प्रबासबाट श्रममन्त्रीलाई एउटा विन्ती


दीपक भेटवाल

“तपाईंलाई देश र जनताका लागि केही गर्ने महान अवसर मिलेको छ । यस्तो अवसर इतिहासमा विरलै मिल्छ । तलब वृद्धिलाई नीतिगत रूपमा लागू गरिदिनुभयो भने खाडीमा श्रम बेचेर बाँचिरहेका हामी श्रमिकहरू जीवनभरि तपाईंप्रति आभारी हुनेछौं ।”

एक महिना नाघ्यो, हामीले तपाईंको बाटो कुरेको । तपाईंलाई थाहै छ, सूर्यनाथ मिश्र नामक एक स्वाभिमानी व्यक्ति कतारमा राजदूत छन् । सुख्खा ६ सय तलबमा मरूभूमिमा कार्यरत नेपालीको दुःखको पहाड देखेर विक्षिप्त बनेका मिश्रले दुई सय बढाउने सिफारिस तपाईंले सम्हालेको मन्त्रालय र विभागमा पठाएका थिए । हामीलाई लागेको थियो- तपाईंले त्यसलाई हार्दिकतापूर्वक लागू गरी सिफारिसकर्तालाई पुरस्कृत गर्नुहुनेछ । तर यसपछि भिसाको कपटी धन्दा ओरालो लाग्ने डरले तस्करहरूले श्रम मन्त्रालय र विभागको मुख थुनेर राखेका छन् भन्ने  खासखुस यता आइपुग्यो । हामी व्यग्ा्र भएर हेरिरहेका छौं- तपाईं आफ्नो मुखबाट तस्करहरूको हात कहिले फाल्नुहुन्छ ?

उसो त तपाईंको मौनताका कारण कतारमा पनि सोझा राजदूतलाई खुच्चिङ गर्ने कम छैनन् । हामी सुन्न व्यग्र छौं, तपाईं मजदुरका पक्षमा मुख खोल्नुहुन्छ कि विपक्षमा ।

महाजनसँग चर्को ब्याजमा ऋण काढेर ६ सय सुख्खा तलबमा खाडी भासिने हाम्रा युवाहरूसँग लहलाउँदो जवानी, कठोर साहस र रंगिन सपनाबाहेक हातमा कुनै सीप हुँदैन । कनिकुथी तिनले विद्यालयमा सामान्य पढेका त हुन्छन्, तर हाम्रो पाठ्यक्रममा राखिएको बेतुकको नैतिक शिक्षा, गणितको जटिल सूत्र र अंग्रेजीको गोटा मानेबाहेक तिनले खाडीको श्रमबजारमा अलि गतिलो भाउमा बिक्ने कुनै अस्त्र हुँदैन । अनि ६ सय सुख्खा तलबमा जिब्रो बाँधेर राखे पनि दुई सय पचास खान्की खर्चमा सकिन्छ । यसो घरपरिवारको सुखदुःख बुझ्न फोन गरुँभन्दा पचास रियाल जान्छ । शुक्रबारे छुट्टीमा मन बहलाउन पार्कतिर आई साथीभाइ भेटुँभन्दा  पचास । बाँकी रहन्छ, दुई सय पचास । साहुसँग लिएको एक लाख मूलधनको ज्यानमारा ब्याज नै मासिक तीन हजार पर्छ ।  नाथे दुई सय पचास रियालबाट तिनले के ऋण तिर्नु, के खानु, के बचाउनु, परिवारजनले के आस गर्नु अनि राष्ट्रले मजदुरको रेमिट्यान्स भनेर के नाक फुलाउनु ?

आफ्ना देशका लाखौं होनहार युवाको जवानी, साहस र सपना दुई सय पचास रियाल -५ हजार रुपैयाँ) मा खेर गइरहँदा तपाईंको मन चसक्क हुँदैन ? यति पैसाले नेपालमा सम्भ्रान्त वर्गले पाल्ने विदेशी कुकुरको मासिक खुराक पनि पुग्दैन । तपाईंको आफ्नै छोरा यस मरूभूमिको मान्छे खाने घाममा मासिक २ सय ५० रियाल कमाउन पसिनाले निथ्रुक्क भिजेको कल्पना गर्नुस् त, छाती कति पोल्छ !

तपाईंलाई थाहै छ, हुनेखानेहरू खाडी राष्ट्र भन्नेबित्तिकै नाक खुम्च्याउँछन् । बरु ल्ााखौं खर्च गरेर युरोप, अमेरिकातिर भाँडा माझ्न हान्निन्छन् । खाडीमा त दुःखी-पीडितमात्र आउँछन् । जीवनभर गरिबीले थिचिएर मनको सुदूर कुनामा उज्यालो सपना बोकी यस मरूभूमिको चर्को घाममा ज्यानको बाज्ाी लगाएर काम गरेर आर्जन गरेको पैसाले बरु गरिबीमाथि गरिबी थपेको छ ।

खाडी छिरेका हाम्रा मजदुरहरूले इमानदारी, अनुशासन, लगनशीलता आर्जन गरेर राष्ट्रको शिर उँचो राखेका छन् । अन्य देशका  श्रमिकको तुलनामा हाम्राले श्रेष्ठता कमाएका छन् । हाम्रै छिमेकी देश भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले आफ्ना श्रमिकको न्यूनतम ज्याला एक हजार तोकेका छन् । खै त हाम्रो लगनशीलतको मूल्य ? खै त हाम्रो पसिनाको महत्त्व ? के  नेपाल्ाीको पसिना  चौलानी हो, जसको कुनै मूल्य हुँदैन ? अनि दुई सय रियाल तलब वृद्धिका लागि  किन तपाईंले यति लामो मौनता साध्नुभएको छ ?

हाम्रा अभागी मजदुरहरूले आर्जन गर्ने निम्छरो धनमा तिनको पसिना, लगनशीलता, इमानदारीमात्र होइन, आँसुु र रगत पनि मिसिएको हुन्छ । परिवारजनको न्यानो काख, पि्रयसीको निःस्वार्थ माया सम्भिmँदै, भक्कानिएर रुने अबोध लालाबालासँग वर्षौंका लागि विछोडिएर सात समुद्रपारि आउँछन् । घर तिनको सास र्फकन्छ कि लास, कुनै पत्तो हुँदैन । आफ्नो घर, आँगन, पिँडी, करेसाबारी र आफन्जनको  यादमा यिनी भक्कानिएर रुन्छन् । रातभरि अाँसुले सिरानी भिजाउँछन्, दिनभरि मनमा भतभती पोल्ने औडाहा र छट्पटी बोकेर पसिनाले निथु्रक्क हुन्छन् । न तिनले समयमा आफ्नो ज्याला पाउँछन्, नत श्रम सम्झौताको सुविधा । घर फर्किउँ, साहुको क्रण र आफ्नै गरिबीले मन चिथोर्छ, काम गरुँ हालत यस्तो छ । अनि बाध्य भएर ज्यानको बाजी राखी कम्पनी छाडेर भाग्छन् । कोही सुतेकै ठाउँमै एकबारको जुनी बिसाउँछन्, कोही पक्राउ पर्छन् । जन्मदै गरिबीको दोष बोकेर सुखको सास फेरुँला भनेर यस दूरदेशमा छिरेका अभागीहरूलाई यता पनि विरक्ति, हैरानी र बेचैनीले लखेटिरहन्छ । मन्त्रीज्यूको जानकारीमा छ कि छैन कुन्नी, कतारको जेलमा अझै पनि एक हजारभन्दा बढी नेपालीहरू आहत, सुस्केरा र आफन्तजनको यादमा छट्पटिएर रात काटिरहेका

छन् । तपाईंको कठोर मन पग्लिएर कतारको नेपाली दूतावासले सिफारिस गरेको २ सय रियाल तलब वृद्धिलाई सदर गरिदिनुभए अधिकांश नेपाली मजदुर कम्पनी छाडेर भाग्ने कठोर कदम चाल्नुपर्ने थिएन ।

तपाईं अन्तर्गतको श्रम विभागले ठगी र भ्रष्टाचारको शिलालेख निर्माणमा भन्सार विभागलाई तल पारिसक्यो । श्रम विभागमा नेपाल सरकारले निजामती कर्मचारीको सम्मानजनक दर्जा दिएर राखेका वैधानिक ठगहरू ब्ास्छन्, तिनले सोझा नेपाल्ाीहरू प्ाशुको भाउमा बेच्न नक्कली श्रम सम्झौतामा लोकतान्त्रिक सरकारको निसानी छाप लगाउँछन् । अनि अभागीहरू बेचिन बाटो खोलिदिन्छन् । दूतावासमा हरेका दिन ओइरिने हुलका हुल नेपाली मजदुरहरूको पीडाको पहाड सुन्दा यसो गम्छु, यस भूगोलमा अरू कुनै देश होला कि नहोला, जसले आफ्नो नागरिकलाई नक्कली कागज गरेर खुलेआम निर्यात गर्छ ! यो एउटा कठोर सत्य हो, मन्त्रीज्यू ८० प्रतिशत नेपाली मजदुरहरू लोकतान्त्रिक सरकारको सक्कली छाप लागेको नक्कली सम्झौतापत्रमा बेचिन्छन् । त्यो पनि वैधानिक रूपमा दिउसै नेपाली एयरपोर्टबाटै  ।

के नेपाली गरिबहरूको जीवन त्यति लद्दु छ, जो ठग, तस्कर र घुस्याहाहरूको भाग्य चम्काउन आफ्नो भाग्यमा खरानी धस्न विवश हुनुपर्ने ? तर हामी तपाईंजस्तो निरीह र लाछी श्रममन्त्री खेप्न बाध्य छौं । तपाईंलाई याद छ, कतारको नेपाली दूतावासमा आई ठग दलालहरूलाई २४ घन्टाभित्र कारबाही गर्छु भनेको ? राजदूत मिश्रले पीडितको उजुरीका आधारमा ठगहरूलाई कारबाही गर्नु भनेर पठाएका सिफारिसको चाङले सगरमाथा नाघ्न लागिसक्यो । खै त तपाईंको २४ घन्टे गर्जन ?

आफ्नै आँखा अगाडि देखेको पीडितको आँसु, उसको स्वरबाट निस्कने पीडादायी क्रन्दन, आफ्नो भाग्यले आफैंलाई ठगेर  जीवनको कुनै निसानी नभेटिने मलिन अनुहारभन्दा ठगिएको अर्को प्रमाण के हुनसक्छ राजदूतसँग ? सुन्दै हाँस उठ्ने कुतर्क कति गर्नुहुन्छ ? भन्नेहरू भन्छन्, नेपालको हरेक श्रममन्त्रीको पेटमा मानव तस्करको कालोधन पर्ने गर्छ । तपाईंको पेटमा त्यो परेको छ कि छैन, तपाईं नै जान्नुस् । तर केले छेकेको छ, तपाईंलाई देश, समाज र मजदुरका हितमा सिफारिस गरिएको तलब वृद्धि कार्यान्वयन गर्न ?

तपाईंलाई देश र जनताका लागि केही गर्ने महान अवसर मिलेको छ । यस्तो अवसर इतिहासमा विरलै मिल्छ । तलब वृद्धिलाई नीतिगत रूपमा लागू गरिदिनुभयो भने खाडीमा श्रम बेचेर बाँचिरहेका हामी श्रमिकहरू जीवनभरि तपाईंप्रति आभारी हुनेछौं ।

लेखक कतारको दोहामा बस्छन् । deepak.bhetwal@gmail.com

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: