विद्युत् आयोजना बन्द / ६ सय मेगावाटको मर्स्याङ्दी-२ आयोजनामा माओवादी झन्डा


  (लमजुङ), लमजुङको ताघ्रिङमा सञ्चालन गर्ने तयारीमा रहेको ६ सय मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी-२ जलविद्युत् आयोजना एकीकृत नेकपा (माओवादी) सम्बद्ध तमु राष्ट्रिय मुक्ति मोर्चाले सोमबारदेखि बन्द गराएको छ। भारतीय लगानी रहेको र स्थानीय बासिन्दाको अधिकार कायम नगरिएको भन्दै माओवादीले परियोजनाको परीक्षण सुरुङको निर्माणस्थलमा झन्डा गाडेर परियोजना बन्द गराएको हो। मोर्चाका अध्यक्ष एवम् गोरखा क्षेत्र नं १ का सभासद् अमर तमु, लमजुङ क्षेत्र नं. १ का सभासद् बुद्धिराम तमु, लमजुङका सेक्रेटरी मोहनहरि पौडेल, मनाङका सेक्रेटरी वेदबहादुर तमुलगायतका माओवादी कार्यकर्ताले ताघ्रिङ गाविस-२ स्याँगेस्थित परीक्षण सुरुङको निमार्ण कालमा पुगेर बन्द गराएको घोषणा गरेका थिए।

केही समययता राष्ट्रिय स्वाधीनताको आन्दोलनको क्रममा भारतप्रति आक्रोशित बन्दै आएको माओवादीले भारतीय कम्पनी जीएमआरको लगानी रहेको यो आयोजना राष्ट्रको हितमा नरहेको भन्दै बन्द गराएको जनाएको छ। ‘प्राकृतिक स्रोतसाधनको अग्राधिकार स्थानीय आदिवासीलाई हुनुपर्छ’, सभासद् अमर तमुले भन्नुभयो- ‘तर स्थानीय खोलाआसपासकालाई थाहै नदिई विदेशीले बिजुली निकाल्नु विडम्बना हो।’

६ सय मेगावाट विद्युत् उत्पादनका लागि डीपीआर अन्तिम चरणमा पुगेको समयमा माओवादीले बन्द गराएका हुन्। मोर्चाले आयोजनाको काम रद्द गर्न हिमताल हाइड्रोपावर र जीएमआरलाई ज्ञापनपत्र दिएको छ। त्यसको बोधार्थ ऊर्जा मन्त्रालय, जिल्ला प्रशासन कार्यालय लमजुङ र मनाङलाई पनि दिएको छ।

आयोजना नरोकिए त्यसको परिणाम भोग्न सम्बन्धित पक्ष जिम्मेवार हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ। ज्ञापनपत्र बुझेपछि हिमताल हाइड्रोपावर कम्पनीका प्रबन्धक इन्जिनियर अरुण रजौरियाले सम्बन्धित ठाउँसम्म कुरा पुर्याउने बताउनुभयो।
भारतीय प्राइभेट कम्पनी जीएमआरको ८० र हिमताल हाइड्रोपावर कम्पनीको २० प्रतिशत लगानीमा निर्माण हुन लागेको परियोजनाको डीपीआर तयार हुन अब एक महिनामात्रै बाँकी रहेको छ।

ऊर्जा मन्त्रालयले सचिवस्तरीय निर्णयबाट गत मंसिर १० गते आयोजनाको जडित क्षमता २ सय ५० मेगावाटबाट वृद्धि गरी ६ सय मेगावाट विद्युत् उत्पादन गर्न स्वीकृति दिइएको थियो। यसअघि माओवादीले माथिल्लो कर्णाली जलविद्युत् परियोजना बन्द गर्नसमेत चेतावनी दिइसकेको छ।

स्रोतसाधनमाथिको अग्राधिकार स्थानीय आदिवासीलाई हुने संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय श्रमसन्धिको दफा १६९ को प्रवधानविपरीत स्थानीयलाई थाहै नदिई विदेशीले निर्माण गर्न लागेकोमा विरोध गर्नुपरेको अर्का सभासद् बुद्धिराम तमुले बताउनुभयो। खोलाको फाइदा बेफाइदा भोग्दै आएका खोलाआसपासका बासिन्दाको हितविपरीत आयोजना सञ्चालन हुन लागेको उहाँको आरोप थियो।

स्थानीय बासिन्दाको सेयरबिना कुनै पनि आयोजना सञ्चालन गर्न नदिने माओवादी सम्बद्ध तमु मुक्ति मोर्चाले जनाएको छ। आयोजनामा काम गर्ने मजदुर, स्थानीय बासिन्दा, जिल्लावासी सबैको शेयरबिना विदेशीको मात्र लगानीमा बन्ने आयोजना देशलाई हितकर नहुने लमजुङका सेक्रेटरी मोहनहरि पौडेलले बताउनुभयो।

मनाङको सिरानतालमा बाँध बाँधेर लमजुङको स्याँगेमा पावर हाउस निर्माणका लागि र्सर्भे भइसकेको परियोजना अहिलेसम्मको अनुमति प्राप्त जलविद्युत् परियोजनामध्ये तेस्रो ठूलो जलविद्युत् परियोजना हो। अहिले यो परियोजनाको बाँध र विद्युत्गृहको अवस्थाका बारेमा परीक्षण कार्य भइरहेको छ। परियोजनाको डीपीआरका लागि अहिले ३ सय मिटर लामो सुरुङ खन्ने काम भइरहेको छ।

4 Responses

  1. garera khana hudaina bikas nai manabko satru ho yo niti niyam maa hidi rahe desa maa badara le kahilai pani aaphno ghar banauna sakdaina !!!!!!!!!!!!!!!!!!!!!!!!!! chaleka paila roknu hunna khana laai mucheko gaasa tyasai chodnu hunna tara ke hudai cha desa maa kunni badare haru matra po baschanki ke ho hamro naya nepal maa ???????????????????? daka haruko desa maa rajaniti ko thalo banaera janatako pasina maa ra ragat ma holi khelna ra yo holimaa majja line haru le desa khatam banae juna aaja example yo hudai cha bika s banda aparadha kulla ……………………..

  2. बाँदरले न आफुले घर बनाउछ न अरुलाई बनाउन दिन्छ भने जस्तै न आफुले बिकासको कार्य योजना ल्याउन सक्छ न अरुलाई ल्याउन दिन्छ। यस्तै नियत को कारण ले गर्द नै आज आएर माओवादी तहस नहस को स्थीतिमा आएको छ। निकट भबिस्यमा नेपाल को राजनैतीक ईतिहास बाट माओवादी पलायन भएर जानेछ। जती पनि माओवादीका ठुला नेताहरु छन, सबै बिदेसिने छन भने तल्लो इस्तर्का नेता हरु सबै नेपालमै अरु राजनैतीक दल बाट पेलिनेछ सोसिने chhan.

  3. संविधानसभा निर्वाचनका दौरान माओवादी अध्यक्ष प्रचण्डले मुलुकमा लोकतान्त्रिक अधिनायवाद लाद्नुपर्ने अभिव्यक्ति दिएका थिए । त्यतिवेला माओवादीमा चुनावी परिणाम आफ्ना पक्षमा आउने विश्वास थिएन । चुनाव पटक-पटक सार्ने उसको प्रपञ्च यसैको अभिव्यक्ति थियो । तर, चुनावमा आश्चर्यजनक परिणाम हासिल गरेपछि प्रचण्डले नेपालको पहिलो राष्ट्रपति बन्ने भरमग्दुर कोसिस गरेका थिए । सरकार बनाउने अवसर पाए पनि राष्ट्रपति बन्ने महत्त्वाकांक्षा पूरा नभएको झोकमा माओवादी नेताले लोकतन्त्रविरोधी गतिविधि तीव्र बनाउन थाले । सरकार सञ्चालनमा असफल हुँदै गएको र पार्टीपंक्तिमा समेत आलोचनाको सिकार बनेको प्रचण्ड-सरकार सेना प्रकरणमा बहुमत गुमाउन पुग्यो । सरकारबाट हटेपछि पनि माओवादीले नागरिक सर्वोच्चताका नाममा हत्या, हिंसा र अराजकतालाई निरन्तरता दिएकै हो ।

    लामो समय संसद् अवरुद्ध गरेर संविधान लेखनमा अवरोध सिर्जना गर्ने मात्र होइन, समग्र शान्तिप्रक्रिया नै बिथोलेर मुलुकमा कम्युनिस्ट अधिनायकवाद थोपर्ने दुस्साहसबाट माओवादी अझै पछाडि हटेको छैन । स्मरणीय छ, माओवादीको लोकतान्त्रिक अधिनायकवादी कदमका पछाडि विश्व कम्युनिस्ट राजनीतिलाई पनि गम्भीरतासाथ नियाल्न जरुरी छ ।

    विश्व कम्युनिस्ट राजनीतिमा पनि कार्ल काउत्स्कीले राज्यमा लोकतान्त्रिक पद्धतिको अनिवार्यताको विचार अघि सार्दा उनीविरुद्ध लेनिनले ‘सर्वहारा अधिनायकत्व र गद्दार काउत्स्की’ भन्ने पुस्तक नै प्रकाशित गरेका थिए । ‘सर्वहारावर्गको अधिनायकत्व’को अवधारणालाई केन्द्रीय महत्त्व दिनुपर्छ भन्ने विचारका पक्षपाती अरू कोही नभएर स्वयं लेनिन नै थिए । कार्ल काउत्स्कीले पनि ‘सर्वहारावर्गको तानाशाही’ नाममा पुस्तकमार्फत लेनिनलाई जवाफ मात्र दिएनन्, उनको अधिनायकवादी कदमको तीव्र विरोधसमेत गरे । दुईबीच वैचारिक र सैद्धान्तिक युद्ध नै चल्यो । त्यसयता संसारका सबैथरी कम्युनिस्ट राज्यको अनिवार्य अधिनायकत्वबारे एकमत भए । त्यसयता कुनै पनि राज्य कुनै न कुनै प्रकारको अधिनायकत्व हो भन्ने माक्र्सवादी सिद्धान्तलाई कम्युनिस्टले अकाट्य मान्दै आएका छन् । नेपालका कम्युनिस्ट नेताले समेत एक-अर्कालाई गद्दार भनेर आफू विशेष क्रान्तिकारी हुने होड विश्व कम्युनिस्ट नेताबाटै सिक्दै आएका छन् ।

    लोकतान्त्रिक अधिनायकवादका पक्षमा प्रचण्डले सोच्दै नसोची सार्वजनिक अभिव्यक्ति राखेका होइनन् । सबै राज्य कुनै न कुनै रूपमा अधिनायकवादी रहन्छ, त्यसैले नेपालमा लोकतान्त्रिक अधिनायकवाद चाहिन्छ भन्नु कम्युनिस्ट तानाशाही लाद्ने अभियान नै थियो भन्ने प्रचण्डको विवादस्पद भिडियो प्रकरणले पनि पुष्टि गरेकै हो । र, सत्ता बलपूर्वक कब्जा गर्ने उनीहरूको यो गोप्य योजनाको पर्दाफास माओवादी स्वयंका लागि पनि प्रकारान्तरले प्रत्युत्पादक साबित हुन पुग्यो । माओवादी लोकतान्त्रिक शासनप्रणाली सञ्चालनका बारेमा अन्योल र द्विविधाग्रस्त छ भन्ने स्वयं प्रचण्डका रूढिग्रस्त अभिव्यक्तिले सुस्पष्ट गर्छन् । आजको युग शासकको होइन, जनताको युग हो । यस युगमा कुनै शासक वा राज्यले चाहेर जनताका मौलिक अधिकार पूर्णतः कुण्ठित गर्न सम्भव छैन । शिक्षा, चेतना, प्रविधि र उत्पादनप्रणालीले समाजलाई झन्झन् जटिल बनाउँदै लगेका सन्दर्भमा परम्परावादी र अधिनायकवादी राज्यलाई स्वयं आधुनिक उत्पादन प्रणाली र सेवाले नयाँ मोड दिइरहेको छ । हिजोको उपनिवेशवादजस्तै एसिया र अपि|mकामा युद्ध गरेर साम्राज्यवादले त्यहाँका भौगोलिक क्षेत्र कब्जा गर्न सक्दैन । ठीक त्यस्तै संसारका कुनै पनि पार्टी वा राज्यले समेत पनि अधिनायकवाद लागू गर्न अब सम्भव छैन ।

    दुनियाँका कम्युनिस्ट भ्रमको खेती गर्न खप्पिस छन् भन्नेमा कुनै द्विविधा छैन । सिद्धान्ततः उनीहरूको कार्यनीति र रणनीति फरक-फरक हुन्छ । सरकारमा रहँदासमेत माओवादीले सत्ता र प्रतिपक्ष दुवैको भूमिका खेल्यो । युद्धकालदेखि नै उपयोगितावादी नीति बोकेको माओवादीले राजनीतिक दललाई फुटाऊ र उपयोग गर भन्ने नीति हमेसा अवलम्बन गर्‍यो । सत्ताच्युत भएपछि गाली-गलौजको भाषामा उत्रिएको माओवादीले अहिले सत्ताको सिँढी उक्लिन आफ्नै नेतृत्वको राष्ट्रिय सरकारको नारा दिनरात ओरालिरहेको छ ।

    जनताको मौलिक अधिकार र स्वतन्त्रतालाई अक्षुण्ण राखेर पनि दमनको नियन्त्रणका लागि राज्यसँग सेना, पुलिस र झ्यालखाना हुन्छन् । तर, राज्यले यतिका भरमा मात्र शासन गर्दैन । राज्यले न्याय-निसाफ दिनका निमित्त अदालतको पनि व्यवस्था गरेको हुन्छ । न्यायालयको निसाफ कुन हदसम्म निष्पक्ष र सन्तोषजनक छ त्यो बेग्लै बहसको विषय हुन सक्छ । लेनिन र माओलाई पनि बुर्जुवा राज्यको राज्यले निसाफ नै दिँदैन भन्ने अकण्टक विश्वास थियो । माओवादीका धेरै नेता-कार्यकर्ता पनि आज यस्तै विश्वास राख्छन् । तर, माओवादी के सोच्छ भनेर राजनीतिक सत्यको निरूपण हुँदैन । त्यो त नेता वा पार्टीको आत्मगत चिन्तन मात्र हो । बन्दुक र बल प्रयोगलाई बिसाउँदा त्यसपछि राज्यको रूपान्तरण गर्ने रणनीति ठीक ढंगले बनाउन सक्नुपर्छ । दुनियाँभरिमा जडसूत्रवादी माक्र्सवाद छिन्नभिन्न हुनुको पछाडि राज्यसँगको गलत समझदारीकै परिणाम हो । आज पनि विश्वका कतिपय कम्युनिस्ट नेता त्यस्तै सोच्छन्, गर्छन् । लोकतान्त्रिक अधिनायकवादको एजेन्डा अगाडि सारेर प्रचण्ड त्यसै कित्तामा उभिएका छन्

  4. tapai haruko yo sochai malai bil kull thik lagena tapai haruko yehi sochai ra tarika le nepal bigreko ho kinaki tapai haru jasto nai sabaiko sochai bhayo bhane nepali janta indiako disha pisap batuldai hirda bho ma mao badi hohina tar mathiko lekha bat spost hun jarud cha kinaki gaule haru bhaniyeko cha tapai ek palt yaha hernu hos tapaiko ghar ko kunai pani kam ma theka linchu ma theke dar sovabeile alik aru bhanda alik dher paisa khanchu tar tyo kam ma eklai le garn sakdina sabai sathi haru lagait kunai talo stharka gyami lai pani dinu parch hoina bina fahida firima kasalai pani afno amgan jotan dindaina ok

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: