चुनौती पुलिसलाई


       विभागीय टिम पुलिस र आरसीटी शनिबार १२ औं बूढासुब्बा गोल्डकपको फाइनलमा भिड्दैछन् ।नयाँ संरचनाको आरसीटी र नकआउट फुटबलमा सर्वाधिक सफल पुलिसको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।गएको शनिबारमात्र पोखरामा आहा गोल्डकप च्याम्पियन बनेको पुलिस कीर्तिमान चौथोपल्ट बूढासुब्बा गोल्डकपको उपाधि कब्जा गर्ने अभियानमा छ । धरानमा सर्वाधिक सफलता हात पार्ने टिम पुलिसले २०५६, ०५८ र ०५९ सालमा मोफसलको प्रतिष्ठित बूढासुब्बाको उपाधि जितेको थियो । यसपालि अनुपस्थित थ्री-स्टारले पनि धरानमा तीनपल्ट उपाधि चाखेको थियो ।

गत वर्ष पहिलो खेलबाटै बाहिरिएको पुलिसले दुईपल्ट फाइनल र उति नै पल्ट सेमिफाइनलमा हार बेहोरेको थियो । दशकअघिसम्म घरेलु फुटबलको प्रमुख शक्ति रहेको आरसीटीले लामो समयपछि उपाधि जित्ने सपना बुनेको छ । २०५७ सालमा शुभजन्मोत्सव कप जितेयता उपाधि चाख्न नपाएको उसको यसपालिको टिम प्रतिभावान् खेलाडीले भरिएको छ ।

बूढासुब्बा गोल्डकपमा सेमिफाइनलमाथि आरसीटी उक्लिएको पहिलो अवसर हो । क्लबकै पूर्वकप्तान मधु कार्कीले प्रशिक्षणको जिम्मेवारी लिएको आरसीटीले राजधानीमा भएको बि्रटिस गोर्खा कपमा पनि उत्कृष्ट प्रदर्शन गरेर सेमिफाइनलसम्म यात्रा तय गरेको थियो । त्यसमा पुलिस भने थ्री-स्टारसँग अन्तिम आठको प्रतिस्पर्धामै हारेको थियो । एक सातापछि सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगको तयारीमा बूढासुब्बा गोल्डकप उपाधि महत्त्वपूर्ण हुनेछ । दुवै टिम २०६३ सालयता पहिलोपल्ट हुने लिगको तयारीलाई बलियो तुल्याउन चाहन्छन् ।

दुवै टिम पूर्वेली खेलाडीले भरिएका छन् । त्यसैले उनीहरूमा धरान रंगशालाको खेल मैदानको राम्रो अनुभव रहेको छ । पहिलो रोजाइका चार खेलाडीको चोट पुलिसका लागि टाउको दुखाइ बनेको छ । चोटग्रस्त राकेश श्रेष्ठ, अनन्त थापा, जुमनु राई र दीपक पौडेल फाइनलमा अनुपस्थित रहने पुलिसका सहायक प्रशिक्षक हरि खडकाले बताए । अर्का घाइते चेतन घिमिरे टिममा र्फकने विश्वास गरिएको छ ।

दुवै टिमका लागि फाइनल ‘गर या मर’ को स्थिति छ । दुवैले एक-अर्कालाई कमजोर आँकेका पनि छैनन् । दुवै टिमले ४-४-२ को रणनीतिमा आक्रामक फुटबल खेल्ने प्रशिक्षकले बताएका छन् । आरसीटी र पुलिस घरेलु फुटबलमा पुराना र कठिन प्रतिद्वन्द्वी हुन् ।

‘आरसीटी कमजोर टिम होइन’, हरिले भने, ‘त्यसैले हामी सम्हालिएर खेल्नेछौं । टिमवर्क र उत्कृष्ट खेलाडी रहेकाले हामी उपाधिका हकदार हौं ।’ घरेलु नकआउट फुटबलको सर्वाधिक सफल पुलिस टिमसँग आरसीटी प्रशिक्षक मधु सचेत छन् । ‘पुलिसलाई रोकेर नौ वर्षयता पहिलो उपाधि जित्न चाहन्छौं,’ मधुले भने, ‘खेलाडीको फिटनेसमा प्रश्न गर्ने ठाउँ छैन । फिटनेस र युवा जोस नै हाम्रो सबैभन्दा बलियो शक्ति हो ।’

One Response

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: