न्याय खोज्दै पीडित महिलाहरु


आनन्द आचार्य
 

राजधानीसँगै जोडिएको जिल्ला ललितपुर, प्युटार गाविस निवासी कल्लीकुमारी बिकलाई स्थानीय गढी भन्ज्याङ प्राविकी प्रध्यानाध्यापक बिमला लामाले बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट गरेर मुखमा दिसा कोच्याइदिइन् । सप्तरीका शियादेवी मण्डलकी सासूलाई बोक्सी भएको भन्दै गाउँलेहरूले कुटपिट गरे । उपचारको क्रममा उनको मृत्यु भएपछि शियादेवीलाई पनि गाउँलेहरूले बसिखान दिएनन् । यतिसम्म कि, छोरी माग्न आउनेहरूलाई समेत ‘बोक्सीका सन्तान बिहे नगर’ भन्दै भाँडिदिए । अहिले उनको देवरको अपरहण भएको छ भने छोरालाई ज्यान मार्ने धम्की आइरहेको छ ।

गत असोज ८ गते सिराहामा कुशेश्वरीदेवी सदालाई आˆनै परिवारका सदस्यले गाउँलेसँग मिलेर ‘जेठाजुलाई टोकिस्’ भन्दै मानसिक यातना दिइरहेका छन् । म्ाकवानपुरकी कान्छीमाया गोलेलाई छिमेकीको बच्चा बिरामी पारेको भन्दै गाउँलेहरूले मरणासन्न हुने गरी कुटे । त्यति मात्रै होइन, उनलाई नाङ्गै बनाएर गाउँ घुमाए । घटनामा संलग्नहरू अहिले पनि त्यही समाजमा छाती फुलाएर हिँडिरहेका छन् । पीडितहरू न्यायका लागि सदरमुकाम हुँदै राजधानीसम्म आइपुगे । नागरिक समाज, पत्रकार, राजनीतिक दलसँग आˆना पीडा सुनाए । तर, उनीहरूको आवाज सुन्ने कोही भएनन् ।यसरी बोक्सीको आरोपमा महिलामाथि हुने हिंसा मानव अधिकारको हनन् हो । अझै पनि नेपाली समाजमा महिलाहरूले यस्ता विभिन्नखाले हिंसा भोग्दै आइरहेका छन् । महिला भएकै कारण उनीहरूमाथि लगाइने बोक्सीको आरोप र दुव्र्यबहारका कारण महिलाहरूले सामाजिक, शारीरिक तथा यौनजन्य हिंसाबाट पीडित हुनुपरेका थुप्रै उदाहरण छन् । माथि उल्लेखित घटनाहरू त प्रतिनिधि म्ाात्रै हुन् । सामान्यतः यस्ता घटनाहरू बाहिरै आउँदैनन् । यदि कुनै महिलाले यस्तो कुरा बाहिर ल्यायो भने पनि कारबाही भएका कुनै उदाहरण छैनन् । खास गरी दुर्गम ठाउँका महिलाहरूमाथि बोक्सीको आरोप बढी लाग्ने गरेकाले उनीहरूमा न्यायका लागि जाने ठाउँबारे पनि ज्ञान हुँदैन । न्याय खोज्न अदालतसम्म पुगे पनि हालसम्म कसैले पनि न्याय पाउन सकिरहेका छैनन् । अर्थात् बोक्सीको आरोपमा यातना दिनेलाई कारबाही गर्न छुट्टै कानुनको कुनै व्यवस्था नै छैन । कानुनकै अभावमा महिलामाथि यस्तो आरोप लगाउनेहरू समाजमा खुला हिँड्ने गरेका छन् । जे गरे पनि हुन्छ भन्ने कथित पुरुष मानसिकता बोकेकाबाट बोक्सीको आरोपमा महिलाहरूलाई यातना दिइएका घटनाहरू दिनप्रतिदिन बढ्दै गएको छ । एक गैरसरकारी संस्थाले गरेको अध्ययनअनुसार सन् २००७ देखि २००८ सम्ममा १० वटा यस्ता घटना भएका छन् भने सन् २००८ देखि २००९ सम्ममा ६१ व्ाटा यस्ता घटना बाहिर आएका छन् । यसबाट के देखिन्छ भने हामी जतिसुकै परिवर्तनको दौडमा हिँडिरहे पनि यस्ता अमानवीय कार्य दिनदिनै बढ्दै गएका छन् । खास गरी बोक्सीको आरोपबाट यातना पाउनेहरूमा दलित, एकल महिला, वृद्धा, आर्थिक रूपमा कमजोर भएका महिलाहरू नै बढी छन् । जसअनुसार ४६ वर्षभन्दा माथिल्लो उमेर समूहका ३० प्रतिशत, ३६ वर्षमाथि उमेरका १६ प्रतिशत र १६ देखि २५ वर्ष उमेर समूहका ११ प्रतिशत महिला यसबाट पीडित हुने गरेका छन् । यसरी हेर्दा बोक्सीको आरोपबाट यातना पाउनेहरूमा विवाहित महिलाहरू नै बढी रहेको पाइन्छ । जसअनुसार ६७ प्रतिशत विवाहित महिलामा यस्तो आरोप लाग्ने गरेको छ भने ३१ प्रतिशत एकल महिलाहरूमा र १५ प्रतिशत परिवारबाट अलग बसेका महिलाहरूले बोक्सीको आरोप खेप्नुपरेको देखिन्छ ।

हजारौं महिलाहरूले बोक्सीको आरोपमा समाजिक, मानसिक शारीरिक यातना खेपिरहेका छन् भने कतिले ज्यानसमेत गुमाइसकेका छन् । अध्ययनअनुसार वर्षेनी ३५ प्रतिशत महिलालाई बोक्सीको आरोपमा कुटपिट र ११ प्रतिशलाई मानव मलमूत्र खुवाइने गरेको पाइन्छ । यस्तो अमानवीय कार्यमा शिक्षितदेखि अशिक्षित व्यक्तिहरू समेत संलग्न रहेका छन् । राजधानीदेखि दूरदराजसम्म नै यस्ता घटनाहरू घटेका छन् ।

पितृसत्तात्मक समाज, विभेदकारी सामाजिक संरचना, परम्परावादी सोच, पुरातनवादी धार्मिक मूल्य/मान्यता, रुढिवादी अन्धविश्वास, असन्तुलित शक्ति सम्बन्धका कारण महिलाहरूले अझै पनि यस्ता हिंसा भोग्न बाध्य छन् । नयाँ संविधानमा यससम्बन्धी बलियो कानुनको व्यवस्था गर्नुपर्दछ । यौन र्दुव्यवहार गर्नेलाई कारबाही गर्ने कानुनका सम्बन्धमा व्यवस्थापिका संसद्मा छलफल सुरु भइसकेको छ भने घरेलु हिंसासम्बन्धी ऐन पारित भएर कानुनको रूपमा आइसकेको छ । यसरी बोक्सीको आरोप लगाउनेमाथि पनि कारबाहीका लागि छुट्टै कानुनको व्यवस्था गरेर दोषीलाई कारबाही गर्न सके बढ्दै गइरहेको यस्तो समस्या समाधान हुने थियो कि ?

                                                                                                                 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: