गिटि र वालुवामा जिन्दगी खोज्नेहरु


 आनन्द आचार्य
हरेक मानिसको आफ्नै सपना हुन्छ, आफ्नै इच्छा हुन्छ, चाहना हुन्छ अनि आकांक्ष हुन्छ तर सबैको कहाँ पुरा हुन्छ र ! एउटा सानो घर होस्, सानो अनि सुखी परिवार होस् । दुःखै दुःखको जिन्दगी जिउनको लागि कस्लाई पो मन लागेको हुन्छ र ! तर चाहेको र सोंचेको जस्तो कहाँ हुँदो रहेछ र ! नेपाल ८४ प्रतिशत कृषिमा आधारित रहेको देश हो । विहान वेलुकी काम गरेर मात्र यहाँको मानिसहरुको गुजारा चलिरहेको छ। बाबु बाजेको पालादेखि वालुवा बोक्नेहरुको संख्यामा पनि यहाँ कुनै कमी छैन । लुकेर बगेको सेती रामघाटमा आए पछि वाहिर निस्केको छ । त्यहि रामघाटमा वारीपारी वालुवा बोक्नेहरुको यति वेला निक्कै घुइचो लागेको छ । बर्षा मौसम सकिय लगतै खोलामा वालुवा भरिए पछि त्यहाँ वालुवा वोक्नेहरु अत्यन्त सक्रिय हुने गर्दछन् । यस्तो जाडो मौसममा पनि विहानको ४ बजेनै सेती खोलाका वगरमा पुगेर वालुवा खोतलेर जालिमा छान्दै जिन्दगी वितिरहेको उनीहरुलाईनै पत्तै छैन । विहान वगरमा गएर वालुवा खोतलेर चाल्नु अनि दिउँसोको खाना खाएर केहि समयको थकान मेर्टाई पछि फेरी खोलाको वगरमा वालुवासँग खेल्नु अनि वेलुकीको ६ बजे घर फर्कनु त्यहाँ काम गर्नेहरुको दैनिक जिवन यापन बनेको छ । १० बर्षीय वालकदेखि लिएर ७५ वर्षसम्मको बृद्धाहरु त्यस ठाउँमा काम गरिरहेको स्पष्ट रुपमा देखिन्छ । पोखराको रामघाटमा बस्ने ५९ बषिर्य मनकला भुजेलले सेतीको वगरमा वालुवा निकाल्न थालेको २३ बर्षभैसकेको छ । छोराछोरीको लालनपालन आफुलेनै गर्नु परेकोले पनि अहिले मनकलालाई निक्कै गार्‍हो भएको बताउनु हुन्छ । भन्नु हुन्छ, ” ठुलो छोरी विदेश गएको छ, त्यसपछिको छोरो हो उसले पनि पढ्न मानेन अहिले टेक्टरमा हिंडेको छ । सानो छोरा म र सानो छोरी यहिं काम गरि रहेका छौं ।” दिनमा आफुले जति टिप बनाउन सक्यो त्यतिनै पैसा आउँछ । सरदर दिनमा दुइ टिप सम्म वालुवा निकालेको छु । त्यो पैसा वालुवा बोक्ने र मैले आधा आधा वाँड्छौं । दिनमा त्यहि ६ सय रुपैंया आउँछ । ज्यामि काम गर्नु भन्दा त यो धेरै ठिक छ बाबु हामीलाई त । ६५ बषिर्य हर्कमान सार्की, उसको जिन्दगी पनि सेती खेलाको वगरमा वालुवा निकालेरै वितेको वताउँछन् । लगभग ३१ बर्षभयो होला बाबु । अहिले मेरो परिवार सबैजना यहि काम गरि रहेका छौं । पहिला पहिला त कति बोकियो कति तर अहिले त नसकिने रहेछ । तर पनि के गर्नु परिवार पाल्न अनि आफ्नो पेट पाल्नको लागि पनि यो काम नगरी हुँदैन । यो काममा परिवारको सबैले साथ दिई रहेको छ । तर पनि परिवार पाल्न निक्कै धौ धौ परिरहेको छ । महिना भरी कमायो १ दिन विरामी भई दियो भने सबै पैसा एकै दिनमा स्वाहा हुन्छ । जिन्दगी यसरीनै चलिरहेको छ बाबु । गरिबको त कहिल्यौ पनि दिन आउने भएन । मलिलो अनुहार बनाउँदै उसले भन्यो । १२ बर्षो राम नेपाली सकी नसकी वालुवा बोकी रहेको थियो । पढ्ने उमेरमा किन वालुवा बोकेर हिंडेको – के गर्ने दाई बाबाको मृत्यु भएको पाँच बर्षभयो घरमा आमा र सानो वहिनी मात्र छ मैले काम गरेन भने त घरको चुलोमा आगोनै वल्दैन । खोलाको तिरमा रहेको आमा र वहिनीलाई देखाउँदै उ त्यो मेरो आमा र वहिनी हो । आमा वालुवा चाल्दै थियो भने वहिनी त्यहि वालुवा र ढुङगासँग खेलि रहेको थियो । युवावर्गको पनि त्यहाँ निक्कै धेरै उपस्थिति रहेको छ । खोलावाट माथि सम्म वालुवा वोकेर ल्याउने काम उनीहरुलेनै गर्दछन् । विमल तामाङ अहिले २१ बर्षमा हिंडिरहेको छ । त्यहाँ वालुवा वोकेको पनि लगभग ७ बर्षभै सक्यो । जहाँ गए पनि यहि पाखुरा धसेर खाने त हो । मलाई त यहिनै रमाईलो लाग्दछ । विदेश जानेहरुको पनि हालत यस्तै हो रे । के विदेश जानु । विमल जस्ता धेरै युवाहरु अहिले सेतीको तिरमा आफ्नो जिन्दगी खोजिरहेको छ । महिलाहरुको पनि कुनै कमि छैन त्यहाँ । वालुवा निकाल्ने र वालुवा बोक्नेहरुको पारिश्रम दिनको रु. ६०० रहेको छ । त्यो पनि वालुवा निकाल्ने र वोक्ने मिलेर दिनमा दर्ुइ टिप बनायो भने पैसा अधा आधा पाउछन् । हामीले जति वालुवा निकाल्न सक्यो त्यतिनै पैसा पाउने हो । दिनको ज्यालादारी होइन । त्यसै कारणले पनि ज्यालादारी गर्नेहरु भन्दा हामीलाई धेरै राम्रो रहेको छ ।५५ वषिर्य रुप ब. गुरुङ भन्दै थिए । टिपको दिनको रु. १२०० रहेको छ । १७ बर्षेखि वालुवा बोकेरनै गुजारा गरि रहनु भएका फुलमाया नेपाली पनि सेतीको वगरमानै जिन्दगी खोजी रहेको छ । भन्छन् ” छोराछोरी ठुलो भै सक्यो उनीहरु यस्तो काम नगर्ने भए । यस्तोकाम गर्नु हुन्न भनेर औधोगिक क्षेत्रको कम्पनीमा काम गर्छन् । छोरी विवाह गरेर गई । श्रीमान् भनाउँदो सँधै रक्सी खाएर झगडा मात्र गरि रहन्छ । अहिले यहाँ काम गर्ने त म मात्रै हो । जेनतेन जिन्दगी चलि रहेको छ बाबु । यस्ता घरपरिवार पाल्नको लागि वालुवा खोतल्नेहरु अनि सेतीको वगरमा जिन्दगी घोट्नेहरुको यहाँ निक्कै धेरै जमात रहेको छ । जिन्दगी हो आखिर जसोतासो चलाउनै पर्ने रहेछ । एकमुठी सासको अनि एक गास खानको लागि संर्घषरत सयौं मजदुरहरु यतिवेला सेतीको वगरमा रहेको वालुवामा जिन्दगी खोजि रहेको छ । बर्षौदेखि चलि आएको यो चलन आउँदो दिनहरुमा पनि चलि रहने देखिन्छ ।

पोखरा जतिनै सभ्य अनि पर्यटकिय शहरको रुपमा प्रख्यात भएता पनि यो शहर भित्र विभिन्न मानिसहरुको बसोबास रहेको छ उनीहरुको जिन्दगी वालुवा गिटि ओसार पोसार गरेरै वितेका छन् । पोखराको सुन्दरतालाई देखेर लाज मानी मानी लुकेर बगि रहेको सेती खोला पोखरामा आउने पर्यटकहरुको निम्ति आकार्षणको केन्द्र बिन्दु हुन पुगेको छ। तर त्यहि सेतीमा दिन भर मजदुर गरेर जिविको पार्जन गरि रहेको मजदुरहरुको कथा भने कसैले वुझ्न सकेका छैनन् । यतिवेला सेती खोलाको तिरमा वालुवा बोकेर जिविको पार्जन गरि रहेको मजदुरहरुको संख्या लगभग ९ सयको हाराहारीमा रहेको छ । काखको दुधे वालकलाई खोलाको वगरमा राखेर काम गर्नेहरुको संख्या पनि यहाँ निक्कै रहेको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: