प्रक्रिया नपुर्‍याई तीन सय महिला कामदारलाई साउदी अरब जान श्रम स्वीकृति दिएको तथ्य खुलासा


दिनेश रेग्मी/होम कार्की

वैदेशिक रोजगार विभागले प्रक्रिया नपुर्‍याई तीन सय महिला कामदारलाई साउदी अरब जान श्रम स्वीकृति दिएको तथ्य खुलेको छ । विभागले अन्तब इस्ट फर अपरेसन मेन्टिनेन्स कम्पनीमा कामदार पठाउन काठमाडौं बसुन्धारास्थित जब ट्रयाक रिकुटि्रङले माग गरेअनुसार तीन सय जनालाई श्रम स्वीकृति दिएको हो । उनीहरू सबैलाई घरेलु काम (हाउसमेड) मा पठाएको हुनसक्ने साउदीस्थित नेपाली दूतावासले आशांक गरेको छ । 

ती कामदारलाई पठाउन विभागले ०६५  असार २९ मा पूर्वस्वीकृति दिएको थियो । खाडीमा संगठितबाहेक अन्य क्षेत्रमा महिला कामदार पठाउन सरकारले प्रतिबन्ध लगाएको छ । संगठीत क्षेत्रमा पनि महिला कामदार पठाउन सम्बन्धित दूतावासको सहमति आवश्यक पर्छ । ती कम्पनीबाट हस्पिटल क्लिनरमा गएकी भोजपुरकी रेनुका तामाङ घरेलु काम गरी दूतावासको शरणमा पुगेपछि विभागको त्रुटि पत्ता लागेको हो ।  उनी गत असोज २६ गते काठमाडौंबाट साउदीको जेद्दा पुगेकी थिइन् ।

‘हस्पिटलको काममा आएकी थिएँ, तर घरको काम लगाइयो’, दूतावासको आश्रयस्थलमा रहेकी तामाङले कान्तिपुरसँग फोनमा भनिन्, ‘यहाँ मलाई पाँच ठाँउमा बेचिसकेपछि भाग्दै दूतावासको शरणमा आइपुगेकी हुँ ।’

उनका साथमा अन्तबसँग गरेको सम्झौतापत्र, विभागले दिएको अन्तिम स्वीकृतिको पत्र छ । दूतावासले सरकारी नीतिविपरीत नेपाली महिलालाई वैदेशिक रोजगारीमा पठाउने कार्यमा संलग्न कर्मचारीलाई कानुनी कारबाही गर्न श्रम मन्त्रालयलाई पत्राचार गरेको छ ।

खाडी क्षेत्रमा महिला कामदारलाई पठाउन सम्बन्धित नेपाली दूतावास र श्रम सहचारीले संगठित क्षेत्रको काम भएको र पूर्ण सुरक्षाको प्रत्याभूति भएमा मात्रै स्वीकृति दिने गरेको छ ।

मन्त्रालयले यो विषयमा विभाग र म्यानपावर कम्पनीबारे अनुसन्धान सुरु गरेको छ । ‘हामीले यस विषयमा निकै गम्भीर भई अनुसन्धान सुरु गरिसकेका छौं,’ मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले भने, ‘दोषी पाइएमा कानुनअनुसार कारबाही गरिनेछ ।’

विभागका महानिर्देशक मोहनकृष्ण सापकोटाले भने दूतावासले मागपत्रमा स्वीकृति दिएबमोजिम नै श्रम स्वीकृति दिएको मन्त्रालयलाई मंगलबार जानकारी दिएका छन् । साउदी दूतावासले भने यसलाई अस्वीकार गरेको छ ।  ‘महिला कामदारको हकमा हामी निकै संवेदनशील छौं’, दूतावासका एक अधिकारीले भने, ‘कम्पनीको स्थिति, महिलालाई बस्ने, खाने व्यवस्था नहेरी हामी मागपत्रमा अनुमति दिँदैनौं ।’  

दूतावासले तामाङलाई उद्धार गर्न ६ हजार साउदी रियाल अर्थात् १ लाख २० हजार व्यवस्था गरिदिन सरकारलाई अनुरोध गरेको छ । भारतीय बाटो हुँदै घरेलु काममा गएकामध्ये पछिल्लो ६ महिनामा तीन सयभन्दा बढी महिलालाई साउदीबाट उद्धार गरी पठाइसकेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: