आज महाशिवरात्रि/पशुपतिका चारै ढोका खोलियो


काठमाडौ, माघ २९ –
महाशिवरात्रिको अवसरमा पशुपति मन्दिरमा आउने दर्शनार्थीलाई सजिलो बनाउन पहिलोपटक चारै ढोका खोलिएको छ । पशपतिको दर्शन गर्न मन्दिर परिसरमा बिहानैदेखि हजारौं भक्तजनहरुको भीड लागेको छ । भीडलाई व्यवस्थित गर्न र दर्शनार्थीलाई सहज रुपमा पशुपतिको दर्शन गराउन ठूलो संख्यामा स्वंय सेवकहरु परिचालन गरिएका छन् ।

पशुपति मन्दिरका भण्डारी शिवशरण राजभण्डारीले अघिल्लो वर्षसम्म बिहान आठबजेपछि चारै ढोका खोल्ने गरे पनि यस वर्ष बिहान तीन बजेदेखि नै खोलिएको बताए । ‘यसअघि साढे तीन बजे पश्चिमको ढोका मात्र खुल्थ्यो,’ उनले कान्तिपुसित भने, ‘अघिल्लो वर्षको जस्तो सर्वसाधरणले सास्ती खेप्नु नपरोस् भनेर बेलैमा चारै ढोका खोल्ने निर्णय गरेका छौं ।’

विकास कोष, भण्डारी र भट्टको संयुक्त बैठकले चारै ढोका खोल्ने निर्णय गरेको उनले बताए । चारै ढोका खोल्दा कुनै हानी नहुने शास्त्रमा उल्लेख नभए पनि परम्परालाई तोडेको उनले बताए । ‘चार ढोकाबाट एक सेकेन्डमा चार जनालाई दर्शन गराउने हाम्रो लक्ष्य छ,’ भण्डारी भने ।

कोषले चारतिरबाट मन्दिर पस्ने व्यवस्था मिलाएको छ । मन्दिर वरिपरि गेट र झिलिमिली बनाएर बेहुली झै सिंगारिएको छ । लाइन बस्न बाँस गाडेर डोरी टागेका छन् । शिवरात्रि अवधिभर पशुपति लोडसेडिङमुक्त भएको छ । भारतबाट आउने दर्शनार्थीको संख्या अत्यधिक छ । दर्शनका लागि भारतबाट समेत ठूलो संख्यामा  भक्तजन आएका छन् ।

साधुसन्त अघिल्लो वर्षको तुलनामा यस वर्ष कमी आएको गुठी संस्थान पशुपति शाखाका प्रमुख राजबाबु पाण्डेले बताए । अघिल्लो वर्षको तुलनामा एक हजार जनाको संख्यामा कमी भएको उनले बताए ।

ुअघिल्लो वर्ष भारतीय र नेपाली गरी ३ हजार ७ सय  आएका थिए,ु उनले भने, ुयस वर्ष २ हजार ७ सय पनि आएका छैनन् ।ु नागा पनि अघिल्लो वर्षको तुलनामा कमी आएको उनले बताए । उनका अनुसार अघिल्लो चार सय नागा आए पनि यस वर्ष तीन सय पनि पुग नपुग छन् । साधुसन्त, नागालाई संस्थानले बुधबारदेखि सोमबारसम्म खाना खुवाउने, धुनीका लागि दाउराको व्यवस्था गर्ने गरेको छ ।

मन्दिरको दर्शन गर्न जाने भक्तजनलाई सहज पार्न चार ठाउँबाट लाइन बस्ने व्यवस्था मिलाएको महाशिवरात्रि व्यवस्थापन मूल समिति सूचना तथा प्रचार प्रसार समितिका संयोजक राजेन्द्रधर राजोपाध्यायले बताए ।

दर्शनका लागि तिलगंगा चक्रपथ पूलबाट चारशिवालय पञ्चदेवल हुँदै दक्षिण ढोका,  मित्रपार्क गौरीघाटबाट उमाकुण्ड- रुद्रगाडेश्वर हुँदै उत्तरतर्फ प्रवेश, गौशाला-भुवनेश्वरीबाट गणेश मन्दिरसँगैको सानो ढोकाबाट कोर क्षेत्र हुँदै पश्चिमतर्फको गेटको सानो ढोकाबाट मन्दिर प्रवेश, जयवागीश्वरीबाट ढुंगा छापेको बाटो हुँदै भुवनेश्वरी भएर पश्चिमतर्फको सानो ढोकाबाट प्रवेश गर्न मिल्ने व्यवस्था गरेको छ । त्यस्तै गौशाला र जयवागीश्वरीबाट ढुंगा छापेको बाटो हुँदै आउने लाइन झंकेश्वरीस्थित जुत्ता-चप्पल कक्षमा राखेपछि एकै लाइनमा दर्शनका लागि प्रवेश गर्ने व्यवस्था गरिएको उनले बताए ।

मन्दिरको दर्शन सकाएर र्फकंदा पश्चिम मूल ढोकाबाट बाहिरिनु पर्ने राजोपाध्यायले बताए । विकास कोषले शुल्क लिएर पनि मन्दिर प्रवेशको व्यवस्था गरेको छ । ‘सहज दर्शन व्यवस्थाका लागि सःशुल्क दर्शन गर्ने व्यवस्था गरेका छौं,ु उनले भने, इच्छुक दर्शनार्थीले एक हजार मूल्यको टिकट लिएर सुलभ तरिकाले दर्शन गर्न सक्नेछन् ।’ त्यसका लागि नेपाल एसबीआई बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र एभरेस्ट बैंकबाट टिकट लिनेसक्ने व्यवस्था मिलाइएको छ । उनका अनुसार २ हजार जनाले टिकट खरिद गरिसकेका छन् ।

शुल्क तिरेर दर्शन गर्नका लागि तिलगङ्गा-राममन्दिर-वत्सलेश्वरी आर्यघाट हुँदै पूर्वतर्फको सिँढी भएर मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाएको हो । पूर्व ढोकाबाट दर्शन गरी उही  मार्ग हुँदै र्फकनु पर्ने हुन्छ ।

कोषले स्वास्थ्य शिविरको मूल शिविर शङ्करनारायण सत्तलमा राखिएको छ । अन्य स्वास्थ्य शिविरहरू भण्डारखाल, अमालकोट, डाबर वाटिका, तिलगङ्गा, चारशिवालय दक्षिण, हंसमण्डप उत्तर, राममन्दिर, उमाकुण्ड र पशुपति पश्चिम ढोका अगाडि व्यवस्था गरेको छ । कोषले पास वितरण गरेको सवारी साधन तिलगंगा र सिफल चउरमा पार्किङ व्यवस्था गरेको छ ।

यस वर्षको महाशिवरात्रिमा ६ लाख भक्तजन हुने कोषले अनुमान गरेको छ । गत वर्ष ४ लाख ३० हजार भक्तजनले पशुपतिको दर्शन गरेको कोषले जनाएको छ । महाशिवरात्रि व्यवस्थापनका लागि करिब चार हजार स्वयंसेवक परिचालित गरिएका छन्् । महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक गोविन्दराम परियारका अनुसार तीन चरणमा ३ हजार जनपथ प्रहरी परिचालन गरिने भएको छ । त्यस्तै उपत्यका सुरक्षा बल सिनामंगल र पशुपति बेशबाट ६ सय ६१ जना सशस्त्र प्रहरी परिचालन हुनेभएको छ । कोषका अनुसार बिहीबार साँझ ५ बजे  राष्ट्रपति डा. रामवरण यादवले पशुपति मन्दिरको दर्शन गर्ने कार्यक्रम तय भएको छ ।

सवारी साधन निषेध क्षेत्र

बत्तीसपुतली, गौशाला, रातोपुल, जयबागेश्वरी, मित्रपार्क, तिलगंगा, बाग्मती पुल, गौरीघाट क्षेत्रमा सवारी साधन निषेध गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कोटेश्वरको तीनकुनेबाट ट्रक, मिनीट्रकलाई एयरपोर्टतर्फ निषेध, सिनामंगलबाट बस, मिनीबस, माइक्रोबसलाई तिलगंगा र पुरानो बानेश्वरतर्फ निषेध गरिएको छ । त्यस्तै तिलगंगाबाट गौशालातर्फ कार, मोटरसाइकल लैजान पाइँदैन ।

पुरानो बानेश्वरबाट गौशाला, रातोपुलबाट गौशालातर्फ, सिफलबाट जयबागेश्वरी, गौरीघाटबाट मित्रपार्क, चावहिलबाट गौशालातर्फ सबै सवारी साधन निषेध गरिएको छ । नारायणगोपाल चोकबाट सुकेधारातर्फ ट्रक, मिनीट्रकलाई, गोपीकृष्ण हलबाट चावहिल हँुदै बौद्धतर्फ जाने बस, मिनीबस, माइक्रोबसबाहेक गौशालातर्फ जाने सवारी साधनलाई निषेध गरिएको ट्राफिकले जानकारी दिए

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: