सन्दर्भ: भालेण्टाइन डे (प्रेम दिवस): प्रेम दिवस, साहित्य र देशभक्ति भावना


रामकुमार श्रेष्ठ, वेलायत

 फेब्रुअरी १४ तारिखका दिन प्रेमको प्रतिकको रुपमा मनाइने “भालेन्टाइन डे” अर्थात प्रेम दिवस विस्वभर नै आकर्षणको केन्द्रबिन्दुको रुपमा रहँदै आएको पाइन्छ बिशेषत: युवा बर्गको बीच । यो क्रिस्चियन समुदायमा इ. सं. ४९६ मा पोप गेलसिअसले शुरुवात गरेको देखिन्छ र परंपरागत रुपमा प्रेमी प्रेमिकाहरुले एकापसमा फूल प्रदान गरेर, चकलेट दिएर र कार्ड पठाएर प्रेम ब्यक्त गर्ने गरिन्थ्यो भने अहिलेको आधुनिक बिस्वमा बिशेषत: मुटुको आकारको चिन्ह, पखेटा सहितका बच्चाहरुलाई “भ्यालेनटाइन डे” को प्रतिकको रुपमा प्रयोग गर्ने गरेको पाईन्छ । उन्नाइसौं शताब्दीदेखि अत्यधिक मात्रामा उत्पादन गरिएका पोस्ट कार्डहरुमा लेखेर प्रेमी प्रेमिकाहरुलाई दिने प्रचलन शुरु भएको देखिन्छ । प्रेम नै यो सुन्दर सृस्‍टिको आधार भएको कारण यो कुनै जाती, बर्ग, समुदाय, लिंग आदिमा मात्र सीमित नभएर सर्बब्यापी छ र सृस्‍टिको निरन्तरताको लागि यो अपरिहार्य छ पनि । यो सुन्दर सृस्‍टिलाई अरु बढी सुन्दर बनाउन भने सबैका बीच आडम्बरी प्रेम नभएर वास्तबिक प्रेमको आवश्यकता अझ टडकारो बन्दै गएको कुरामा सन्देह छैन ।

प्रेम साहित्य र कलाको एउटा अत्यन्तै महत्वपूर्ण पक्ष हो र यी दुबैबाट प्रेमलाई निकालिदिने बित्तिकै त्यो कि त लंगडो बन्छ कि त मुर्कुट्टा । प्रेमबारेको प्रस्तुतिको स्वरुप र प्रकृति भने साहित्यकार र कलाकारमा भर पर्छ र बुझाई पनि भिन्न भिन्न हुन सक्छ दर्शक र पाठक अनुसार । इतिहासले के देखाउँछ भने अत्यन्तै प्रतिकूल एबं समस्याग्रस्त समयमा ठूला ठूला साहित्यकारहरु र अत्यन्तै महत्वपूर्ण साहित्यिक कृतिहरुको जन्म भएको छ । किनकि साहित्यिकारहरु स्वभाबैले सामाजिक बिकृति, बिसंगति, अस्तब्यस्तता सहन गर्न नसक्ने स्वभाबका हुने भएकाले समस्या जति जति बिकराल बन्दै जान्छ त्यति त्यति नै साहित्यकारहरुबाट सिर्जित सिर्जनाहरु सशक्त हुँदै जान्छन । अत: समाजमा ब्याप्त यस किसिमका असंगति र बिसंगतिपूर्ण वाताबरण साहित्यिक बिकासको लागि अत्यन्तै उर्बराभूमिको रुपमा मानिने गरिन्छ । त्यस किसिमको वातावरणमा रहेर बिद्यमान सामाजिक बिकृति, बिसंगति, अस्तब्यस्तताका बिरुद्ध कलात्मक तवरले जे जस्ता असन्तुस्टी, बिरोध गर्छन् त्यो बहुसंख्यक मानिस, समाज, देश र भावी सन्ततिप्रतिको अगाध प्रेमको परिणति हो ।

साहित्यकारहरुमा अरुले देख्न नसकेको समस्या देख्न सक्ने, अरुले सोच्न नसकेको कुरा सोच्न सक्ने जस्ता क्षमातहरु यथेस्ट मात्रामा पाईन्छन । त्यसैले त भनिन्छ “जहाँ नपुगे रवी, त्यहाँ पुगे कवी” । निस्चय पनि एउटा सच्चा साहित्यकारले देश र समाजको लागि धेरै गर्न सक्छ र गर्नु पर्छ पनि । उनीहरुले हरेक ठाउँमा बिभिन्न किसिमले ज्ञान र चेतना रुपी प्रकाश छर्दै त्यहाँ रहेका सामाजिक बिसंगति, बिकृति र कमी कमजोरीहरुलाई निर्मुल गर्न अथक प्रयास गरेको पाइन्छ । उनीहरुले गर्ने कार्य कसैको अनुनय बिनय, कर कापका परेर गरिने नभै स्वत: स्फूर्त रुपमा गरिने भएको र समाजलाई सकारात्मक दिशातिर उन्मुख गराउने उद्धेस्यले अभिप्रेरित हुने भएकोले साहित्यिक सिर्जनालाई विशुद्ध सामाजिक कार्य भन्नुमा अत्युक्ति नहोला । त्यसैले सच्चा साहित्यकारहरु समाजका सच्चा पथ प्रदर्शक हुन । सच्चाइ सच्चा साहित्यकारको पर्यायबाची पनि हो किनकि यस्कै लागि उनीहरु सदा सर्बदा संघर्षरत रहन्छन चाहे जस्तोसुकै समस्या नै किन सामना गर्न नपरोस । अत: निडरता उनीहरुको अत्यन्तै घनिस्टतम मित्र हो । न त देश निकाला हुन परेर नोबेल पुरस्कार बिजेता अलेक्जाण्डर सोल्जेनेत्सिन विचलित भए न त आफ्ना हजारौं पुस्तकहरु जलाइए तापनि तसलिमा नसरिन झुकिन । यी घटनाहरुले उनीहरुको प्रसिद्धी ओरालो लाग्नुको बदला उकालो लागेकै देखिन्छ । अत: निडरता , स्वाभिमानी , सत्यबादी आदि सच्चा साहित्यकारहरुका बिशेषणहरु हुन ।

देश र समाजको लागि अत्यन्तै प्रतिकूल वाताबरण साहित्यिक सिर्जनाको दृष्‍टिकोणले अत्यन्तै उपयुक्त हुने भएको कारण अहिले जे जस्तो अवस्थाबाट हाम्रो देश गुज्रिरहेको छ यस्ले साहित्यकारहरुको लागि अत्यन्तै उपयुक्त वाताबरण सिर्जना भएको देखिन्छ । साहित्यिक जमात माझ एउटा भनाइ छ – “४६ सालको प्रजातन्त्र कविहरुले ल्याए होलान, तर ६३ सालको लोकतन्त्र श्रवण मुकारुङको बिसे नगर्चीको कविताले ल्याएको हो ।” यो लोकतन्त्र आउँदा गोपाल प्रशाद रिमालको “आमाको सपना” कविता जताततै देखिन थाल्यो कता कता आमाको सपना पुरा हुन लागेको हो कि भन्ने महसूस गर्दै, तर जे जसरी घटनाक्रमहरु अगाडि बढिरहेका छन यस्ले भूपि शेरचनको “घुम्ने मेचमाथि अन्धो मान्छे”, गोपाल प्रशाद रिमालको “आमाको सपना” अनि श्रवण मुकारुङको “बिसे नगर्ची” जस्ता सामग्रीहरुको अझै यथेस्ठ मात्रामा सिर्जना हुनु पर्ने देखिन्छ देश र जनतालाई समस्याबाट अरु बढी मुक्ति दिनका लागि र भावी सन्ततिको असल पूर्खा बन्नका लागि । जस्ले समाज र मानब मात्रको लागि चिन्तन मनन गर्ने ठूलो छात्ती लिन्छ उस्ले आ-आफ्नो प्रेमी प्रेमिकालाई प्रेम नगर्ने भन्ने प्रश्नै उठदैन । अत: प्रेम दिवसको यस पुनित अबसरमा यस दिनले देशमा बिद्यमान समस्याको मुक्तिका खातिर संपूर्ण साहित्यकर्मीहरुका कलमहरु देश प्रेम भावनाले ओतप्रोत भएका रचनाहरु सिर्जना गर्नतिर अभिप्रेरित गरोस र उत्कृस्ठ साहित्यकारहरु जन्माओस – यस पुनित अबसरमा संपूर्ण साहित्यकर्मीमा मेरो हार्दिक शुभेच्छा

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: