शिवरात्रिमा ७ लाख


राष्ट्रपति रामवरण यादवले महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन गरेर फर्किएलगत्तै पूर्व राजा ज्ञानेन्द्र शाह पनि पशुपति पुगेका छन् । पूर्व राजा हँसिलो मुहारमा साँझ ७: १५ बजे पशुपतिमा पुगेका थिए । उनले पशुपतिमा झण्डै आधा घण्टा दर्शन गरे ।

राष्ट्रपति रामवरण यादव पशुपतिको दर्शन गरेर साँझ पौने ५ बजे फर्किएका थिए । उनले संचारकर्मीमाझ नेपाली जनताको सुख, समृद्धिको कामना गरे । उनको अवगमनका बेलामा सुरक्षा व्यवस्था कडा पारिएको थियो । राष्ट्रपतिलाई संस्कृति मन्त्री मिनेन्द्र रिजाल तथा पशुपति विकास कोषका पदाधिकारीहरुले स्वागत गरेका थिए ।

सात लाखद्वारा दर्शन

महाशिवरात्रिका अवसर पशुपतिनाथ मन्दिरमा करिव ७ लाख श्रद्धालुले दर्शन गरेको पशुपति क्षेत्र विकाश कोषले जनाएको छ ।

चारै ढोकाबाट गरी ७ लाखभन्दा बढी भक्तजनले मन्दिरको दर्शन गरेको कोषको सूचना तथा प्रचार प्रसार उपसमितिका सचिव राजेन्द्रधर राजोपाध्यायले जानकारी दिए । चारै ढोका खुल्ला गरिएको यो पहिलोपटक हो । यो क्रम रातभर नै जारी रहने कोषले जनाएको छ ।

यसपटक परीक्षणका रुपमा लाइन बस्न नचाहने भक्तजनहरुका लागि एक हजार रुपैयाको टिकट किनेर दर्शन गर्ने व्यवस्था मिलाइएको छ । टिकट किनेर २ हजार जतिले मन्दिरमा सोझै दर्शन गरेको राजोपाध्यायले जनाए ।

पशुपति दर्शनका लागि तिलगंगा, रामघाट, वत्सलेश्वरी आर्यघाट पूर्व ढोका भइ मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ । महाशिवरात्री पर्वका दिन पनि गौशाला चोकको प्रहरी विटसागैको नेपाल इन्भेष्टमेन्ट वैंक र तिलगंगास्थित गल्फ क्लवसागैको नेपाल एसबीआई लिमिटेडको काउन्टरबाट टिकट विक्री भइरहनेछ ।

वेबसाइट सुरु

संस्कृतिमन्त्री एवं पशुपति क्षेत्र विकास कोषका अध्यक्ष मीनेन्द्र रिजालले महाशिवरात्रिको अवसरमा कोषको आधिकारिक वेबसाइट सुरु गरेका छन् । कोषको वेबसाइट डब्लुडब्लुडब्लु डट पशुपति डट ओआरजी डट एनपीको मन्त्री रिजालले लोकतार्पण गरे । पशुपति मिडिया सेन्टरमा आयोजित लोकार्पण कार्यक्रममा मन्त्री रिजालले साइटलाई ‘लग अन’ गरी सार्वजनिक गरेका हुन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: