नेपाली दूतावास कुवैतद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न


तोयानाथ उपेक्षित

                     कुवैत स्थित नेपाली राजदुतावासले विभिन्न संघ संस्था सम्मिलित एक अन्तरक्रिया कार्यक्रम  दुतावासका कर्मचारी रहेको होटल गल्फ कन्टीनेन्टल सार्कमा सम्पन्न भयो। नेपाल कुवैत पत्रकार मञ्चको सक्रियतामा सम्पन्न उक्त कार्यक्रममा दूतावासले प्रवासी नेपाली संघ संस्था तथा बुद्धिजिवी व्यक्तित्व र संचारकर्मीलाई एउटै थलोमा भटेको यो पहिलो औपचारिक भेटघाट पनि थियो । नेपाली दुतावासले कार्य संचालन शुरु गरी नसकेको अवस्थामा आयोजित यो कार्यक्रमले दूतावास छिट्टै नै क्रियाशील हुने पूर्व संकेतको रुपमा अडकल गरिएको भए पनि त्यो निस्कर्ष सही सावित हुन सकेन । फेब्रुअरी भित्रमा दतावास संचालनमा आउला भनिएकोमा यहाँ हुने ढिलासुस्ती र दुतावासको आन्तरिक कारणले मार्च सम्म पर्खन पर्ने नै भयो राजदुत भन्नुहुन्छ ।

                नेपाली दुतावासका कुवैत स्थित प्रथम राजदुत मधुवन प्रसाद पौडेलको उपस्थितीमा भएको उक्त छलफल कार्यक्रममा दूतावासका कर्मचारी पुष्पराज भट्टराई र भुवन पौडल समेतको सहभागिता रहेको थियो । कार्यक्रममा राजदूत पौडेलले छलफलको शुरुवात गर्दै नेपाली महिलाहरुको समस्यालाई सम्बोधन गर्ने संयन्त्र बनाइएको, भारत सरकारलाई नेपाल सरकारको परराष्ट्र मन्त्रालयद्वारा पत्रचार भइसकेको जनाउँदै भन्नुभयो हामी चिन्तित भएर लागि परेका छौं, तपाईहरुका समस्या बुझ्नलाई नै यो भेला डाकिएको पनि हो। यदि त्यसलाई लागू गर्न सकियो भने धेरै हदसम्म हल हुने राजदुत बताउनु हुन्छ। छलफलको लामो समय महिला चेलीवेटीहरुको समस्याका विषयमा सहभागी र दुतावास बीच अत्यन्त मसिनो ढंङ्गले बहस भएको थियो । दुतावास सचिव पुष्पराज भटटराई भन्नुहुन्छ बाटोमा रुँदै हिंडेका महिलाहरुलाई दुतावासले शरण दिन सक्दैन उ घरबाट भाग्नु नै गैर कानूनी कार्य हो। विगतमा त्यसरी भागेर आएका यातनाबाट मुक्ति खोज्दै हिंडेकाहरुका अगाडि मर्नु वा पुलिसमा पक्राउ पर्नु या कसैको शिकार हुनुको विकल्प नरहेको अवस्थामा सहभागीहरुको एक प्रश्नमा उहाँ भन्नु हुन्छ बरु ती दलाल वा स्पोन्सरको नाम दिएर सहयोग गर्नुहोस् हामी तुरुन्त कारवाही अघि बढाउने छौं । भट्टराई अगाडी थप्नु हुन्छ दुतावासले शरण दिनु गैर कानूनी कार्य हुन्छ त्यो हामीले गर्न मिल्दैन । यदि भागेर आउने वा ईलिगल भएर बसेकालाई शरण दिने हो भने सयौंको संख्यामा त्यो संख्या आउन सक्छ अत: यसो गर्न पनि सकिन्न यो  समाधानको उपाय कानूनत वर्जित पनि छ।

नेपालीहरु कुवैत आउन अघिको प्रक्रियामा नै आमुल परिवर्तन ल्याउने खाका तयार भैसकेको बताउँदै राजदुत पौडेलले एक अर्को प्रश्नमा भन्नु भयो हामी नेपाली कामदारको तलब पनि तोक्ने तयारी गर्दैछौं उहाँका अनुसार खादमका लागि न्युनतम ५० हाउस व्वाईका लागि ६० हाउस ड्राईभरका लागि ७५ बनाउने सोच रहेको छ । यसरी नै दक्ष जनशक्ति भित्र्यान र ब्यापार व्यवसायका लागि चेम्बर अफ कमर्ससँग समेत कुरा भईरहेको बताउनु भयो ।

सहभागीहरुका अनेकौं सवालमा दूतावास सचिव भटटराईले उत्तर दिदैं स्थापना नै भईनसकेको नेपाली दुतावासलाई धनी देशका दूतावासको दाजोमा राखेर अपेक्षा नगर्न समेत आग्रह गर्नु भएको थियो ।

भेलामा पत्रकारहरु सुजन केसी, राजन रिमाल, तोयानाथ दाहाल, हरिकृष्ण न्यैपाने, विष्णु पंन्थी, सहभागी थिए भने एनआरएन अध्यक्ष राजेन्द्र तामाङ, एनआरएनए आइसीसी कोअर्डिनेटर राजन कुवर,  नेपाली चर्च कुवैतका धर्म गुरु अगम लिम्बु,   युनिटी लाईफ कुवैत जनजागृती समूहका उपाध्यक्ष ठाकुर प्रसाद पौडेल, बुद्धिजीवी तथा समाजसेवी मित्र सींजाली, प्रेम  शाह, टेक बहादुर कार्की, अलगानियम ग्रुप सेक्युरिटी  मेनेजर धन बहादुर तामाङ,  नयाँ नेपालका प्रतिनिधी फुरमान लामा, दिल बहादुर पुन,  देउराली बचत  समुहका अध्यक्ष टोमलाल पराजुली, अल मुल्ला ग्रुपका प्रतिनिधी आनन्द आर्चाय,  प्रबासी यूवा संघका अध्यक्ष अर्जुन बस्नेत, महिला प्रतिनिधि पूर्णीमा किराँत समाज सेवी बम बहादुर बिष्ट, झपेन्द्र बन्जाडे के जि एल ग्रुपका प्रतिनिधी    लगायतको  उपस्थिती रहेको थियो । शुक्रबार बेलुकी ७।३० मा शुरु भएको कार्यक्रम ९ बजे तक चलेको थियो । 

क्रमस……………

 

3 Responses

  1. धन्यवाद पत्रकर मित्रहरुलाई नेपलिरद्दुत्बसको हाल सम्मको खबरहरु बाहिरलिउनु भयकोमा। हाम्रो पनि एउटा अनुरोद छ सम्पुर्ना पत्रकर अनि बुद्धीजिबी मनुभबहरुलाई की कुबेतकोलगी २० नम्बर भिसा सबैनै बन्द गराउनु राजदुत जिउसँग कुरा राख्नु परेयो। किनकी जब सममा २० नम्बर भिसा बन्द हुन्दैना कोसैले पनि कुबेत आउनु रोक्नु सक्तैन झन २५ हजरमा आउनेहरु ५० हजर तिर्नु परेकोछ। पहिलता दिदी बहिनीमत्र थियो तर हालमा अयरा दजुभाइहरु पनि धेरै बिचल्लीमा पारी रहेको छन् नेपालमा २ लाख सममा दललीलाई दियरा अयो यहाँ २० नम्बर भिसामा काम पाउनु धेरै गाह्रो छ धेरैको साथमा न भिसा छ न पास्फोर्ट न खाने टेगन छ न बस्ने आदि हाम्रो कुड्नितिग मोहदयहरु बाट यो काम हुना सकेना भने कुबेतमा नेपालीको हाल बङलदेसी भन्दा बेहाल हुन्छ। यहाँहरुलाई पनि थहनै होला बङलदेसी भन्नसथ कुबेतीहरुले थुक्नथल्छ किनकी यहाँको हरेक नम्रो काममा इनीहरुनै हुनछ। के गर्ने उनिहरुलेपनी बाद्दे भयरा पेट पल्नु को लागि गर्नुनै परेयो। आइले सम्मता केहीले नेपाली भेरी गूड् भन्ने गर्छ भने कुबेत को गर्नद भन्ने मन्तकमा कुनै पनि नेपालीलाई काममा रख्णुनै बन्द गरियको छ। उनीहरु भन्छन् नेपालीहरु हाम्रो नहुन्दरहेछ। नेपालीहरु नम्रो बन्न साथ हामीलाई कति दु:ख लाग्छ होला।
    अल अमन सिक्युरिटी।

  2. Duear SUjan & Rimal Sir,

    it was great evening, congratulation for organising very fruitfull meeting with His Excellency Ambassador of Nepal and Second Secretary.

    i would recomend, my Fellow Country man and woman not to rush with our problems with Embassy at this stage, if emassy need our assistance we should be able to offer.
    once it is fully stablished then we can bring issues one at a time.

    but subject last night, it was very good Idea to inform our major problem in Kuwait. but surely we can wait. untill the Embassy is fully in operation…

    “since we have waited so long”

    sory i could not express my gratitude/appreciation last night.

    “GOD BLESS NEPAL & NEPALESE ABROAD”

    once again welcome to his excellency and his team and all the best with the opening and success.

    Namaskar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: