हरिकृष्ण न्यौपाने ”घायल”
कुवेतमा भएका पत्रकार, बिभिन्न संघ-संस्थाका प्रतिनिधि अनी समाजसेबीहरु माझ नेपाली दुताबास कुवेतका प्रथम राजदुत मधुवन प्रसाद पौडेलको उपस्थितीमा दुतावासका कर्मचारी पुष्पराज भट्टराई र भुवन पौडल समेतको सहभागितामा दुतावासका कर्मचारी रहेको होटल गल्फ कन्टीनेन्टल सार्कमा हिजो साँझ एक औपचारिक छलफल अनी भेट्घाट कार्यक्रम सम्पन्न भयो।हिजो साँझ करिब ७:३० बाट शुरुभएको उक्त कार्यक्रममा बिशेषत नेपाली घरेलुमहिला कामदार (नोकरानी स्थानिय भाषामा खद्दामा)का समस्या, कुवेतमा रहेका इंलिगल नेपालीहरु,बितेका दिनमा नेपाली दाजुभाइ-दिदिबहिनिहरुले भोग्नुपरेका पिडा र आगामी दिनमा भर्खरै स्थापना हुनलागेको दुताबास मार्फत कसरी सबैको साझा सबाललाई सम्बोधन गर्न सकिन्छ भन्ने बिषय अनी बितेका दिनहरुमा नेपाली दुताबास साउदी बाट भए-गरेका कमीकमजोरिहरुका ’boutमा पनि चर्को बहस भएको थियो।नेपाली दुतावास कुबेतको आयोजनामा आयोजीत उक्त क्रार्यक्रमको शुरुवातमै राजदुत मधुवन पौडेल द्वारा नेपाली घरेलुकामदारहरुले हाल अपनाउदै गरेको भारतको अबैधानिक बाटोलाई बन्दगर्ने बिषयमा नेपाल सरकारमार्फत भारत सरकारलाई औपचारिक अनुरोध गरिएको अनी अबदेखी कुवेत आउन चाहने कोही पनि नेपाली कामदारको लागी भीषा प्रकृयामानै परिवर्तन गर्न कुवेत अनी नेपालका सबै सम्बन्धित पक्षलाई पत्राचार गरिएको जानकारी गराउनु भयो। नयाँ प्रकृया अनुसार जो कोही स्पोन्सरले पनि कुवेतमा रहेको नेपालीदुताबासले तोकेको मापदन्डलाई मानेर नेपालबाटै श्रम स्विकृती अनी अध्यान,आधारभुत तालिम दिलाएरमात्र नेपालबाटै मान्यता प्राप्त एजेन्टबाट कामदार मगाउन सक्ने प्राबधान राखिएको बताउनु भयो।यदी यस्तो प्रकृयालाई अक्षरंश लागु गर्न सकिए कुवेतमा बढीरहेको नेपाली अबैधानिक कामदारको आगमनमा ९०% कम हुनसक्ने उहाको पूर्वअनुमान थियो।तर यसरी प्रकृयागत तरिकाले जाँदा समय अनी खर्च समेत धेरै लाग्ने र झन्जटिलो हुने अधिकांश सहभागीको प्रतिकृया रहेको छ।
यस कार्यक्रममा नेपाली दुताबास कुवेतले आगामी दिनहरुमा के कसरी नेपालीहरुको हितमा काम गर्न सकिन्छ भन्ने मुल मुद्दालाई सबै सामु राखेको थियो। साथै छिट्टैनै सम्बन्धित ठाँउमा सम्बन्धित पक्षलाई अनुरोध गर्दै नेपाली कामदारहरुको पनि न्युनतम पारिश्रमिक तोक्न लागेको राजदुत मधुबन पौडेल बताउनु हुन्छ । यस अघिपनी साउदीबाट नेपाली समुदाय कुवेतलाई हेर्दै आउनुभएका सचिव पुष्प राज भट्टराईले बताउनु भयो। उहाँहरुका अनुसार खद्दामका लागि न्युनतम ५० केडी हाउस व्वाईका लागी ६० केडी हाउस ड्राईभरका लागी ७५ केडी वनाउने सोंच रहेको छ । यसरी नै हाल सम्म कुवेतमा नेपाली महिला घरेलु कामदारको मात्र अत्याधिक गन्तब्य रहेकोमा दक्ष जनशक्तिहरु नर्स-डक्टर, इन्जिनियर, आइटी, होटल तालिम युक्त जनशक्ती अनी बाणिज्य तर्फ पनी अनुभबी ब्यक्तिहरुको रोजगारको लागि आबश्यक पहल गर्दै दक्ष जनशक्ति भित्र्याउन र ब्यापार-ब्याबसायका लागि चेम्बर अफ कमर्स सँग समेत कुरा भईरहेको र नेपालमा पर्यटन बिकास अनी लागानी बढाउने तर्फ पनि सम्बन्धित पक्षसंग पहल गरिने उहाँहरुले बताउनु भयो।
एन आर एन कुवेतका अध्यक्ष राजेन्द्र तमाङ ज्युले एन आर एन कुवेतलाई छाता संगठन बनाएर कुवेतमा भएका सम्पूर्ण संघ-संस्थहरुलाई कुवेतमा रहेका हरेक नेपालीहरुको दु:ख-सुखमा साथ दिनसक्ने संगठन बनाउन आफु दिनरात प्रयासरत रहेको र आगामीदिनहरुमा नेपाली दुताबास कुवेतलाई हरतरहले आफुहरु साथ-सहयोग गर्न प्रतिबद्द रहेको बताउनुभएको थियो। उहाँ लगायत अधिकांश सहभागीहरुले नेपाली दुताबासको शरणमा आएका वास्तविक रुपमै बेसाहारा र पीडितहरुको रेखादेख अनी उनिहरुको कानुनी प्रकृया पुरा हुने समय सम्म दुताबासले गाँस-बासको ब्यबस्था गर्न सेल्टर बनाउन आफुहरुले सहयोगगर्ने बताइरहदा पुष्पराज भट्टराई ज्युले कुवेतको कानुनले यसलाई निषेध गरेको र कुवेत सरकारलेनै सेल्टर खोल्न लागेको कुरा जानकारी गराउदै कुनै पनि नेपाली कामदारले आफुले गर्दै आएको काम छोडेर दुताबासको शरणमा नआउन बरु आफु कार्यरत ठाउबाटै जे जस्तो अवस्थामा भएपनी कुनैन कुनै माध्यामबाट दुताबासलाई आफ्नो वास्तविक समस्या अनी वास्तविक विवरण दर्ता गर्न गराउन सक्ने बातावरण बनाउन सबै जनाले आ-आफ्नो ठाउबाट सक्दो सहयोग गरेमा कुवेतको कानुनको मार्याद अनी परीधी भित्र रहेर आफुहरुले उनिहरुलाई हरतरहले साथ-सहयोग गर्ने बताउनु भयो। साथै यदी कोही अबैधानिक तरिकाले कसैको संरक्षणमा रहेको भए उहाहरुको पुरा विवरण नेपाली दुताबासलाई उपलब्ध गराउन अनुरोध गर्दै यहाँको कानुनी मान्यता अनुसार उहाँहरुलाई नेपाल जान सक्दो सहयोग गर्ने बताउदै यदी कोही कसैले बिभिन्न प्रलोभनमा पारेर कसैलाई ईलिगल बनाउन बाध्य बनाएको भए सम्बन्धित ब्याक्तिको सबै विवरण उपलब्ध गराएमा दुताबासले सक्त कारबाही गर्ने गराउने प्रतिबद्दता ब्यक्त गर्नु भयो। नेपालकुवेत डटकम तथा मरुभूमिको कोशेली पत्रीकाका पत्रकारहरुले आफुहरु स्वतन्त्र र निष्पक्ष पत्रकारिताको परीधिभित्र रहेर नेपालीदुताबासको आगामी दिनमा हुने हरेक राम्रा नराम्रा कामको मुल्याङ्कन गरेर दुताबास संग हातमा हात अनी साथमा साथ गर्दै अगाडि बढिरहने प्रतिबद्दता ब्यक्त गरेका थिए, भने बिशेष गरेर सुजन केसी, राजन रिमाल,तोया नाथ उपेक्षित, हरि कृष्ण न्यौपानेले बितेका नराम्रा कामहरुलाई हेर्दै अगाडी बढ्न अनुरोध गर्दै भबिश्यमा देख्न र हुन सक्ने सम्भाबित घटना-दुर्घटना रोक्न बेलैमा सचेत हुन समेत सचेत गराएका थिए। नेपाली चर्च कुवेतका पास्टर(धर्म गुरु) तथा एन आर एन कुवेतका महासचिब अगम लिम्बु ज्युले यदी कुनै पनि नेपाली महिलाबाट जन्मिएको बच्चा उसले कसैलाई धर्म पुत्री वा धर्म पुत्रका रुपमा दिन चाहेमा के प्राबधान छ ? भन्ने प्रश्नमा पुष्प राज भट्टराई ले यो खाडीको कानुनने निषेध गरेको छ तर यदी बच्चाको आमाले बच्चा नेपाल लिएर जान चाहेमा आमाको पासपोर्टको आधारमा ट्राभल डकुमेन्ट बनाउन आफुहरुले सहयोग गर्ने बताउनु भयो। जनजागृती युनिटी लाइफ कुवेतका उपाध्यक्ष ठाकुर पौडेलले यदी नेपाली महिला र बिदेशी बाबु बिचको संबन्धाबाट जन्मेको बच्चाको हकको ’boutमा के प्रबधान छ ? भन्ने प्रश्नमा भट्टराई ज्युले बच्चा १६ बर्ष नपुगेसम्म आमाको पासपोर्टको आधारमा रहन सक्ने र १६ बर्ष पछी भने बुवा वा आमा कसलाई रोज्ने उसकै रोजाइमाले उ कुन देशको नागरिक बन्ने भन्ने कुराको निर्धारण हुने बताउनु भयो।
छलफलकै क्रममा समाजसेबी टेक बहादुर कार्कीले बितेका समयका कमि कमजोरिलाई नदोहोर्याउन भोलिको दिनमा कसरी अगाडिबढने भन्ने खाका तयार गरेर अगाडी बढ्न सबैलाई सुझाब दिनुभएको थियो, भने अर्का समाजसेबी दिलपुन ज्युले नेपालबाट नक्कली कागजात बोकेर अझै पनि नेपालीकामदार आइरहेको सन्दर्भमा दुताबासका पधाधिकारीहरुको ध्यानाकर्षण गराउनुभएको थियो। त्यसै गरी एनआरएनए आइृसीसी कोअर्डिनेटर राजन कुवर ज्युले पनि कसरी कुवेतमा बढदैरहेको अपराधीकरण र नेपाली इलिगल कमगर्न सकिन्छ, भन्ने ’boutमा सुझाब दिनु भएको थियो।लामो समय देखी कुवेतमा कार्यरत समाज सेबी प्रेम शाहले पनि बितेका समयमा नेपाली हरुले कुवेतमा भोग्नुपरेका समस्यालाई नेपालीदुताबासले सम्बोधन गर्ने विश्वास ब्यक्त गर्नु भयो।
लामो समयदेखी कुवेतका नेपालीहरु बिच परीचित समाजसेबी तथा एन आर एनका सदस्य बम बिष्ट ज्युले पनि नेपाली चेलीबेटिको हक हित अनी जेलमा भएका नेपालीहरुको ’boutमा जिज्ञासा राख्दा कानुनी रुपबाटै कुवेत सरकारलाई कुवेतको जेलमा कती जना अनी के-कस्ता अपराधका करणबाट रहेकाछन भन्ने कुराको अधिकारिक जानकारी मागिएको राजदुत ज्युले बताउनु भयो।कार्यक्रमको शुरुवातमै नेपाल कुवेत संस्कृतिक मन्चको सचिब तथा महिला प्रतिनिधि पूर्णीमा किराँतबाट नेपालबाट हर्बो इन्टर्नेशनल कम्पनिको उत्पादन (प्राकृतिकजडिबुटीबाट बनेको नेपाली अर्गानिक चिया)को अनलाइन ब्यापारको कुवेतमा शुरुवत गरेर आफ्नो देशको अर्थतन्त्रलाई टेवा दिएको र यस्ता कामहरुले नेपालीहरुको रोजगारिमा पनि केही थप अबसर प्राप्त हुने कुरा ब्यक्त गर्दै माननीय राजदुतले उहाँको प्रसंशा गर्दै कुवेतको चेम्बर अफ कमर्स संग सहकार्य गरेमा नेपालबाट बिभिन्न उत्पादनलाई कुवेतसम्म ल्याउन सफल हुने र भबिस्यमा दुताबासले नेपालबाट आफ्नो देशको केही उत्पादनलाई कुवेतसम्म ल्याउन सक्दो सहयोग गर्ने बचन दिनु भएको थियो।
कुवेतमा पहिलो पटक यहाँ रहेका सफल ब्यक्तित्वहरु, संघ-संस्थाका पदाधिकारी र पत्रकारहरुका बिच एकै स्थानमा नेपाली दुताबासका राजदुत अनी कर्मचारीबिच भएको यो भेलामा कुवेतमा रहनु भएका पत्रकार हरु सुजन केसी, राजन रिमाल, तोयानाथ दाहाल,हरि कृष्ण न्यौपाने(इराक-कुवेत)विष्णु पंन्थी,प्रवाशी युवा समाजकाअर्जुन बस्नेत, अलमुल्लाकाआनन्द आचार्य लगाएतको उपस्थिती थियो भने एनआरएन अध्यक्ष राजेन्द्र तामाङ, एनआरएनए आइृसीसी कोअर्डिनेटर राजन कुवर, नेपाली चर्च कुवेतका पास्टर(धर्म गुरु)अगम लिम्बु, यूनिटी लाईफ कुवेत जनजागृती समुहका उपाध्यक्ष ठाकुर प्रसाद पौडेल, बुद्धिजीवी तथा समाजसेवी मित्र सींजाली, प्रेम शाह, टेक बहादुर कार्की, अलघानिम गुरुप सेक्युरिटीका मेनेजर धन बहादुर तमाङ, नयाँ नेपालका प्रतिनिधी फुरमान लामा, दिल पुन, देउराली बचत समुहका अध्यक्ष टोमलाल पराजुली, अल मुल्ला ग्रुपका प्रतिनिधि , प्रबासी यूबा संघका प्रतिनिधि, महिला प्रतिनिधि पूर्णीमा किराँत, समाज सेवी बम बहादुर बिष्ट, झपेन्द्र बन्जाडे के जि एल ग्रुपका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो।यसका साथै नेपाली दुताबास कुवेतले आफ्नो कार्य थाल्न अझै केही दिन लाग्ने बताउदै सम्पूर्ण कुवेतबासी नेपाली दाजुभाइ-दीदीबहिनिहरुलाई सबैले आ-आफ्नो ठाँउबाट सक्दो साथ-सहयोग गर्न अनुरोध गरेको छ।
हरिकृष्ण न्यौपाने ”घायल”
कुवेत-रिगाइ (९९४९८६६१)
Filed under: प्रेस रिलिज |
जवाफ लेख्नुहोस्