राष्ट्रपति यादव पहिलो विदेश भ्रमण गर्न भारतमा


नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादव राष्ट्रपति बनेपछि आफ्नो पहिलो विदेश भ्रमण गर्न भारत पुगेका छन्। चारदिने औपचारिक भ्रमणका लागि सोमबार भारततिर लागेका राष्ट्रपति यादवले त्यहाँ सबैजसो दलका नेताहरुसँग भेटघाट गर्नेछन् भने हरिद्वार पुगेर भ्रमणको धार्मिक पाटो समेत छुनेछन्।राष्ट्राध्यक्षको हैसियतमा हुन लागेको यो भ्रमणमा राष्ट्रपति यादवले आफ्नी समकक्षी प्रतिभा पाटिल, भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह लगायत विभिन्न दलका नेताहरुसँग भेट गर्नेछन्।
सदभाव
दिल्लीमा राष्ट्रपति यादवसंग सोमबार देखिनै विभिन्न राजनीतिक नेताहरुले भेट गरेका छन्।तर उनका मुख्य भेटघाटहरु मंगलबारदेखि शुरु हुने छन्।उनको भारतको भ्रमणले दुई देशबीच सदभाव बढाउने र आपसी संबन्धलाई सुदृढ तुल्याउने अधिकारीहरुले बताएका छन्।राष्ट्राध्यक्षको रुपमा राजकीय भ्रमण नभएको अनेकौं वर्षपछि हुन लागेको यो भ्रमणक्रममा भारत र नेपालका विभिन्न ठाउँबीच सीधा हवाइ सम्पर्क, नेपालका पाँच ठाउँमा रेलमार्ग निर्माण तथा हेटौंडा र बिराटनगरमा भवन बनाउनेबारे चार समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ।राष्ट्रपतिको अहिलेको विदेश भ्रमणका लागि गृह मन्त्रालयले परम्परा पछ्याउँदै छुट्टीको प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो।तर त्यसलाई रद्द गर्दै राष्ट्रपतिको भ्रमणमा बिदा दिइएन।यस अघि नेपालका राष्ट्राध्यक्ष रहने गरेका राजाहरुका पालामा हरेक विदेश भ्रमण शुरु हुने दिन र स्वदेश फिर्ता हुने दिन राष्ट्रिय विदा दिने चलन थियो।विदा दिने परम्परा मात्र होइन विशिष्ट व्यक्तिको स्वागत र विदाइमा अन्तर्राष्ट्रिय विमानस्थलमा पन्चकन्या उपस्थित गराउने परम्परालाई पनि राष्ट्रपतिले तोडेका छन्।राष्ट्रपति निर्वाचित भएको डेढ वर्ष भन्दा लामो समय गुज्रे पछि हुन लागेको भ्रमणमा उनले राष्ट्राध्यक्षको रुपमा विदेश जाँदा गरिने केहि परम्पराहरु तोडेका हुन्।राष्ट्रपति यादव भारत प्रस्थान गर्नु अघि सैनिकहरुले सैनिक मन्च टुँडिखेलमा सम्मानस्वरुप तोपको सलामी दिएका थिए।

निरन्तरता

उनलाई विमानस्थलमा प्रधानमन्त्री र अरु उच्च अधिकारीहरुले बिदाइ गरेका थिए।राष्ट्राध्यक्ष या प्रधानमन्त्री जे भएपनि पहिलो औपचारिक विदेश भ्रमणको शुरुवात भारतबाट गर्ने परम्परा भने यसपटक पनि निरन्तर भएको छ।एक वर्ष अघिनै उनले भारत भ्रमण गर्ने भनिएतापनि विभिन्न कारणवश हुन नसकेको बताइन्छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: