के हो त बर्ड फ्लु ?


बर्ड फ्लु कुखुरा, हाँस, र्टर्की, मैना, सुगा आदि घरपालुवा र भंगेरा, सारौं, लगायत थुप्रै जंगली चराचुरुङगीमा इन्फ्लुन्नजा विषाणु भए पंक्षी तथा मानिसमा मर्न सक्ने र सो मानिसमा मानव इन्फ्लुन्नजा विषाणु भए पंक्षी तथा मानिसको इन्फ्लुन्नजा विषाणुको मिश्रणवाट नयाँ प्रजातिको इन्फ्लुन्नजा विषाणु उत्पन्न भई मानिसवाट मानिसमा फैलने महामारीको रुप लिन सक्ने सम्भावना भएकोले यो रोग विश्वव्यापी चासोको विषय बनेको हो ।
सन् १९१८ १९ मा स्पेनिस फ्लु, १९५७ ५८ मा एशियन फ्लु र १९६८ ६९ मा हङकङमा फ्लुले विश्वमा महामारीको रुप लिई लाखौं मानिसको मृत्यु भएको त्रासपूर्ण इतिहास भएको कारण फ्लुको त्यस्तै अर्कौ महामारी रोक्न फ्लु नियन्त्रणमा विश्वले गम्भिर चासो राख्ने गरेको छ । 

हाँस झोक्रयाएर बसेको बेलामा ’roundका मानिसहरुले हाँस काटेर खाएको थियो । अहिले सम्म उनीहरुमा त्यस्तो कुनै संक्रमण देखा परेको छैन तर हाँस बर्ड फ्लुकै कारण मरेको पुष्टि भए पछि उनीहरुमा बर्ड फ्लुको संक्रमण हुन सक्ने शंका पैदा भएको हुनाले मानिसमा पनि यो रोग र्सन सक्ने निक्कै सम्भावना रहेको छ ।
यतिवेला बाहिरवाट पोखरा भित्रने जिउँदो पंक्षीहरुलाई पुरै नियन्त्रण गरिएको छ । जिल्लामा भित्रने नाकाहरुमा नियन्त्रणमा रहेका कर्मचारीहरु र पुलिस प्रसाशन समेतको सहाभागितामा कडा निगरानी गरिन थालेको छ । अबको २१ दिन भित्र बर्ड फ्लु पुरै नियन्त्रण हुने र त्यसको ९० दिन पछिमात्र फेरी हाँस कुखुराहरु पाल्न पाउने कुरा पनि डा. अमर शाहाले जानकारी दिनु भयो ।

एभिएन इन्फुलुएनजा भाईसर चराचुरुङगीमा र्सर्ने तरिका र माध्यमः
संक्रमित पंक्षीका सम्पूर्ण श्राव र विर्सजन मा भाईरस रहने भएकोले सो सँग प्रत्यक्ष सम्पर्क हुँदा र सो सँग लसपस भएका पदार्थहरुको माध्यमबाट भाईरस सर्न सक्दछ ।
१.प्रदुषित पानीमा ४ देखि ३० दिन सम्म भाइरस रहने भएकोले एक ठाउँबाट दुषित पानी बगेर अर्को ठाउँमा रोग सार्न सक्छ ।
२.जंगली र पानीमा खेल्ने पंक्षीहरुको आन्द्रा र श्वास प्रश्वास अंगमा यो भाइरस रहन्छ तर ’em आँफैं विरामी नहुन सक्छन् । त्यस्ता जंगली चराचुरुङगीको हेलमेल घरपालुवा हाँस कुखुरासँग भयो भने भाइरसहरु कुनै न कुनै रुपबाट कुखुरा, हाँस जस्ता पंक्षीमा र्सदछ र संक्रमण गर्न सक्छ ।
३.त्यस्ता संक्रमित कुखुराको रर्याल तथा सुलीमा रोगको भाइरसहरु कम्तीमा १० जिनसम्म रहन सक्ने भएकोले त्यसबाट रोग सर्न सक्दछ ।
४.यो रोग विरामी कुखुराको १ ग्राम सुलीमा लाखौं कुखुरालाई संक्रमित गर्न पुग्ने भाइरस भएकोले त्यसबाट लाखौं कुखुरालाई संक्रमित हुन सक्दछ ।
५.प्रदुषित भाड, गाडी, आहार, सुली, माटो, हावा र फोहोर जुत्ताको माध्यमबाट भाइरस एउटा कुखुरा फार्मबाट अर्कोमा र्सन सक्छ ।
६.बर्साई सरेर आउने चराचुरुङगीले पनि एभियन इन्फुलुएन्जा भाइरस र्सार्न सक्दछन् ।

बर्ड फ्लु संक्रमणका लक्ष्यणहरु : पंक्षीमा अकस्मात् र अस्वाभाविकरुपमा एकैचोटि धेरै पंक्षीहरु मर्ने ,सिंगान, र्žयाल आदि देखिने टाउको सुनिनेसिउर, लोती, निलो हुँदैजानफुल पार्न बन्द हुने वा कमजोर बोक्रा भएको फुल पार्ने दान नखानेतिर्खाउने, छेर्ने,पक्षघात हुनेर्बर्ड फ्लु संक्रमणका लक्ष्यणहरु : मानिसमा श्वास फेर्न गार्žहो हुने ज्वरो आउने र घाँटी दुख्ने ,मांसपेशी दुख्ने, आँक्रोमा संक्रमण हुने अहिले सम्म पोखरामा चार किल्ला भित्र रहेको क्षेत्रमा पंक्षी मार्ने कामलाई अगाडी बर्ढाई रहेकोमा लगभग १०हजार पंक्षी मारि सकेको छ । भने ११सय के.जी दाना अनि १०४१ अण्डा र २९ केजी मासु नष्ट गरि सकेको छ ।

ईस्वरी काफ्ले (संकलन गरिएको )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: