शाही—नातेदार धमाधम सम्पत्ति बेच्दै


राजतन्त्र छँदा दरबारिया सुखभोगमा रमाएका शाही नातेदारको पछिल्लो अवस्था फरक छ । गणतन्त्रले आमनागरिकमा परिणत गरिदिएका उनीहरू अहिले आफ्नो सम्पत्तिको सुरक्षा र जीवनयापनका लागि व्यवसायको खोजीमालागेका छन् राजतन्त्र ढलेयता शाही नातेदारले आफ्नो जग्गा-जमीन असुरक्षित महसुस गरेर धमाधम बेचिरहेको पाइएको छ । जग्गा बेचेको पैसा केहीले विदेशमा लगानी गरेका छन् भने केहीले स्वदेशमै व्यवसाय सञ्चालन गरेका छन् । कतिपय शाही नातेदारको जग्गामा किचलो उत्पन्न भएको छ ।
सिंगापुरको अर्चर रोडमा तीन बेडरुम भएको फ्ल्याट लिएका पूर्वयुवराज पारस शाहले दरबारमार्गमा रहेको जग्गा केही समयअघि बेचेका थिए । निर्वाचन आयोग र ग्लोबल बैंकको बीचबाट भित्रपट्टी उनको जग्गा थियो । सो जग्गा पूर्वराजा ज्ञानेन्द्रका साथी प्रभुशमशेर राणाले पारसलाई उपहारस्वरूप दिएका थिए । जग्गा बेचेको पैसा उनले सिंगापुरमा खर्च गरेको स्रोतले बतायो ।
राजतन्त्र ढलेयता शाही नातेदारले आफ्नो जग्गा-जमीन असुरक्षित महसुस गरेर धमाधम बेचिरहेको पाइएको छ । जग्गा बेचेको पैसाबाट केहीले विदेशमा लगानी गरेका छन् भने केहीले स्वदेशमै व्यवसाय सञ्चालन गरेका छन् । कतिपय शाही नातेदारको जग्गामा किचलो उत्पन्न भएको छ ।
सिंगापुरको अर्चर रोडमा तीन बेडरुम भएको फ्ल्याट लिएका पूर्वयुवराज पारस शाहले दरबारमार्गमा रहेको जग्गा केही समयअघि बेचेका थिए । निर्वाचन आयोग र ग्लोबल बैंकको बीचबाट भित्रपट्टी उनको जग्गा थियो । सो जग्गा पूर्वराजा ज्ञानेन्द्रका साथी प्रभुशमशेर राणाले पारसलाई उपहारस्वरूप दिएका थिए । जग्गा बेचेको पैसा उनले सिंगापुरमा खर्च गरेको स्रोतले बतायो ।
ज्ञानेन्द्रकी दिदी शारदा शाहका छोराहरूले कमलादीमा रहेको जग्ग्ाा केही समयअघि बिक्री गरे । शारदाका तीन छोराहरू आशिषविक्रम शाह, दिवसविक्रम शाह र विकासविक्रम शाहले बेचेको जग्गामा अहिले बैंकहरू बनेका छन् । कमलादीमै रहेको अर्को दरबारमा भने ज्ञानेन्द्रकी कान्छी बहिनी शोभा शाही र उनकी छोरी मनुजा बस्छन् । तिहारमा भाइटीका लगाउन ज्ञानेन्द्र यही दरबारमा पुग्छन् । मनुजा राजाको प्रत्यक्ष शासनकालमा ‘संकटमोचन समाज’ नामक संस्था खोलेर चर्चामा आएकी थिइन् । हाल उनी निष्कृय छिन् । बूढानिलकण्ठमा रहेको संकटमोचन समाजको कार्यालय हाल हटाइएको छ ।
ज्ञानेन्द्रकी अर्की दिदी शान्ति सिंहका दुई छोराहरूले पनि आप\mनो पुख्र्यौली सम्पत्ति बिक्री गरेका छन् । शाहीका दुई छोरा प्रमोद सिंह र विनोद सिंहले शान्तिकुञ्जनजिकै रहेको झन्डै डेढ रोपनी जग्ग्ाा बेचेका हुन् । अलग भइसकेका उनीहरू शान्तिकुञ्जमा नै बस्छन् । उनीहरूले दरबारमार्गस्थित शेर्पा होटेल पनि बेचिसकेका छन् । स्थानीय व्यवासायीले किस्ताबन्दीमा शेर्पा होटेल रहेको जग्गा खरिद गरेका थिए ।
दरबार हत्याकाण्डमा ज्ञानेन्द्रका दुई दिदी शान्ति सिंह र शारदा शाहीको निधन भएको थियो भने शोभा शाही जीवित छिन् ।
पूर्वराजा ज्ञानेन्द्रकी भतिजी तथा धीरेन्द्रकी छोरी शीताष्माले हाँडीगाउँमा रहेको ‘शाहवान’ दरबार एक करोड पन्ध्र लाख रुपैयाँमा बेचिन् । त्यसमध्येको केही पैसा हालेर उनले अन्नपूर्ण होटेलपरिसरमा बुटिक खोलेकी छिन् । बाँकी रकम उनले सिंगापुरमा लगानी गरेको स्रोतको दाबी छ । शीताष्मा वेलावेला पारससँगै सिंगापुर जाने गर्छिन् ।
बुटिकमा दिनभर आफैँ बस्ने गरेकी शीताष्माले नयाँ व्यवसायबाट रमाइलो अनुभव भइरहेको नयाँ पत्रिकालाई बताइन् । उनी धुम्बाराहीमा रहेको कुन्डलिनी क्लब पनि बिक्री गर्ने तयारीमा रहेको बुझिएको छ । यो क्लब केही समय जगत गौचनले भाडामा लिएर चलाएका थिए । तर भाडा दिन किचकिच गरेकाले शीताष्माले क्लब नै बेच्ने निर्णय गरेकी हुन् ।
हाँडीगाउँको दरबार बेचेर शीताष्माले चैन पाइनन् । आफूलाई धीरेन्द्रकी कान्छी श्रीमती भएको दाबी गर्दै जया पाण्डे र धीरेन्द्रकी जेठी छोरी भएको दाबी गर्दै श्रेया पाण्डेले काठमाडौं जिल्ल्ाा अदालतमा शीताष्माविरुद्ध मुद्दादायर गरेका छन् । धीरेन्द्रको आधा सम्पत्ति आफूहरूले पनि पाउनुपर्ने उनीहरूको माग छ । सो मुद्दा अहिले विचाराधीन छ । हाल बेलायतमा रहेका आमाछोरीले जयाका दाजु दिवार पाण्डेलाई मुद्दाको  वारिस बनाएका छन् ।
सासु आशा सिंहसँग सम्बन्ध बिगि्रएपछि शीताष्मा अहिले जीवनकुञ्जमा बस्दै आएकी छिन् । पारस नेपाल आएका वेला उनीसितै बस्छन् । शीताष्माका श्रीमान् अभिषेक शाहको तिहारमा हृदयघातबाट मृत्यु भएको थियो ।
राजा त्रिभुवनको नाता पर्ने अर्जुनशम्सेर राणाकी छोरी जया शाहले वबरमहलमा रहेको झन्डै एक रोपनी जग्गा बेचेकी छिन् । उनले भारतको गुनगाउँ भन्ने ठाउँमा जग्गा किनेको स्रोतले बतायो । उनका दुई दिदीले भने जयाको नाममा रहेको जग्गामा आप\mनो पनि हक लाग्ने दाबी गर्दै जिल्ल्ाा अदालतमा काठमाडौंमा मुद्दा दायर गरेका छन् । यस विषयमा नयाँ पत्रिकाले जिज्ञासा राख्दा जयाले जानकारी दिन इन्कार गरिन् ।
‘अरूले पनि काठमाडौंंको जग्गा बेच्दै भारतमा किन्दै गरेका छन् । उनीहरूको कुनै खोजीनीति हुँदैन, हाम्रोमा मात्रै किन चासो दिनुहुन्छ ?’ उनले प्रश्न गरिन् ।
जयाका छोरा राजीवविक्रम शाहीले बबरमहलमै रहेको आधा रोपनी जग्गा बिक्री गरेर मोटर सोरुम खोलेका छन् । केही समयअघि यिनले शरदचन्द्र शाहका भाइसँग मिलेर घोडचढी तालिम केन्द्र स्थापना गरेका थिए ।
पूर्वरानी कोमलका दाजु सुरजशम्सेर राणाले केही समयअघि इटहरीनजिकै रहेको झन्डै चालीस बिगाहा जग्गा बिक्री गरेका छन् । त्यो पैसा उनले विदेशमा लगानी गरेको स्रोत बताउँछ । शाही नातेदारमै पर्ने केशरशम्सेर राणाका छोरा लोकभक्तले पनि केशरमहलसँगै रहेको जग्गा बिक्री गरेर भारतको गुनगाउँमा खरिद गरेका छन् । उनी हाल ठमेलमा बस्छन् ।
राजा त्रिभुवनका दुई छोरी भारती र नलिनी अहिले भारतमा छन् । उनीहरू दुवैको भारतमै बिहे भएको थियो । नलिनीकी नातिनी र भारतीकी नातिनीको बिहेमा पूर्वराजा ज्ञानेन्द्र भारत गएका थिए । नलिनीको देहरादून र भारतीको उडिसामा बिहे भएको हो ।
ज्ञानेन्द्रकी आमा रत्न र राजा त्रिभुवनकी ल्याइते सरला अहिले पनि नारायणहिटी दरबारमै बस्छन् । उनीहरूलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र जयनेपाल फिल्म हलअगाडि रहेको घरबाट नारायणहिटी परिसरमा जाने गरेको स्रोतको दाबी छ । पछिल्लो समय ज्ञानेन्द्र र कोमल निर्मल-निवासमै बसिरहेका छन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: