कुबेतको नेपाली दुताबासले कुनै पनि भगुवा कामदारलाई आश्रय नदिने


   आर.बी.बुढाथोकी(कुबेत)११ फेब्रवरी २०१०       

              कुबेतको नेपाली दुताबासले कुबेतमा कार्यरत कुनै पनि भगुवा कामदारलाई आश्रय नदिने र दुताबासमा यस्तो आश्रय सेन्टर नभएको र भोलिका दिनमा पनि नखोलिने स्पट रुपमा जनाएको छ। सर्बसाधारण सबैको सोचमा दुताबास भन्ने बित्तिकै आ-आफ्नो कामबाट बिभिन्न कारणबस भागेर अरुको आश्रयमा बसेकालाई आश्रय दिने र उद्दार गरि दिने सस्था हो भन्ने सोच सबैमा हाबी भैरहेको अबस्थामा यस्तो कुरा प्रकाशमा आएको हो ।  कामदारको सुरक्षाको जिम्मेवारी सम्बन्धित कम्पनी र घर मालिकको हुन्छ दुताबासले पनि यहाको नियम कानुनलाई अङिकार गर्नु पर्ने हुनाले आन्तरिक मामिलामा हस्तक्षेप गरेको मानिने हुनाले कुबेतको  परराष्ट्र-मन्त्रालयले दिएको निर्देशन अनुसार भगुवा कामदारको जिम्मेवारी पहिलो आफै र दोश्रो भगाउने वा भगाउन प्रेरित गर्ने हुनेछ। कुनै पनि ब्यक्ति आफ्नो कम्पनी वा घर छाडेर भाग्छ भने उसलाई भगाउने ब्यक्ति उसको स्पोन्सर हुने छ र उसले भगुवाको सम्पुर्ण जिम्मेवारी लिनु पर्ने जानाइएको छ। 
                    हाम्रो काम भनेको आबश्यक कागज पत्र बनाएर (ट्राभल ड्कुमेन्ट)बैधानिक तबरबाट स्वदेश पठाउने हो अबैधानिक(इलिगल) भएर बेकारमा बसेकालाई सम्रेक्षण दिनु होईन यसले एक पछि अर्को गर्दै बिकाराल रुप लिन्छ  दुताबासका एक कर्माचारीले बताए।  महिनाको ३० बन्दा ज्यादा घरेलु कामदारको उद्दार गर्दैमा समय बैत्नाले अरु काममा ध्यान पुर्याउन नसकेको गुनासो हरेक पटक बताउने साउदी दुताबासलाई यो उद्दारको काम एउटा चिन्ताको बिषय बनेको छ। कुबेतमा पनि यो समस्या नआउला भन्न सकिन्न। किन की कुबेत सरकारको रेकर्ड अनुसार  अत्याधित मात्रमा नेपाली महिला घर छोडेर भागेको देखाउछ। यही गतिमा घरेलु कामदार नेपाली महिलाहरु भगोडा भएमा भोली बिकाराल समस्या नलेला भन्न सकिन्न र स्थानिय सरकारले पनि नेपालीहरुको भिसा बन्द गरिदिने चेताबनी दिइरहेको अवस्थामा पनि सम्बन्धित निकायको चासो नहुनाले सबैलाई चिन्ताको बिषय बनेको छ। यस्तै अब्यबस्थित तबरले गर्दा बङगाली हरुको फिसा बिगत तीन बर्षदेखि बन्द छ र यो यति सजीलै खुल्ने अबस्थामा छैन।  
                  कुबेतमा भगुवा कामदार दिनप्रतिदिन बढिरहेको छ र त्यसमा भाग्ने कामदारहरू अधिकांश घरेलु कामदार लेबर र क्लीनरमा आएका छन। भाग्नेहरुको बेथा आफ्नै छ र भगाउनेहरुको पनि त्यतिकै ताती छ।  बिभिन्न आस्वसन दिएर घरमा काम गर्ने महिलाहरुलाई दिन रात फोन गरि भगाउनेहरुको पनि अहीले फेसन नै चलेको छ,त्यसमा पनि संसारमा दुर्लब मानिने कुबेतको फ्री कल ढुङ्गा खोज्दा देउता मीलेझै भएको छ। भगुवा कामदारहरुको बिषयमा दुबैको दोस देखिन्छ भगुवा र भगाउने त्यसमा पनि बडी दोस आँफै भगुवाको छ। आफु के का लागि बिदेश आएको भागेमा भोलिका दिनहरु कति कस्टकर हुने हो त्यो कुरा भाग्नु भन्दा पहिला धेरै पटक सोच्नु पर्ने हुन्छ। बास्तबमै भन्ने हो भने नेपाल सरकारले बनाएको नेपाली कामदारसम्बन्धी विदेश नीति त्रुटिपूर्ण छ । दूतावासले सिफरिस गरेबमोजिम सुव्यवस्थित र नेपालबाट सोझै कानुनी प्रक्रिया पूरा गरी पठाउने नीति अवलम्बन गर्नुपर्छ । दलालको बहकावमा परेर अत्याधित रकम बुझाएर खाडी मुलुकमा आउनेलाई निरुसाहित गर्नुपर्छ। घरेलु कामदार महिलालाई खाडिमा रोक होईन ब्यबस्थित गर्नु अती अबश्यक छ। नेपाली महिला कामदारलाई घरेलु कामदारका रुपमा मात्र होईन पिलिपिन्स सरकारको जस्तो बैदेशिक निति अपनाएर महिला पुरुष समान रुपमा हरेक क्षेत्रमा पठाउन सकिन्छ।  अहीलेको यो युगमा नेपाली महिला पनि पुरुष सरह सक्क्षम देखिसकेका छन भने किन उनीहरुलाई नोकरको काम मात्र दीइन्छ यो निति नै सर्बप्रथम त्रुटी पूर्ण छ नेपाल सरकारको। प्लस टु गरेका स्नातक सम्म पास गरेका कयौ नेपाली महिला कुबेतमा गरेलु कामदारका रुपमा काम गरिरहेका छन। साधारणतया कम्पनीमा भए ८ घन्टा काम गरेर २५ देखि ७० हजार सम्म कमाइने घरेलु काममा १८ घण्टा सम्म दलिएर काम गर्दा मात्र बढिमा ११ हजार मात्र पाईन्छ भने हामीले यही बाट अनुमान लगाउन सकिन्छ की कति असमान छ श्रमिकको श्रमदानमा।

3 Responses

  1. dutabas ko nirnaya ramro chha karyanayan pani garer dekhauna saknu paryo.

  2. hernus rajdut ji, khas gari nepali mahila haruko lagi kunai kunai gharma kaam yasto saro hunchha ki tyaha anek mansik ra saririk yatana pani sahanu parne hunchha. tyasaile afno jiu ra jyan jogauna kaam chhodera bhagnu bahek aru kunai bikalpa hudaina. tyasaile tyasta pidit harulai pai uniharuko samasya lai bujhera tinuharulai sakdo sahara ra uchit samrakchhan dina jarurichha.
    Rajesh
    Q.West Iraq

  3. sabaiko samasya yakai khalko hudai na tar dutabasko adik pani thikai ho, nepali haru sachikai bhaguwa chhan, kam garna nachaher ho ki boy friends chaahiyar ho???????///

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: