गैरआवसीय नेपालीलाई परिचयपत्र दिन सुरु/सरकारले लगानीमा सहजीकरण गर्ने


सरकारले गैरआवसीय नेपाली (एनआरएन)लाई परिचयपत्र वितरण सुरु गरेको छ । दोहोरो नागरिकताको माग गरिरहेका गैरआवसीय नेपालीलाई सोमबारदेखि सरकारले परिचय पत्र वितरण सुरु गरेको हो । उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले गैरआवसीय नेपाली संघका अध्यक्ष देवमान हिराचनलाई परिचय पत्र प्रदान गरेर सोमबार औपचारिक रुपमा रुपमा सुरु गरेकी हुन् ।

परिचय पत्र प्रदान गर्ने कार्यक्रममा कोइरालाले एनआरएनले मुलुकको आर्थिक विकासमा योगदन दिने उल्लेख गरिन् । साथै सरकारले उनीहरुको लगानीलाई सहजीकरण गर्न आवश्यक सबै उपायहरु अवलम्बन गर्नेसमेत प्रतिबद्धता जनाइन् । एनआरएन अध्यक्ष हिराचनले परिचय पत्र उपलब्ध गराएकोमा धन्यवाद दिएका थिए ।

एनआरएनको विधान अनुसार दक्षिण एशियाभन्दा बाहिरी मुलुकमा दुई वर्षभन्दा बढि समय विताउने नेपालीले सदस्यता पाउने ब्यवस्था छ । नेपाली मूलका बिदेशी राहदानी बाहकलाई दश बर्ष र नेपाली राहदानी बाहकलाई दुई वर्ष परिचयपत्रको म्याद हुने छ ।

विदेशी राहदानी बाहकले ५ सय र नेपाली राहदानी बाहकले २ सय ५० अमेरिकी डलरसहित आवश्यक कागजपत्रहरु बुझाएपछि उनीहरुले परिचय पत्र प्राप्त गर्नेछन् । परिचयपत्र विदेशस्थित नेपाली नियोगहरुबाट प्राप्त गर्न सकिनेछ ।

गैरआवसीय नेपालीसम्बन्धी नियमावली अनुसार उनीहरुले नेपालमा लगानी गर्न चाहेका सुरुमा आफुले गर्न चाहेको लगानी सम्बन्धी प्रस्ताव परराष्ट्र मन्त्रालयमा बुझाउनु पर्नेछ । त्यसपछि उद्योग विभागमा पठाइने छ ।

त्यसपछि उनीहरुले नेपालभित्र लगानी गर्न चाहेको प्रमाणपत्र प्राप्त गर्नेछन् । उनीहरुले काठमाडौं उपत्यका भित्र दुई रोपनी र तराईमा आठ कट्ठासम्म जग्गाजमिन किन्न पाउनेछन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: