सम्पूर्ण कुवैतबासी नेपाली दाजुभाइ-दिदीबहिनीहरुमा सादर आमन्त्रणा !!!


 कुवेतवाट पहिलो पटक प्रकाशन गरेको मरुभूमीको कोसेलीको विमोचन एवं विभिन्न विधामा योगदान गर्ने प्रवासी नेपाली समाजका होनाहर व्यक्तिहरुलाई सम्मान गर्ने कार्यमा भाग लिनुहोस । जसलाई प्रवासी संघ संस्थाले कदर गर्नु आफैमा एउटा राम्रो परम्परा एवं संस्कारको थालनी होईनर ? अतः यो उल्लेख्य एवं ऐतिहासिक सभा आफैमा एउटा विशिष्ट प्रकारको हुदै हो । प्रवासी पत्रकारहरुको संगठित एवं जुझारु उत्साहमा के तपाईलाई लाग्दैन थोरै उत्प्रेणा थपौं, के ती व्यक्तित्वहरु जसले साँच्ौ हामी प्रवासी नेपाली माझ रहेर फुस्रदको समय तपाई हाम्रा लागि कसरी निकाले र के के गरे ? नढाटी भन्नुस त हरौ हेरौ लागेको छैन, हो आउनुहोस मालिया स्थित होटल एशिया एशिया को सभाकक्षमा दिनको ४ बजे अपरान्ह । महामहिम राजदुत ज्यु को समुपस्थितीमा हुन लागेको नितान्त भिन्न प्रकारले समायोजित विमोचन कार्यक्रमको ऐतिहासिक समारोहमा साँची बन्नुहोस र गर्वका साथ भन्नुहोस जुन दिन म पनि सहभागी थिए । हुन त राईट दाजु भाई ले विमान उडाउन कुरा गर्दा मान्छे हाँसेका थिए, गौतम बुद्धले ज्ञानगुनका क्ररा गर्दा गफाडी भएका थिए समाज त्यहि हो, मान्छे हामी नै हौ त्यति जागर चल्ने हो वा होईन थाह छैन तर हामी आग्रह एवं अनुरोध गर्छौ पाल्नुहोस तपाईको अपस्थिती र सहभागिता हाम्रो उद्देश्य प्रातिका लागि उत्पे्ररक हुनेछ । सभामा भाग लिन कुनै शुल्क तिर्न पर्ने छैन तर तपाईलाई मरुभुमीको कोसेली पढन मन लागे भने हाम्रा व्यवस्थापक मित्र सँग किन्न सक्नु हुनेछ । पत्रिका पढ्नुस र सुझाव हाम्रो ठेगानामा प्रेसित गर्नुस अर्को अंकमा तपाईको प्रतिकि्रयालाई हामी समावेस गर्ने कोसिश गर्ने छौ । 
      यस कार्यक्रममा निम्न क्षेत्रहरुमा कुवैतको मरुभूमिमा रहेर पनि विशिष्ट योगदान पुर्याउनुहुने नेपाली व्यक्तित्वहरुलाई सम्मान गर्न लागिएको जानकारी गराउदछौं।

१ उत्कृष्ट पत्रकार
२ उत्कृष्ट खेलाडी
३ उत्कृष्ट समाजसेवी
४ उत्कृष्ट कलाकार
५ उत्कृष्ट साहित्यकार
६ उत्कृष्ट टेक्नोलोजीष्ट

स्थान:-कुवैत सिटी (मालिया) स्थित एशीया-एशीया रेष्टुरेन्ट (एडिडाज बिल्डिङ पहिलो-तल्ला)
मिती :- फेब्रुअरी १९, २०१० शुक्रबार
समय:- दिनको 3:30 बजे

          नेपालकुवैत डटकम

                   तथा

   मरुभूमिको कोसेली पत्रीका

                 परिवार

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: