पिडित महिला कामदारहरुको लागि बस्ने ब्यवस्था मिलाउन दुतावास द्धारा असंभव – पुष्पराज भट्टराई


-बिष्णु पन्थी

             नेपाली दुतावास कुवैतले आव्ह्ान छलफलमा नेपाली दुतावासले गर्नुपर्ने कार्य भावि योजना र दुतावासलाई आवश्यक पर्ने सर-सहयोग र अन्य देशका दुतावास द्धारा उनिहरुका कामदारहरुलाई उपलब्ध गराईएको सेवा तथा सुविधा नेपाली महिला कामदारहरुको दुखदायी पिडा कुवैतको कानुन कुवैतको बिविध पक्ष नेपाली दुतावासले अन्य देशमा गरेको कार्यबिधि लगाएत अन्य बिविध बिषयमा बहस भएको थियो । उक्त छलफल कार्यक्रममा विशेष गरि घरेलु मिहिला कामदार हरुले भोगिरहेको समस्या र उनिहरुको लागि बस्ने ब्यवस्था नेपाली दुतावासले मिलाईदिनु पर्ने बिषयमा लामो छलफल भएको थियो । नेपाली पिडित महिला कामदारहरुको लागि बस्ने ब्यवस्था मिलाउन नेपाली दुतावास द्धारा असंभव भएको कुरा पुष्पराज भट्टराईले जानकारी गराउनु भयो । र साथै फिलिपिनि इन्डोनोसिया श्रीलंका र इन्डिया लगाएतका देशहरुले दिएको सुविधा कानून अनुरुप अबैधानिक रहेको र यि देशहरु को दुतावासले जस्तो नेपाली दुतावासले सुबिधा दिन नसक्ने जानकारी गराउँदै भर्खरमात्र स्थापना हुन लागेको नेपाली दुतावास लाई अन्य धनि देशको दाँजोमा रहेर बढी अपेक्षा नगर्न पनि उहाँले आग्रह गर्नु भयो । खाडि मुलुकका राष्ट्रहरुले नेपाल प्रति हेर्ने दृष्टिकोण पनि फरक रहेको कुरा उक्त कार्यक्रममा बताउनु भयो र साथै उहाँले नेपाली दुतावासको लक्ष्य भनेको आगामी दिनमा नेपालीहरु कुवैत आउनु अघिनै आमुल परिवर्तन गरि दक्ष नेपाली कामदारहरु कुवैत भित्रर् याउने खाका तयार भैसकेको र तलव पनि तोकिदिने राजदुत मधुवन पौडेलले बताउनु भयो । नेपालले बिशेष गरि ईन्धन शक्ती प्रर्यटन जस्ता पूर्वाधार यस क्षेत्रमा कुवैतको लगानी सम्भव देखिएको छ । यसरी दक्ष जनसक्ति भित्रर् याउन र ब्यापार ब्यावसायप्रर्यटन बिकास का लागि चेम्बर अफ कमस्र संग पनि बिशेष पहल गरि दुई देश बिचको सम्वन्ध सुमधुर बनाई यि बिविध समस्याहरुको समाधान गर्न सहज हुने कुरा बताउनु भयो ।
यसरी नेपाली दूतावासले पत्रकार बुद्धिजीबि लगाएत अन्य निकायका ब्याक्तित्व हरुलाई भेला गरेर यहाँको गतिबिधिको बारेमा बुझ्न खोज्नु हामी सबै कुवैत वासी नेपालीहरुको लागि खुशीको कुरा हो । लामो समयको पर्खाई पछि कुवैत वासी नेपालीहरुले नेपाली दुतावासको स्थापना हुन लागेको सुन्दा सबैको मनमा एक किसिमको खुशी छाएको छ । बिविध समस्याले घेरिएका नेपाली दाजु भाई तथा दिदी बहिनीहरु अब पक्कै पनि समस्याको जालो बाट बाहिर छिट्टै नै निस्कन पाउने भयौं भनेर खुशीले फुरुङ्ग परेकाछन् भने कहिले नेपाली दूतावासले आफ्नो कार्य सुचारु गर्ला भनेर आतुर देखिन्छन् । यहाँ घरेलु महिला कामदारहरुको समस्या मात्र नभएर अन्य कामदारहरुको पनि समस्या उस्तै छ थोरै तलबमा १२ देखि १६ घण्टा सम्म कामगर्नेहरु देखि लिएर वर्षौ सम्म पासपोर्ट बिहिन भएर घर जान नपाईरहेका कयौं समस्या लगाएत वषौं जेलमा नारकिए जीवन जिउन बाध्य भएका नेपालीहरुको पनि समस्या उस्तै रहेको छ । यस्ता अनेकांै बिविध समस्यामा परेका नेपालीको मनमा पनि त्यहि कुरा खेलिरहेको छ कि अब हामी नेपालीहरु पनि यि बिबिध समस्याहरु बाट अवश्य पनि मुक्ति पाउँने छौ । आगामी दिनमा यि अनेकौं समस्याहरुबाट मु्िक्त पाउलान त नेपालीहरुले हुन त एकै पटकमा सम्पूर्ण समस्याहरुको समाधान पनि यति सहजै हुन्छ भन्ने सोच्नु त गलत कुरा हो । अन्य देशका दुतावास द्धारा उनिहरुका नागरिकहरुले पाए जस्तो सेवा तथा सुविधा हामी नेपालीहरु ले पनि पाउने अपेक्षा राख्नु गलत कुरा त पक्कै होईन । नेपाली दूतावासले आगामी दिनमा यहाँका यि बिविध समस्यहरुको समाधानको बाटो तर्फ लाग्दा समस्यै समस्याले च्यापिएका यि नेपाली कामदारहरु लाई केहि हदसम्म भएपनि राहत मिल्ने थियो कि

 

2 Responses

  1. महिला कामदारहरुको बस्ने ब्यवस्था असंभव ? पुष्पराज भट्टराई

    great job bisnu ji keep it, i show your article in rojgarmanch.com also keep it long.

  2. La la hajjur ko aru ko bhanda diff lagyo, mahila ko awwaj la utaudai garnu la, mero suvakamana6

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: