अवकाश प्राप्त मानिसहरु दिनमा कमसेकम दुई पटक सेक्स गर्छन



एउटा नयाँ मतसर्वेक्षणका अनुसार विवाहित वा एक्लै बस्नेको तुलनामा सम्बन्धविच्छेद गरेकाहरु बढी सेक्स गर्छन । सर्वेका अनुसार बेलायतमा ११ प्रतिशत सम्बन्धविच्छेद गरेकाहरु एक महिनामा करिब २१ पटकभन्दा बढी सेक्स गर्दछन्।जबकि विवाहित वा एक्लै बस्ने वा विधवा आदि श्रेणीका मानिस कमै सेक्स गर्छन । सर्वेबाट फुल टाइम जागिर खानेहरुको तुलनामा अवकाश प्राप्त मानिसहरु दिनमा कमसेकम दुई पटक यौन आनन्द उठाउने गरेको पनि खुलासा भएको छ।
द सण्डे टेलिग्राफको स्टेला म्याग्जिनका लागि गरिएको यो सर्वेमा यो सबै कुराको खुलासा भएको हो । सर्वेमा १८०० जना बेलायती नागरिकलाई सहभागी गराइएको थियो । अनलाइन पोलिङ्गको माध्यमबाट गरिएको यो सर्वेमा ५५ वर्षमाथिका करिब २२ प्रतिशत बेलायती नागरिकले आफ्नो यौन शक्ति बढाउनका लागि कुनै न कुनै प्रकारको औषधि प्रयोग गर्ने गरेको खुलासासमेत भएको छ।
साथै ३७ प्रतिशत महिलाहरु सेक्स खेलौना प्रयोग गर्दछन् । करिब ७० प्रतिशत पुरुष यौन सामग्री हेर्न मन पराउछन् । त्यस्तै २५ देखि ३४ वर्ष उमेर समूहका मानिस हरेक २० मध्ये एकले समान लिंगीसंग यौन सम्बन्ध कायम गरेका थिए । करिब ६८ प्रतिशत सम्बन्ध विच्छेद गरेका विवाहित या एक्लै बस्नेहरुको तुलनामा महिनामा ६ देखि २० पटकसम्म यौन क्रियामा लिप्त रहेका थिए ।

One Response

  1. sonam ji hajurle yekdam thik kura garnu vayo, hami prawashi jiwan bitaune haru ko lagi ta bas gyan gune ka kura po sunna janna jaruri6 ta yesta waiyet kura kina lekhnu va hola r b jyu le??hami lai bas hamrai desh ko samachar padna paye hun6 yehi aasha rakh6au//

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: