र मैले धकेलिदिएर आएँ’, केन्द्रीय समितिको बैठकमा सिंहले भन्नुभयो- ‘बाटो छेके भनेर लुरुलुरु घर जाने कुरा त भएन नि।’

पार्टीपसभापति सिंहले ओखलढुंगाका रामकुमार थापा र टेकबहादुर कटुवाललाई हातपात गरी घाइते बनाएको आरोप कार्यकर्ताहरूको रहेको छ। उनीहरूलाई उपचार गर्न स्थानीय स्टार हस्पिटलमा लगिएको थियो। झडपपछि कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका थिए र केन्द्रीय कार्यालयमा प्रवेश गरेर कुर्सी र पदाधिकारीहरूको नामावली बोर्ड तथा केही सामग्री तोडफोड गरेका थिए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीसमेत परिचालन गर्नुपरेको थियो।

बैठकमा भाग लिन केन्द्रीय कार्यालयको पश्चिमी गेट पुग्दा उपसभापति सिंहलाई ओखलढुंगाका कार्यकर्ताहरूले हिजो जुन बाटोबाट प्रवेश गर्नुभएको हो, आज पनि सोही बाटो जानू भनेर रोकेपछि विवाद शुरू भएको हो। तनाव बढ्दै जाँदा कार्यालयमा उपसभापति सिंहलाई आक्रमण गर्न आएका केही युवालाई कार्यालयका सुरक्षाकर्मीले रोकेका थिए।

नेपाल तरुण दल काठमाडौं जिल्ला अध्यक्ष जीवन डंगोललाई बर्खास्त गरेको विरोधमा तरुण दल कार्यकर्ताहरूले बुधबारबाट नै पार्टी कार्यालयमा अनशन शुरू गरेका छन्। पार्टी कार्यालय परिसरमा नै तरुण दल महानगर अध्यक्ष रमेश महर्जनले बुधबारबाट अनशन शुरू गरेका हुन्।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: