प्रबासमा छोराको मृत्युको खबरले परिवारमा रुवाबासी, पूरै गाउँ शोकमा


                   भारतको महाराष्ट्र राज्यको पुणेमा भएको वम विष्फोटमा मृत भएका गोकुल नेपालीको परिवारजन तथा गाउँ पुरै शोकमा डुवेका छन् । उक्त विष्फोटमा एक नेपालीसहित नौ जना मारिएका थिए भने साठी भन्दा वढी घाइते भएका छन् । विदुर नगरपालिका ५ को माझीटारमा सुकुम्वासी आफ्ना परिवार लाई छोडेर रोजगारीका लागि भारत पुगेका गोकुल नेपालीको विष्फोटमा मृत्यु भएको खवरले उनका आफन्तजन र गाउँ पुरै शोकमा डुवेका छन् । पिता लाहुरे नेपाली १५ वर्ष अघि दुई सन्तानलाई छोडेर छुट्टैवसे पछि आमा र एक वहिनीको जिम्मेवारी वोकेका २२ वषिर्य गोकुल रोजगारीका लागी नेपाली नै मालीक रहेको काठमाडौको जितपुरफेदी गाविस तिनपिप्लेका गोपाल कार्कीको जर्मन वेकरीमा तीनवर्षदेखि वेटरको काम गर्दै आएका थिए । 

तीन वर्षदेखि होटलमा वेटरको काम गरेका गोकुल शनिवार साँझ सम्म आफ्नो नियमित काम गर्दै आएका थिए । साँझ ७ वजेको समयमा विदेशी देखीने दुई जनाले होटलमा छोडेको झोला होटल मालीकको निर्देशनमा काउन्टरमा लगी खोल्दा भएको विष्फोटमा गोकुलको मृत्यु भएको नातेदार दाजु सुव्वा नेपालीले बताए । शनिवार साँझको घटना आइतवार विहान परिवारले समाचारको माध्यमवाट खवर सुनेदेखि गोकुल संग वस्दै आएका आमा जुठी, श्रीमती मैना र वहिनी विमला नेपालीको आखावाट आँसुको धारा रोकीएको छैन् । लोग्नेले छोडेपछि छोराको आसमा वाँचेका तीन परिवारको गाँस आइतवार विहानदेखि रोकिएको छ ।

कमाउने एकमात्र सन्तानको मृत्यु भएपछि सार्वजनिक जमिनमा छाप्रो वनाएर रात विताउदै आएका पीडित परिवारको हाँसो खुशी दुवै एकै साथ गुमेको छ मृतक गोकुलका ससुरा मोतीराम नेपालीले बताए । सवैको सहयोगी परिवारका रुपमा रहेका पीडित नेपालीको घरमा यतिखेर दुःखद घटनाको सान्त्वना दिनैको भिडै लागेको छ ।

वावुले सानै उमेरमा छोडेपछि अरुको ज्यालापात गरेर वस्दै आएका गोकुलको तीन वर्ष अघिमात्र मैना नेपाली संग विवाह भएको थियो । विवाह लामो समय सम्म कुनै सन्तान नहुदा परिवारको एकमात्र छोराको मृत्युले थप पिडा दिएको मृतकका श्रीमती मैना नेपालीले बताईन् । 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: