कूटनीतिक व्यवहारमा बेखबर राजदुतहरु


       देवेन्द्र भट्टराई

     सरकारले आधा दर्जनभन्दा बढी मुलुकमा राजदूत नियुक्ति गर्न नाम सिफारिस गरेपछि एगि्रमो प्रक्रियामा रहेका ती राजदूतलाई कान्तिपथको एक होटलमा निम्त्याइएको थियो । पूर्वराजदूतहरूको संस्थाले आपसी अन्तरसंवाद र रिसेप्सनमा बोलाइएका प्रस्तावित नाममा परराष्ट्रका विज्ञ पदाधिकारीदेखि राजनीतिक भागबन्डामा परेका व्यक्तित्वहरूको पनि सहभागिता थियो । तर ती कूटनीतिक मामिला जानकारहरूको भीडमा परिपक्व उमेरका रूक्मशमशेर राणाको आवाज उचो रह्यो, जो भारतको राजदूतमा प्रस्तावित थिए ।

‘म ओलम्पिक कमिटीमा भइसकेकाले मेरो ‘एक्सपोजर’ बढी छ, मैले दुनियाँ घुमेको छु । मलाई राजदूत भूमिका निर्वाह गर्नमा खासै समस्या छैन’ भन्ने सारको प्रवचन दिएर कांग्रेस कोटाका राजदूत रूक्मशमशेर होटलबाट बाहिरिए । तर त्यसरी ओलम्पिक कमिटी र खेलकुदका भरमा संसार घुम्नु र कूटनीतिक जिम्मेवारी निर्वाह गर्नु दुई फरक कुरा हुन् भनेर सम्झाई-बुझाई गर्ने साहसी पदाधिकारी त्यो भेलामा कोही देखिएनन् । पछि तिनै प्रस्तावित राजदूतहरूलाई परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले पनि आपसी अन्तरसंवाद र प्रशिक्षणमा निम्त्यायो । त्यहाँ पनि विज्ञका कुरा सुन्नेभन्दा आफ्नो कुरा सुनाउनेमा भागबन्डाका राजदूतहरू अग्रपंक्तिमा थिए ।

एगि्रमो सहमतिपछि राष्ट्रपतिकहाँबाट नाम घोषणा हुने, त्यसपछि परराष्ट्रबाट भ्रमण आदेश लिनुपर्ने र रवानापत्र साथमा लिएर सम्बन्धित मुलुकमा राजदूत जिम्मेवारी बहन गर्न जानुपर्ने प्रक्रिया एउटा कूटनीतिज्ञका लागि ‘सामान्य ज्ञान’का विषय हुन् । यसपटक भागबन्डामा परेर इजिप्टका लागि राजदूत बनेका मधेसी जनअधिकार फोरम -गच्छदार) समूहका श्यामलाल ताबेदारको सामान्य ज्ञानले काम नगरेको खबर सञ्चारमाध्यममा आइसकेको छ । एक महिनाअघि आफ्नो कार्यभार सम्हाल्न इजिप्ट हिँडेका ताबेदारले आफू कायरो प्रस्थान गरेको जानकारी यता परराष्ट्र र उता सम्बन्धित दूतावासलाई नगराएका कारण उनले विलखबन्धन व्यहोर्नुपर्‍यो । परराष्ट्र अधिकारीका अनुसार ‘रवानापत्र’ नलिइकन गएकाले हुनसक्छ अथवा कायरोस्थित नेपाली दूतावासलाई आफ्नो आगमनबारे खबर नगरेकाले उनी सहर छिरेको नवआगन्तुकझैं बन्नुपरेको रहेछ । पहिले नेपाली कांग्रेसमा रहेका राजनीतिज्ञ ताबेदारपछि फोरम यादव) हुँदै लोकतान्त्रिकमा छिरेका आफैंमा सक्षम पात्र हुन् । तर यो फेरबदल र कुदाकुदको राजनीतिक यात्रामा ताबेदारले ‘कूटनीतिक संस्कार र व्यवहार’को पत्तो नपाउनु स्वाभाविक थियो ।

सन्दर्भ कूटनीतिक वृत्तले व्यहोर्ने र देखाउने कूटनीतिक चालचलनको हो । यो ‘डिप्लोम्याटिक डिलिङ्ज’भित्र सिंगो देशको छविसँग जोडिएका परराष्ट्र अधिकारीको बोलीचाली, चालचलनमात्रै होइन, उनीहरूले कूटनीतिक सम्बन्ध, विदेश नीति, सहमति, समझदारी, कूटनीतिक नियोगहरू, ग्लोबलाइजेसनसहितका दर्जनौं विषयमा जानकार रहनु पनि यही ‘डिलिङ्ज’भित्रको कुरा हो । ‘तिमीहरूको देशको राजदूतसँग भेटघाट हुँदा हामी हावापानी र मौसमको मात्रै कुरा गर्ने गछार्ंै’, काठमाडौंस्थित एक युरोपेली नियोगका कूटनीतिक अधिकारी एउटा भेटमा संवाददाताहरूसँग भन्दै थिए-  ‘युरोपेली संघ अथवा युरोपेली आयोगबारे पूरै पत्तो नपाएका नेपाली कूटनीतिक अधिकारी पनि कहिलेकाहीं भेटिन्छन् ।’

परराष्ट्रको जानकार बनाउन र कूटनीतिक मामिलाबारे बौद्धिक प्राज्ञिक बहस गर्न मन्त्रालयको मातहतमा १७ वर्षअघि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान गरिएको थियो । तर प्रतिष्ठानका अधिकांश कामकारबाही रिपोर्ट-मेकिङ र रिसेप्सनमा बित्ने गरेको स्वयम् परराष्ट्रकै अधिकारी बताउँछन् । भारतसँगको सीमा विवाददेखि चीनसँग तिब्बत मामिलासम्मका विषयहरू सामुन्नेमा छन् । तर प्रतिष्ठानले यस्ता विषयमा राष्ट्रिय बहस अथवा रायसुझाव दिने रणनीतिहरू सुझाउनसकेको छैन । कुनै देशमा राजदूत नियुक्त हुनुअघि केही दिनको प्रशिक्षण जुटाउँदैमा आफ्नो जिम्मेवारी निर्वाह हुने मनसाय कति उचित हो, अब तर्क-वितर्क र बहसको विषय बन्नुपर्छ । अर्कातिर मुलुकको स्वाभिमान, सार्वभौमसत्ता र प्रतिष्ठासँग जोडिएको कूटनीतिक मामिलामा सिंगो देशले बहन गर्ने धारणा के हुनसक्छ- यसको गाइडलाइन आधार पनि प्रतिष्ठानले तय गर्न सक्छ । जस्तो- उत्तरको छिमेकी चीन र दक्षिणको भारतका कूटनीतिक चालचलनबाट सिक्न सकिने कुराहरू पनि धेरै हुनसक्छन् ।

सानो साँधसीमाको मामलादेखि अन्तर्राष्ट्रिय व्यापार वा श्रमका मामिलामा बेइजिङ अथवा दिल्लीले जे बोलिरहेको हुन्छ, स्थानीय तहमा निस्कने ससाना अखबारहरूले पनि त्यही ‘समान नीति’ अनुशरण गरिरहेका हुन्छन् । हामीकहाँ भने सिंगो मुलुकले अंगीकार गरेको एक चीन नीतिका विरुद्ध ‘स्वतन्त्र तिब्बत’को वकालत गर्दै धर्मशालामा तिब्बती धार्मिक गुरु दलाई लामालाई भेटेर आउने संविधानसभाका माननीय सभासदहरूलाई ‘किन त्यहाँ गएको ?’ भनेर प्रश्न उठाउने साहससम्म पनि परराष्ट्रले गर्न सकेन । यो सबै सन्दर्भ र उदाहरण एउटै विषयमा गएर जोडिन्छ- डिप्लोम्याटिक डिलिङ्ग्स । 

किन सबैतिर ‘ग्याप’ देखिएको हो भने कूटनीतिक मामलामा जानकार गराउने बहस, प्रशिक्षण अथवा पढ्न सकिने दस्तावेजको यहाँ अभाव छ । सम्बद्ध मुलुकमा राजदूत नियुक्त भएर जाने अथवा अन्य तहका कर्मचारीका लागि भाषा सिकाइसहितका अवसर सम्बन्धित मुलुकहरूले उपलब्ध गराउँदै आएकोमा त्यसमा रूचि राख्नेको संख्या पनि पातलो छ । परराष्ट्रका एक अधिकारीका अनुसार, चीन सरकारले वर्षेनि दुईजना परराष्ट्रका अधिकारीलाई भाषा सिकाइमा बेइजिङमा कोटा छुट्याएको छ, तर त्यहाँ जान चाहने कोही पनि छैन ।

पूर्वराजदूत केदारभक्त माथेमाका बुझाइमा सिंगो परराष्ट्र ‘धागो चुँडिएको चङ्गा’को हविगतमा छ ।

यो ‘रिक्त स्थानम् पुरयत’का बेला परराष्ट्रका युवा तीन पदाधिकारीले एउटा सूचना र सोधले भरिएको पुस्तक ल्याएका छन्- डिप्लोम्याटिक डिलिङ्ज । उपसचिव डोरनाथ अर्याल, शाखा अधिकृत रामप्रसाद सुवेदी र सुरेन्द्र थापाले लेखेको यो पुस्तक कूटनीतिक सेवावृत्तका सबैका लागि सूत्रधार सामग्री बनेको छ ।

विभिन्न कूटनीतिक नियोग र संघ-संगठनमा रहेका आधारमा परराष्ट्रका विषयगत विज्ञ पदाधिकारीहरू झविन्द्रप्रसाद अर्याल, रूद्रकुमार नेपाल, रमेशप्रसाद खनाल, दिलीपकुमार पौडेल, प्रकाशमणि पौडेल, किरण शाक्य, हरि ओडारी, शत्रुघन पीएस पोखरेल, लीलामणि पौड्याल, हरिशचन्द्र घिमिरे, सुशीलकुमार लम्साल, खगनाथ अधिकारी, तीर्थराज वाग्ले, हरिकुमार श्रेष्ठ, शरदराज अरन र भरतराज पौड्यालले लेखेका लेखहरू परराष्ट्र सेवामा जान चाहनेका लागि सन्दर्भ-सामग्री बनेका छन् ।

‘कूटनीतिक जगत भन्नाले सामाजिक, राजनीतिक र आर्थिक मामिला पनि एकसाथ हो, हामीले यी आधारलाई दृष्टिगत गर्दै तीन वर्ष लगाएर यो पुस्तक तयार गरेका हौं’, उपसचिव डोरनाथ अर्याल भन्छन्- ‘हामी स्वयम्ले परराष्ट्र वृत्तमा अभाव भइरहेको एउटा विधामा कलम चलाएका हौं । कूटनीतिक मामिला र व्यवहारमा थप बेखबर बन्नु नपरोस् भनेर यति काम गरेका हौं

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: