कुबेत सरकारले भगुवा कामदारका लागि सेल्टर बनाउने


       –  बिमल लामीछाने                            

                                                कुबेतसरकारका ईम्रीगेसन अधिकरीका अनुसार बिगत दुई महिना भीत्रमा करिब एक हजारको हाराहारीमा कुबेतको सराकरी सेल्टरमा रहेका घरेलु कामदारलाई सम्बन्धित देशमा फीर्ता पठाईएको जनाईएको छ ।डोमेस्टीक कामदारको लागी कार्य गर्ने ईन्टेरियर मिनिस्टरको कार्यलयका अनुसार कुबेत स्थित बिभीन्न राजदुताबासहरुले आफ्ना नागरीकलाई सम्बन्धित कानुनी उपचार लगायतका कार्यमा तदारुकता नदेखाएको जनाउदै सो सम्बन्धित समाचारहरु कुबेत बाट प्रकाशित एक अग्रेजी दैनिकले जनाएको छ । बिषेश गरी राजदुताबासका सेल्टरहरुमा रहेका घरेलू कामदारहरुको ’boutमा सम्बन्धित राजदुताबासले बास्तबिकता थाहा दिन नचाहेको कुबेत स्थित सरकारी स्रोतहरु जनाउछ। उनिहरुका अनुसार दुताबासमा सरणमा रहेका आप्राबासी घरेलु कामदार बिभीन्न बाहानामा कुबेत सरकारको बान्टेडमा रहेको स्रोतहरु बताउछ , उनिहरु आममाफिको पर्खाईमा बिभीन्न राजदुताबासको सेल्टरमा रहेको जनाईन्छ ।

                              खासगरी फेब्रुअरी १५ तारीखका फीलिपिन राजदुताबासमा बम रहेको हल्लाले दताबास भबन खालि गराउदा तेहा भित्र करीब २२० जना भागेका घरेलू कामदारहरु देखिएका थिए । सरकारले निर्माण गर्ने सेल्टरमा कानुनी उपचार लगायत सम्बन्धित कामदारको पक्षमा हुने गरी उचित सुबिधा सम्पन्न आबास भवन करीब १००० जना अटने गरी बनाईने सम्बन्धित स्रोत जनाउछ ।बिभिन्न अन्तराष्टीय मानब अधीकार सम्बन्धित सस्थाहरुले कुबेतलाई मानब तस्करी लगाएतको काममा ब्ल्याक लिष्टेट गरेपछि सो बाट छुटकारा पाउनको लागी अन्तराष्टीय रुपमा आफ्नो साखको लागि भए पनि क्रमबद्ध रुपमा श्रम कानुन तथा घरेलू कामदारको कानुनमा आई एल ओ का अनुसार परिमार्जन गर्ने बताउछन ।यसै सन्दर्भमा कुबेतमा हुने गरेका भिसा ब्यापारलाई पनि अध्यागमन सम्बन्ध अधिकारीहरुले अबका दिनहरुमा क्रमस कसीलो बनाउदै लैजाने बनाईन्छ ।सो सम्बन्धमा अध्यागमन बिभाग र कुबेतको आन्तरीक मामिला मन्त्रालयले मिलेर काम सुरु गर्ने जनाईन्छ ।एकउच्च सरकारी स्रोतको हबाला दिदै उक्त दैनिकमा जनाईए अनुसार घरेलु कामदार सम्बन्धित कानुनको डा्फट हाल आन्तरीक मामिला मन्त्रालयमा अध्यायन को क्रममा रहेको जनाईन्छ ।

यसै सन्दर्भमा कुबेत स्थित आउट सोर्सीङ घरेलु कामदार कम्पनीहरुलाई बिगतको ५००० केडी ईन्सुरेन्स धरतौटीलाई पनि बढाएर २००००केडी बनाईएको स्रोत बताउछ । र घरेलु कामदारलाई बढिमा दुई पटक सम्म कपिल परिबर्तनको मौका दिईने छ । आगामी दिनमा कुबेत स्टक एक्सचेन्जमा दर्ता हुनेगरी सरकारी निरिक्षणमा एक घरेलू कामदार सम्बन्धि कार्य गर्ने कम्पनी नै खओल्ने तयारीमा कुबेत सरकार रहेको जनाईन्छ। जसको अबधारणा अनुसार घरेलु कामदारहरुको कार्य घण्टा तथा ज्याला पनि निर्धारण गरिने जनाईएको छ ।

बिमल लामीछाने
                       कुबेत
 
 
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: