सबैभन्दा मन पराइएको जोडी



अभिशेक-ऐश्वर्याको रिल-लाइफ ढाई अक्षर प्रेम के बाट सुरु भएको थियो । त्यसपछि उनीहरूको कुछ ना कहो,उम्राओ जान’ हुँदै ‘गुरु’ मा आउँदा रिल-रोमान्स रियल-लाइफ रोमान्समा बदलिसकेको थियो । बलिउडमा ‘सुपर-कपल’को रूपमा चिनिने अभिशेक बच्चन र ऐश्वर्या राय-बच्चन यो भ्यालेन्टाइन दिवसका अवसरमा इन्डियाको सबैभन्दा मन पराइएको सेलिबि्रटी जोडीका रूपमा चुनिएका छन् ।

भ्यालेन्टाइन दिवस मनाउन शादीडटकमले गरेको ह्याप्पिली म्यारिड’ सर्वेक्षणमा अभि-ऐशले आफ्नै परिवारको जेठा बच्चन जोडीलाई उछिन्दै पहिलो स्थान ओगटेका थिए । आमा-बुवा अमिताभ बच्चन र जया बच्चनलाई तेस्रो स्थानमा पार्दै बच्चनको नयाँ पुस्ताले ‘इन्डियाको सबैभन्दा मन पराइएको सेलिबि्रटी जोडी’मा अग्रस्थान हासिल गरेको हो । साढे तीन लाख फ्यानको भीडमा गरिएको सर्वेक्षणमा उनीहरूले ३२ प्रतिशत भोट पाएका थिए ।

निर्देशक करन जोहरले ‘किङ खान’ शाहरुख खान र गौरी खानको रोमान्सको बारेमा भविष्यमा फिल्म बनाउने बताइसकेका छन् । बलिउडलाई प्रेम र रोमान्समा रमाउन प्रेरित गर्ने शाहरुख-गौरीले २९ प्रतिशत भोट पाएर दोस्रो स्थान ओगटेका छन् । शाहरुख-गौरीलाई पच्छ्याएका अमिताभ-जया बच्चनले २० प्रतिशत भोट पाएका थिए ।थ्री इडियट्स’ मा २२ वर्षे लक्का जवानको भूमिकामा जमेका ४४ वर्षे आमिर खान-किरन राओको जोडीले चौथो स्थानमा चित्त बुझायो । नव-विवाहित जोडी राज कुन्द्रा र शिल्पा शेट्टीले मात्र ४ प्रतिशत मत पाएका थिए भने नायक संजय र मान्यता दत्ताको जोडीले २ प्रतिशत भोट पाएको थियो ।

अभि-ऐश रियल जीवनमा जति मन पराइएका जोडी छन्, त्यति नै अन-स्क्रिनमा रुचाइएका छन् । त्यसैले पनि पछिल्लो फिल्म ‘रावण’मा सँगै फिल्म खेलेको भए पनि अभिशेकलाई ऐशसँग अरू थुप्रै फिल्ममा काम गर्न मन छ । उनीसँग यति धेरै फिल्ममा काम गरे पनि मलाई पुगेको छैन,अभिशेकले भनेका थिए, अरू थुप्रै फिल्ममा सँगै काम गर्ने मेरो चाहना छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: