नेपाली समुदाएको माझमा राजदुतावास का सचिव


 – अर्जुन उदासि  बस्नेत
                   सगरमाथा कल्बले आयोजना गरेको एम बि बम्जन गोल्ड कप को उध्घाटन मा प्रमुख अतिथी भई पाल्नु भएका कुबेतका लागि नेपाली राजदुतावासका सचिव पुष्पराज भट्टराइ धेरै उत्सुक्ताका साथ फूटबल खेल हेर्दै नेपाली समुदाएको पनि उत्तिकै निरिक्षेण र उनिहरु प्रती झल्की रहेका भावहरु पढिरहनु भएको थियो । त्यस बेलामा त्यहा उपस्थित जनसमुदाएहरु जस्मा धेरैले उहा माथि आ आफ्ना समस्या र दु:खहरुको ब्यथा उहालाई सुनाउनेहरु पनि प्रस्सतै देखिन्थे । धेरैका प्रश्नहरु भने राजदुतावासले कहिले देखी काम शुरु गर्छ भन्ने नै थियो । उहाहरुको जिज्ञासाको उत्तर दिने क्रममा सबैलाई नम्र भाषामा  सम्पूर्ण राजदुतावासको सेवा सुचारु हुनको निम्ती केही समय लाग्ने हुनाले अझ केही हप्ता धर्य गर्न आग्रह गर्दै ,भट्टराइले आफ्नै उदाहरण सबैलाई यसरी सुनाउनु हुन्छ ,

           पहिलो कुरा त दुतावासका क्रमचारिको सम्पूर्ण कागजात बनाउन नै धरै समय पर्खनु पर्छ । हाम्रो सही छाप यहाँका कार्यालयहरुमा पुर्याउने, त्यहाका अफिसरहरुको स्विक्रिती लिने, हाम्रो यहाँको सिविल आइ डि बनाउन जस्ता साधारण काम देखी कुटनितिक नियोगका सबै खाले कामहरु पुरा भईसके पछी मात्र आफ्ना नागरिकलाई सेवा सुचारु गर्न सकिने हुन्छ ।
 एक जना समाजको लागि निकै चासो राख्ने सज्जले उत्सुक्ता जनाउदै यहाँको समस्या खासगरी नेपाली महिलाको हो यसलाई कसरी समाधान गर्न सकिन्छ ?  नेपाली समाज कुबेतले कस्तो खाले सहयोग पुर्याउन सक्छ  राजदुतावास लाई ? यस कुरामा अलिक गहिरो सोच र दिर्घकालिन उपाए खोजी रहेका छौ , हामीलाई केही नेपाली महिलाहरुलाई बिचल्निमा पार्ने १०, १५ जना जती नेपाली बदमाशहरुको नाम लिस्ट पनि उपलब्ध भएको छ ,प्रथम त तिनिहरुलाई चेतावनी र आफ्नु बानी सुधार गराउन कदम चाल्ने छौ । अर्को कुरा अरु देशका राजदुतावास सँग राम्रो सम्बन्ध बनाउदै एक पटक इलिगल खुलाउन कुबेत सरकारलाई बिन्ती गर्ने छौ ,जस्ले धरै महिलाहरुलाई र जो कोही इलिगल जिबन यापन गरिरहेकाहरुलाई स्वदेश पुग्न मद्द्त गर्ने छ । सचिव अगाडि थप्छन, नेपाली समाजले हामीलाई सत्य तथ्य सहित अपराधीहरुलाई यहाँको कानुन अनुसार हामी सम्म पुर्याने काम गरे यो समस्या कम हुँदै जान्छ ।
 धेरै समय पहिला कुबेतमा आएको, त्यती बेला आफु लगायत २३ जना साथीहरुले भोगेको कष्ठ रुन्छे र भावुक स्वरमा उकेल्दै एक जना युवा भन्नु हुन्छ ।  नेपालीलाई डुवाउने पराइ होइन , नेपाली हुन्छन । एजेन्टहरुले नेपालमा एउटा कुरा गर्छन् तर यहाँ कम्पनीहरुले त्यो पुरा गर्दैनन ,यस्तो अवस्था कहिले सम्म रहला ? यस जिज्ञासामा भट्टराई दलालहरु प्रती कडा शब्द प्रयोग गर्दै, कम्पनिहरुले ५० के डि तलब कामदारलाई दिने सहमती हुँदा म्यान पावरहरुले ६० भनेर काम्दारहरुलाई आकर्सित गर्छन् । अझ दलालहरुले त ७०, ७५ के डि भनेर सिधा सोझाहरुलाई मख्ख पार्छन ,किनकी जती धेरै सेलरी देखायो उती धेरै पैसा लिन पाउछन । अव त्यो कर्म विस्तारै रोक्ने छौ । हामीहरुलाई  तपाईंहरुको कार्यरत कम्पनिमा पुग्न सहयोगको पनि आवश्यकता पर्नेछ । जुन ति कम्पनीहरुमा गएर हामीहरु निम्न स्तरका काम्दार देखी ठुला पद सम्मका लागि सेलरिको तय गर्न पहल गर्ने छौ ।
 यसै सम्बन्धमा साउदीको एक दुई कम्पनीहरुमा गरेका यस्ता कार्यहरुको उदाहरण दिदै भट्टराईले सबैलाई सान्तवना र हौसाला दिदै, यि सबै कार्यहरु एकै पटक गर्न असम्भव छ। तर एकएक गर्दै शुरु गरियो भने सजिलो नै हुने छ । जस्को निम्ती यहाँ कार्यरत सबै पक्षहरुले धर्यता र यहाँको कानुनको पालना गर्न जरुरी छ । यो कुराको चेतना जती चाडो जनमानसमा फैलिने छ त्यती नै छिटो हामी हरु सक्ष्यम हुने छौ ।
——————————————————————————–

2 Responses

  1. Nepalkuwaitrpariwarle hajakosko yatra pargros sathai hami majh shdhai yastai nayanya koseli paskirhos Yahichh mero shubhakamna.

  2. Thankx for
    The article Arjun Ji……Don’t let your pen stop……….

    Thank for the Update about the action plan of Embassy.. Keep it up Nepalkuwait team…

    Wising u the Best of Luck for the Future….Steps

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: