अर्धनग्न तस्वीरका कारण चलचित्रको घोषणा नहुँदै विवाद


राजधानीमा सोमबार एक समारोहबीच मुहूर्त गरिएको चलचित्र गर्ल्सको निर्माण शुरू नहुँदै विवाद भएको छ।बलिउड नायिका तथा नेपाली चेली मनिषा कोइरालालाई दौडादौड गर्राई उनको प्रमुख आतिथ्यतामा निर्माण घोषणा गरिएको कार्यक्रमका लागि बाँडिएको निम्तोपत्रमा राखिएको नायिका जेनिसा केसीको अर्धनग्न तस्वीरका कारण यो चलचित्र शुरूमै विवादमा परेको हो। 

नेपाल प्रज्ञा प्रतिष्ठानमा चलचित्रको घोषणा हुँदानहुँदै त्यसकी नायिका जेनिसा केसीले निम्तोपत्रमा छापिएको नग्न ढाड भएको तस्वीरमा अनुहार आफ्नो भए पनि शरीर अरूकै भएको सञ्चारकर्मीलाई बताएपछि विवाद सिर्जना भएको हो।
‘त्यो फोटोमा अनुहार त मेरो हो’ जेनिसाले नेपाल समाचारपत्रसँग कुरा गर्दै भनिन् ‘तर ब्याक साइड मेरो होइन। कुनै इन्डियन मोडलको हो या अरू कसैको हो, मलाई थाहा छैन।’  

उनले सो चलचित्रका निर्माता निर्देशक तथा कलाकार प्रिन्स यादवले आफूसँग आफ्नो नग्न ढाड देखिने फोटो राखेर पोस्टर छाप्न प्रस्ताव राखेको तर आफूले नमानेको बताइन्। ‘मैले त्यस्तो फोटो खिच्न नमानेपछि प्रिन्सले अरू कसैको ढाड राखेर अनुहार जोड्ने कुरा गर्दाचाहिँ मैले हुन्छ भनेकी हुँ,’ जेनिसाले भनिन् ‘तर मेरो अनुहार जोडिएको त्यो फोटो हेरेर मलाई नै डर लाग्यो।’

त्यसो त चलचित्रको सो सनसनीपूर्ण पोस्टर हेरेरै बलिउड नायिका मनिषा कोइरालाले नेपाली चलचित्र नेपाली शैलीकै हुनुपर्ने र बलिउड चलचित्रको नक्कल गर्न नहुने बताइन्।

जेनिसालाई यो चलचित्रमा त्यस्तो ग्रामीण युवतीको भूमिकामा लिइएको थियो, जो शहरको देखासिकी र धन कमाउने लोभमा ब्रि्रन्छे। तर जेनिसाले पोस्टरमा छापिएको तस्वीरलाई लिएर बखेडा झिँकेपछि गर्ल्सको निर्माण पक्षले उनलाई आफ्नो चलचित्रबाट हटाउने योजना बनाएको छ। जेनिसा भने आफू अहिले तीन चलचित्रमा व्यस्त भएकाले त्यस चलचित्रबाट आफूलाई हटाए पनि फरक नपर्ने बताउँछिन्। ‘हुन त अघि भर्खर प्रिन्सले फोन गरेर १५ गतेदेखि सुटिङ गर्नुपर्छ भन्नुभएको छ’ जेनिसाले भनिन् ‘ मसँग समय पनि छैन। नो भने पनि फाइन, तर काम गर भने गरिदिन्छु।’

दिउँसो साँढे एक बजे गर्ने भनिएको कार्यक्रमलाई मनिषाको पोखरा जानका लागि सोमबार एक बजेकै फ्लाइट परेपछि हतार-हतार कार्यक्रम साँढे दस बजेका लागि सारिएको थियो। मनिषाका कारण कार्यक्रम निर्धारित समयबाट अगाडि सारिए पनि उनी नै ढिलो आइपुगेकी थिइन्। सो अवसरमा मनिषाले ट्रेन्ड नेपाल नामक गैरसरकारी संस्थाको उद्घाटनसमेत गरेकी थिइन्। उनले नेपाली चलचित्रले गरेका उन्नतीप्रति खुसी व्यक्त गर्दै गतिलो स्क्रिफ्ट भए नेपाली चलचित्रकै बजेटमा बसेर चलचित्र खेल्न तयार रहेको फेरि पनि दोहोर्याइन्।

One Response

  1. yo ta bhaeko kura ho ni kaso ? naikaa nayak bhandaa dherai urtaulo hunchan hoinara ? yo kura ta ahile ko jawaanamaa kehi hoina ni !!!!!!!!!!!!!!!!!!!!agreement anusaranai ta huncha ni kam kaso ? ahile nepalmaa khule aam obscene haru dekha pardi cha khai kasako dhyaan cha tyasa tarpha hamro samaja hamro saskriti haru birsiera aaja yastaa obscene harulee nepal laai bigareko ta abasya ho kanun chaina aaja ganatantra loktantra bhanchan manchele yo phaidaa uthai raheko cha chor daka hatya ani lut pat apaharna nai rahe cha ta nepal maa gantantra !!!!!!!!!!!!! gaai goru laai swatantra chodi dida baali dekhcha ya ghara dekhacha ke ho usale ta aghaaune kam kasari huncha tyasari jaha taha charcha yahi bhaeko cha aaja ko naya nepal maa ???????????????? prasna haru matra cha desamaa yo ta rajanitiko upaja ho !!!!!!!!!!!!!!dukha ko kura nagarau yaha sabaiko kan ahile thunieka chan neta hos kala bajari sabai ku kam maa byasta chan yo kamaune ra arulaai masne niti le desa maa naramro prabirti aaeko hamile nakarna sakinna???dhanyabaad

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: