साहित्य र पत्रकारिता बारे छोटो चर्चा


मनोज काफ्ले (कुवेत) 

नेपाली पत्रकारिताको विकास साहित्यिक-पत्रकारिताबाट सुरू भएको हो भन्ने अभिमत पनि हामी बीच छ । यस विषयमा थप अनुसन्धानको खाँचो छ । किनभने एक शताब्दीभन्दा लामो इतिहाँस उल्लेख गर्दै नेपाली साहित्यिक-पत्रकारिताको प्रारम्भ वि.सं. १९५५ मा प्रकाशित सुधासागरबाट भएको भनिए पनि त्यसको प्रामाणिक प्रति उपलब्ध छैन । नेपाली साहित्यिक-पत्रकारिताको इतिहाँस र वर्तमान दुवै नै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्वरूप र चरित्रमा प्रवाहित रहेको छ । नेपालीय नेपाली धारासँगै भारतीय नेपालीधाराको समानान्तर प्रवाहमा गतिशील साहित्यिक-पत्रकारिताले नेपाली भाषा, साहित्य र कलाको विकासमा महत्वपूर्ण योगदान दिएको भए पनि राष्ट्रिय सन्दर्भमा नेपाली साहित्यिक-पत्रकारिता र भारतीय नेपाली साहित्यिक-पत्रकारितालाई पृथक-पृथक अस्तित्वमा देख्नुपर्दछ । पत्रकारिता र साहित्यि पत्रकारिताकै एउटा विशिष्ट रूप हो, जसले साहित्यका विविध विधाको अभिवृद्धिका निम्ति स्रष्टाका सिर्जना र द्रष्टाका मूल्याङ्कनलाई संयोजन गरी पाठकहरूमाझ पस्कन्छ । व्यङ्गमय, कला र सङ्गीतका क्षेत्रमा योजनाबद्ध वा स्वस्फूर्त ढङ्गबाट सञ्चालित समग्र गतिविधि, साहित्यिक गोष्ठी, सेमीनारहरू वा सम्मेलन, पत्रपत्रिका सम्पादन-प्रकाशन, व्यवस्थापन, साहित्यका समग्र विधालाई समेटेर तिनीहरूको प्रचार-प्रसार गर्ने, पत्रपत्रिका सञ्चालन गर्ने कार्यसँगै समेटिएर आउने सबै प्रकारका बौद्धिक कामहरूलाई साहित्यिक-पत्रकारिताको वृत्तभित्र राख्ने गरिन्छ । त्यसैले समग्र सांस्कृतिक उन्नतिका लागि व्यङ्गमयका विविध विधामा विभिन्न भाषाको माध्यमबाट अभिव्यक्त हुने सिर्जनात्मक, शोधपूर्ण एवं मूल्याङ्कित लेखनलाई सुव्यवस्थित सम्पादन, प्रकाशन र प्रसारण व्यवस्थाद्वारा परिचालन गर्ने कलालाई साहित्यिक-पत्रकारिता भनिन्छ । नेपाली पत्रकारितामा पनि सूचना पत्रकारितासँगै साहित्यिक-पत्रकारिताको समानान्तर विकास हुँदै आएको छ । दुवैधारालाई एउटै ठान्ने वा मान्ने धारणा उचित देखिँदैन । जहाँसम्म प्रवासमा रहेका नेपालीहरूद्वारा नेपालकै भाषा, साहित्य र समाजको उत्थानका लागि गरिएका प्रयास एवं प्रकाशनहरूको सन्दर्भ छ, त्यसलाई यथोचित गणना र मूल्याङ्कन गर्नु नै उचित हुनेछ । सुन्दरी -१९६३), माधवी -वि.सं. १९६५), चन्द्र -१९७१), जन्मभूमि -१९७९), उदय -१९९३) र युगवाणी -२००४) जस्ता पत्रिका भारतीय नेपालीद्वारा प्रकाशित नभै बनारस प्रवासमा रहेका प्रवासी नेपालीहरूद्वारा प्रकाशित हुन् । प्रारम्भिककालदेखि नै नेपाली साहित्यिक-पत्रकारिता विचारधारात्मक पृथकतामा प्रवृत्तिगत पहिचान निर्माण गरेर हुर्केको छ । खासगरी यथास्थितिवादी र सुधारवादी सोचसँगै आमूल परिवर्तनका निम्ति सामाजिक जागरणलाई टेवा दिने विचार प्रवृत्तिले नेपालको साहित्यिक-पत्रकारितालाई तीन मूल प्रवृत्तिमा हुर्काएको छ । अझ अहिले त परदेशमा रहेर आफ्नो साहित्यलाई सगरमाथामा पुर्‍याउन समेत पछी परेका छैनन् । विभिन्न देशमा रहेर नेपालीले आफ्नो देशको माया र ममतालाई अंगालेर साहित्यको र पत्रकारिताको कलम अझै तिखो पारे साहित्यिक यात्राको बाटो धेरै कसिलो भएर जानेछ भन्ने मलाइ लाग्दछ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: