हिउँसँगै फुसफुसायो खुसी


काठमाडौ, माघ २६ –
सुदूरपश्चिमका पहाडी जिल्लाहरू मंगलबार कतै हिउँले छोपेर सेताम्य भए भने कतै सिमसिम घामपानीले मनमोहक । लामो समयपछि हिउँ फुसफुसाएपछि सर्वसाधारण रमाइरहेका थिए । विद्यार्थीहरू स्कुल छोडेर दिनभर हिउँ खेल्न कुदे भने कृषकहरू गहुँबाली सपि्रने आसमा दंगदास बने । बजार बन्द भएपछि चैनपुर बझाङका व्यवसायी साथीभाइसँग मिलेर घरको न्यानो खोज्दै तास खेल्न र आगो ताप्न व्यस्त देखिन्थे ।

दिपायल सिलगढीमा सिमसिमे वषर्ामा रमाउँदै सडकमा हिँड्नेहरू प्रशस्तै थिए । खुला आकाशबाट लेकाली भेगमा परेको हिउँ हेर्न अधिकांश उत्साही देखिन्थे ।

सत्यवादी उमाविका विद्यार्थी केशव जोशीले हिउँ खेलाउँदै भने, ‘मैले सदरमुकाममा पहिलो पटक यस्तो दृश्य देखेकाले निकै रमाइलो भइरहेको छ ।’ डोटी, अछाम र बझाङमा दिउँसो घामपानी परेपछि मौसम रहरलाग्दो भएको थियो । 

गहुँबाली सपि्रने आसमा कृषकहरू पनि छुट्टै आनन्द लिइरहेका थिए । ‘पानी नपरेर गहुँ सुक्छ भन्ने डर थियो,’ दिपायलका हर्क नेपालीले भने, ‘पानी परेपछि गहुँ सपि्रने भएकाले निकै उत्साह पलाएको छ ।’ बझाङको कालुखेती २ का रामबहादुर धामी हिउँ परेपछि गहुँबाली राम्रो फल्ने भन्दै हिउँसँगै खेलिरहेका भेटिएका थिए ।

हिमपातकै कारण बझाङ चैनपुरलगायत ६ गाविसमा बिजुली अवरुद्ध भएको छ । हिमपातले सुर्मादेवी लघु जलविद्युत प्रभावित भएपछि आपूर्तिमा समस्या आएको हो । असोज तेस्रो साताको वषर्ातले क्षतिग्रस्त डा. केआईसिंह, भीमदत्त र पहलमान सिंह स्वाँर राजमार्ग पनि प्रभावित भएका छन् ।

डोटीमा पर्ने डा. केआईसिंह राजमार्गका केही खण्डमा वषर्ाका कारण पहिरो तथा ढंुगा आएपछि प्रहरीले बाटो सफा गर्नुपरेको थियो । डोटीको उत्तरी क्षेत्रमा पर्ने गाविसहरूमा मंगलबार दिउँसोसम्मै हिउँ परिरहेको थियो । 

डोटी, बझाङ, डडेल्धुरा र अछामलाई छोएर फैलिएको खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा पनि भारी हिमपात भएको छ । करिब पाँच फिट अग्लो हिमपात भएको डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्जको झिग्राना ब्यारेकले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका खरिदार तेजबहादुर महराले छोटो वषर्ामा पनि हिमपात परेको यो घटना लामो समयपछि भएको

बताए । मौसम विज्ञान कार्यालयका अनुसार मंगलबार दिउँसोसम्म ३८.२ मिलिलिटर पानी परेको थियो ।

‘१४ वर्षपछि मैले पहिलोपटक यस्तो बाक्लो हिउँ देखें,’ कैलाशमाडौं गाविस, बझाङका देव सिंहले भने, ‘सदरमुकाम चैन्ापुर पनि यसरी हिउँले छोपिएको देखेर अनौठो लाग्यो

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: