दुतावासद्धारा आयोजित छलफलमा कसले के वोलॆ


                                                                                                                                                                                                                   तोयानाथ उपेक्षित
कुवेत स्थित नेपाली दुतावासले दुतावास कर्मचारी रहेको होटल गल्फ कन्टीनेन्टल सार्कमा फेव्रवरी १२ का दिन एक कार्यक्रमको आयोजना गरेको समाचार को वाकी अंश
नेपाली दुतावास कुवेतले आयोजना गरेको अन्तरकि्रया कायक्रमको शुरुवातमा राजदुत द्धारा सम्वोधन गरेपछि छलफलको शुरुवात भयो । कार्यक्रम के का लागि र किन भन्ने सवालमा प्राय सवै अनभिज्ञ नै देखिन्थे ।  प्रबासी पत्रकार मंच(कुबेत)ले सहभागीहरुको प्रतिनिधित्व कसरी र कस कसलाई गराउने भन्ने जिम्मा पाएको भए पनि विषयको राम्रो ज्ञान हुन पाएको थिएन अतः भेलाका सहभागीहरुले कुनै तयारी गरेको अवस्था देखिएन यस्तो लाग्दथ्यो   । न कार्यक्रम संचालक न अतिथी ? थिएन मोटो विषयवस्तु र ठोस भावी रणनीती नै । करिव नब्बे मिनट लामो छलफलको औ्रपचारिक संचालन र व्यवस्थित सवाल जवाफ हुने चाजो नमिलाई दुतावास सचिवद्धारा प्रशंग अघि बढाए पछि छलफल अनावश्यक रुपमा लम्विएको थियो । त्यसरी अव्यवस्थित छलफलका कारण कसैले वोल्नै परेन भने कसैको दोहरो जुहारी भईरहयो ।

खासगरी पत्रकारहरु सँग छलफल गर्ने दुतावासको यो सोच वेला न कुवेला किन आयो बुझ्न सकिएन । जहाँसम्म संघ संस्थाका प्रतिनिधी र प्रवुद्ध व्याक्तित्व वोलाईएको हो उनीहरु त त्याहाँ छलफलका साँची मात्र थिए । यहाँ वेला न कुवेलाको अर्थ यो हो की दुतावाससँग ठोस र ताजा प्रगती विवरण केही थिएन । महिला होस वा पुरुष कामदारको कुवैत प्रवेश कसरी व्यवस्थित र सुरक्षित वनाउने भन्ने र त्यसका निम्ती दुतावासले गरेको तयारी पटक्कै नयाँ प्रस्तुती थिएन । राजदुत द्धारा विज्ञप्ती नै प्रकाशित गरेर राष्ट्रिय तथा अन्तराटि्रय संचार माध्यामले सार्वजनिक गरी सकेको खवर एक महिना पछि डाकिएको भेलामा त्यही कुरा मुल विषयवस्तु हुनु समाचारका हिसावले महत्वपूर्ण थिएनन । वासी समाचारलाई साँजी हो भन्नु आम पाठक माथिको अपमान हुने तर्फ लेख्न वस्न अघि सोच्न वाध्य हुन पर्ने अप्ठ्यारो महसुस गर्न परर्यो यस पटक ।
घरमा काम गर्ने तर भागरे वेवारिसे अवस्थामा रहेका पिडीत महिलाहरुलाई संरक्षित आश्रय स्थल खडा गरी राख्न पर्छ भन्ने माग र सो सम्बन्धमा कसरी व्यवस्थापन गर्न सकिएला भन्ने सवाललाई दुतावासले सुन्नै चाहेन । उसको तर्क थियो गैह कानूनी रुपमा भएका गल्तीलाई संरक्षण दिएर दुतावासले कुटनैतिक मर्यादा नाघ्न हुदैन । दुतावासका   सचिव पुष्प भट्टराईले अगाडी भन्नुभयो, ठूला देशले खोलेका सेल्टरहरु गैर कानूनी भएको र त्यही गल्तीको अभ्यास हामीवाट नहोस भनि कुवेत सरकारवाट सुझाव भैसकेको अवस्थामा नेपाली दुतावास, कुवेतमा सेल्टर स्थापना गर्ने पक्षमा छैन । उता एनआरएनए कुवेतका अध्यक्ष राजेन्द्र तामाङले भने दुतावासले सेल्टर खोले वा पीडितको अल्पकालिन संरक्षणको कुनै व्यवस्था भईदिने अवस्था आए तीनीहरुलाई खुवाउने तथा पियाउने चाजो मिलाउने सोच एनआरएनए कुवेतको रहेको सुनाउदै हुनुहुन्थ्यो । छलफलमा सहभागी प्रतिनिधीहरु आ आफ्ना वरिपरी घटेका घटनालाई आघार बनाएर प्रश्न उत्तर गर्ने क्रममा नेपालकुवत डट कम का ईराक प्रतिनिधी हरिकृष्ण न्यैपानेले विगतमा साउदी दुतावासवाट पासर्पोट नविकरण संसोधन तथा ढिलासुस्तीका सवालमा प्रश्नहरु राखेका थिए यो प्रश्नले त्यहाँ प्रवेश महत्व किन पनि पायो भने हालका कुवेत हेर्ने  सचिव यसअघि साउदीमा रहनु हुन्थ्यो । ती तु्रटीहरुको जिम्मेवारी स्वीकार गराउन र कुवैतमा त्यसको पुनरावृती नहोस भनी सचेत गराउन अरु सहभागीहरुले समेत सोही प्रकृतीका थप घटनाहरु सुनाएका थिए । नेपाली चर्चका पाष्टर अगम बहादुर सुब्वाले भने नेपालमा घर परिवार तथा छोराछारी भएर पनि कुवैतमा गुप्त विवाह गरी बच्चा पैदा गरका एक दम्पतीको कथा सुनाउनु भयो र तीनवाट जन्मेको बच्चालाई आफूले धर्मपुत्र बनाउन चाहेको बताउदै कानुनी सल्लाह माग गर्नु भएको थियो । उहाँका अनुसार ती दाम्पती मध्ये एक पनि बच्चालाई नेपाल जादा साथमा लान तयार छैनन रे । बुढो भन्ने म हजुर वा भैसकेको मान्छे कसरी बच्चा मेरै हो भन्दै लैजाउ बुढी भन्ने नेपालमा आफ्नो घर परिवार र आफन्त त्यागेर म कहाँ जाउ दुवैलाई आ आफनो घर जान बच्चा घाडो भएको रहेछ । दुतावासको सल्लाह थियो यस्तो समस्या हुने भए किन परवासमा विवाह गर्ने जोडी लाग्ने र बच्चा पैदा गर्ने त यो फटाई हो । जहाँ सम्म धर्मपुत्र राख्न पाउने कानुन ईश्लामिक देशमा भए जस्तो हामीलाई लाग्दैन । अत: कानूनमा नै वर्जित कुराको सल्लाह के दिन सकिन्छ र ?
नेपाली दुतावास कुवेतले ईराकमा काम गर्न जाने अनुमती नेपाली कामदारलाई नभएको प्रष्ट पार्दै अगाडी भन्यो उनीहरुको पासर्पोट पनि यहाँवाट नविकरण गरिन्न । यदि कोही नेपाली कुवेतको कम्पनी मार्फत काम गर्न ईराक गएको भए पनि उसको पासर्पोट नविकरण व्याक्ति स्वयम नआए सम्म गर्न सकिदैन दुतावास भन्छ ।
कुवैत स्थित विभिन्न जेलमा रहेका नेपालीको विवरण दुतावासले माग गरिसकेको र सम्मपूर्ण विवरण प्राप्त भए पछि उनीहरुका सम्वन्धमा के गर्न सकिन्छ भनी कुवेत सरकारका निकायसँग छलफल एवं अनुरोध गरिने वताईयो ।   सचिव भट्टराई अगाडी भन्नुहुन्छ म सँग खाडीको अनुभव छ यदि खुशी पार्न सकेको खण्डमा जे पनि गर्न सकिन्छ किन की यहाँको कानुन मुखमा छ । उहाँले ईन्डोनेशिया, श्रीलंका, फिलिपिन्स तथा भारतका कुटनैतिक निकाय सँग समेत कुरा भएको र सवै मिलेर कुवेत सरकार सँग एमनेष्टी खोल्न माग गरिएको पनि भेलामा जानकारी दिनुभयो ।
खासगरी   सचिव भट्टराई नेपाली दलालहरु प्रति निक्कै आक्रमक शैलिमा प्रस्तुत हुदै भन्नु भयो हामी सँग केही नाम आएका छन नेपाली चेलीवेटीलाई बरबादी बनाउनमा उनीहरुको नै प्रमुख हात रहेका बुझिएको छ । यसरी नै प्रेमको चक्कर चलाउनेहरुले राम्रै घर परिवारवाट समेत विभिन्न प्रलोभनमा महिलाहरुलाई बाहिर निकालेर गैह कानूनी रुपमा राख्ने गरेकाले समस्या अरु भयावह हुदै गएको चर्चा सहभागीहरु बीच चलेको थियो । दुतावासले कुवेत स्थित मेनपावर कम्पनीमा कार्यरत केही नेपाली एजेन्टलाई समेत छलफलमा आमन्त्रण गरेको भएपनि त्यहाँ कसैको पनि उपस्थिती नरहेकोमा दुतावास पदाधिकारी छुब्द्ध मुद्रामा असन्तोष प्रकट गर्दैथिए । लामो समयसम्म दुतावास पदाधिकारी र सहभागी बीच समस्या समाधानका सम्बन्धमा आ आफ्ना आग्रहहरुमा असमझदारी जस्तो वातावरण बने पनि अन्तत   सचिवले समस्याको हल गर्न आफुहरुलाई सत्यतथ्य सूचना उपलब्ध गराई सहयोग गर्न गरेको आग्रहलाई सवैले आत्मासाथ गरेका थिए ।
पत्रकारहरु प्रति केही असन्तुष्टि राजदुत लगायत दुतावास कर्मचारीको रहेको भए पनि पत्रकारहरुले विरोधका रुपमा नबुझ्न आफ्ना तर्कहरु पेश गरेका थिए । परिचय आदान प्रदानमा नै सचिवको प्रस्तुती एउटा अन्तरवार्ताकार र त्यसका लागि खडा भएको उमेद्धार बीचको सवालजवाफ जस्तो शैलीलाई भने सहभागीहरुले असहज महसुस गरेको पाईयो । लामो समयको छलफल र चिसो मौसममा कफी पिउन सहभागी छटपटाई रहे पनि चिसो पानी पिउने सम्मको व्यवस्था नहुनुले सहभागी स्वयम लज्जित देखिन्थे भने दुतावाससगँको आर्थिक दुरावस्थाको पनि त्याहाँ झल्को पाईन्थ्यो ।

3 Responses

  1. तोयानाथ जी समय सान्दर्भिक कुरा उठाउनु भएको मा धन्येबट् लेखमा राम्रो बिश्लेशर गरिये को छ । हाम्रो दुताबस कतिको सक्षेम छ। भन्ने प्रस्ट हुन्छ । अहिले हामी सँग दुताबस ले काम सुरु गरेको दिन पर्खन सिबाये अरुकुनै बिकल्प नभएको ले तेयो समय सम्मा कुर्नु नै बेस ठaन्दछु
    जती बन्द कोठा मा छल फल , गफ , हाँसो, रिस , आबेग र बिशेष गरी आफ्नो काम को बारेमा भन्न सजिलो हुन्छ । तेओभन्दा सये गुना बडी बोज , काम को जीम्बेबरी र नेपाली चेली अनी नेपाली दाजु भाई का समस्य हल गर्न कढिन छ यो कुवैत् मा । दुताबस ले जेसुकै भने पनि दु:ख पाएको नेपाली हरु ज/ने ठाउँ भनेकै हाम्रो दुताबस हो । त्यहाँ बाट उस्ले के पुलिस लगएर लखेट्न सक्छ हामी नेपाली लाई ? अहिले दुताबस ले काम सुरु गर्नु भन्दा पहिल नै बन्द कोठामा मुख मा जे आयो तेही नबोल्न म नेपाली दुताबस का कर्मचारीलाई अनुरोध गर्दछु पछी तपाईंलाई तेही भनाइ को भारी गरुङो हुन्सक्छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: