युवा बचाऔँ, देश बनाऔँ


गत महिना नेपाल विधुत् प्राधिकरणले ५ सय ६ निम्न र मध्यमस्तरका कर्मचारीहरूका लागि आवेदन आह्वान गर्दा एक लाखभन्दा धेरै आवेदन परे । यसबाट देशमा युवा बेरोजगारीको अवस्था मात्रै झल्किँदैन, निरन्तर रूपमा द्वन्द्व चलिरहेको पनि बुझ्न सकिन्छ । त्यस्तै सरकारी आँकडा अनुसार छ महिनाको अवधिमा सवा लाख नेपाली युवा रोजगारका लागि विदेशिएका छन् । विश्वका कुनै पनि देशमा भन्दा नेपालका युवाहरूलाई जीवन अगाडि बढाउन ठूलो संघर्ष गर्नु पररिहेको माथिका उदाहरणहरूबाट प्रस्ट छ । यस्तो गम्भीर विषयप्रति यहाँका उच्च प्रशासक, नीति निर्माता र राजनीतिज्ञहरू संवेदनाशून्य अवस्थामा रहनु उदेकलाग्दो कुरा छ ।

निर्वाचनका बेला राजनीतिज्ञहरू गाउँघर तथा सहरका युवाहरूलाई रोजगारमा लगाइदिन्छु भनी परचिालन गर्छन्, भोट माग्छन् । निर्वाचनपछि धेरै उपेक्षित हुँदा पार्टीका नेताहरू जनताबाट तिरस्कृत हुन्छन् । यस्तै कारणले केही अपवादबाहेक धेरैजसो राष्ट्रिय र क्षेत्रीयस्तरका राजनीतिज्ञहरू आफ्नो चुनाव क्षेत्रमा दोस्रो र तेस्रोपटकको निर्वाचन लड्न जाँदा तिनै युवाको आक्रोशको सामना गर्न पुग्छन् र पराजय भोग्छन् । यस्तो चक्रकै कारण नेपालमा नयाँ-नयाँ नेता र नयाँ पार्टी तीव्र गतिमा स्थापित हुने र पुराना पार्टी र तिनका नेताहरू विस्थापित हुने प्रवृत्ति बढेको छ । नेपालको राजनीतिमा प्रजातन्त्र पुनःस्थापनासँगै नेकपा एमालेबाट सुरु भएको घर-घडेरी र सबैलाई रोजगार दिने उधारो आश्वासनलाई यस्तो हुनुको प्रमुख कारण मानिन्छ । राजनीतिक परविर्तन जस्तै जनतालाई रातारात वैभव र सम्पन्नताको सपना बाँडेर भोटको राजनीति गर्ने चलन नेपालमा एमालेबाटै सुरु भएको हो । प्रजातन्त्र पुनःस्थापनासँगै २० वर्ष अगाडि सुरु भएको राजनीतिक कुसंस्कारकोे पृष्ठभूमिमा माओवादीले आफ्नो राजनीतिक जग खडा गरेको हो ।

नेपालमा कृषि क्षेत्रबाट ठूलो संख्यामा बचत भएको ग्रामीण युवा समुदायको गतिविधिले नेपाली समाजको राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा तीव्र दबाब छ । नेपालका सहरहरूमा मात्र होइन, समुद्रपारसिम्म यो समूहको चलखेलले राजनीतिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा स्थापित पुराना मान्यताहरूलाई चुनौती थपिदिएको छ । किनभने, युवाहरू उत्पादनशील क्षेत्रमा प्रयोग नहुँदा अस्िथरताको कारक हुन जान्छन् ।

युवा बेरोजगारीको अवस्थालाई देशमा अस्िथरताका लागि एटमबम भन्दा पनि खतरा मानिन्छ । त्यस्तो अवस्थामा देशको आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक स्िथरताको खोजी गर्नु असम्भव भनी समाजशास्त्रीहरू भन्ने गर्छन् । मध्यपूर्व र मलेसिया जाने युवाहरू र प्राधिकरणमा रोजगारको अवसर खोज्ने युवाहरूको वर्ग चरत्रि समान छ । विदेशिने र प्राधिकरणमा रोजगारको अवसर खोज्ने प्रक्रियामा सरल र सोझा युवाहरूबाट राज्यले प्रत्यक्ष-अप्रत्यक्ष करोडौँ-अर्बौं आम्दानी गर्छ । तर, त्यस क्रममा राज्यबाट गरनिे व्यवहार र उपेक्षाबाट लाखौँ युवाहरू आक्रोशित हुन जान्छन् । यसको सानो उदाहरण घन्टौँ केन्द्रीय प्रहरी कार्यालयबाहिरको भीडमा उभिएका युवाहरूको मानसिकताबाट बुझ्न सक्नुपर्छ । यस्तै राज्यसँग आक्रोशको प्रतिनिधि पात्रसँग पंक्तिकारको साक्षात्कारलाई यहाँ उल्लेख गर्नु सान्दर्भिक होला ।

 

द्वन्द्वको प्रतिनिधि पात्र

२२ वर्षे ओम राजवंशी मोरङको बुधनगर गाविस-३ बाट एक वर्षअगाडि रोजगारको खोजीमा काठमाडौँ आए । काठमाडौँ नयाँ बानेश्वरमा गाउँले साथीहरूले चलाएको काठको कारखाना उनको आश्रयस्थल भएको छ । सम्पत्तिको नाममा उनीसँग पैतृक अंशबन्डाबाट पाएको गाउँको एक कट्ठा जग्गा छ, जसको मूल्य १० हजार रुपियाँ पनि छैन । त्यहाँ पनि उनले विवाह गर्ने उमेरकी बहिनी छाडी आएका छन् । काठमाडौँको पुसको जाडोमा राती अबेरसम्म बसेर उनले खरपिाटीस्िथत विद्युत् प्राधिकरणमा आदिवासीको कोटामा जागिरको आवेदन दिए । नेपालको असंवेदनशील कर्मचारीतन्त्रले शून्य आयका बेरोजगारलाई खरपिाटीको खुला चौरमा पुर्‍याउँदा त्यहाँ भोगेको दुर्दशाको बयान यतिखेर ओम राजवंशी यत्रतत्र सुनाउँदै हिँड्न बाध्य छन् । पंक्तिबद्ध भएर घन्टौँ लाइनमा बस्ने हजारौँ युवाहरूबीच उनले देशको राजनीतिको कुरा सुने अनि कहिल्यै सर्वसाधारणप्रति संवेदनशील हुन नसक्ने कर्मचारी-तन्त्रको कुरा बुझे । त्यहाँ कैयन् युवाहरूलाई नयाँ राजनीतिक धारमा लाग्न आग्रह गरएिको पनि उनले देखे । सबै बेरोजगार युवाहरूले यो राज्यबाट न्याय हुँदैन भनेको सुन्दा उनी तीनछक्क परी मध्यरातमा पैदल डेरा फर्किए । विचरा ओम राजवंशीले विश्वब्यांकले हालसालै ‘गरबिको सम्पत्तिमा वृद्धि गर अनि मात्र गरबिी हट्छ’ भनी नेपाल सरकारलाई दिएको सुझावबारे सुन्न त परै जाओस्, अंग्रेजीमा लेखिएका यस्ता ठेली उनले देखेकासम्म पनि छैनन् ।

ओम राजवंशीजस्तै कामकै खोजीमा भारत पस्ने फाटेको टोपी लगाएका नेपालीहरूको झुन्ड देख्दा आजभन्दा ७० वर्षअगाडि कृष्णप्रसाद कोइरालाले तत्कालीन राणाशासक चन्द्रशमशेरविरुद्ध विद्रोह गरेका थिए । आज पनि नेपाल र नेपालीकोे मूल मुद्दा कृष्णप्रसाद कोइरालाले उठाएको ठाउँबाट रत्तिभर अगाडि बढ्न सकेको देखिँदैन । सात दशकअगाडि राज्यको विभेदपूर्ण व्यवहारका विरुद्ध उठेको विद्रोह विभिन्न रूप र रङमा अद्यापि कायम छ । यस अवधिमा विभिन्न शासन र शासकहरू आए पनि नेपाल राज्यको वर्ग चरत्रि फेरएिन । त्यही नफेरएिकै कारण अहिले नेपालमा विभिन्न जातीय राष्ट्र निर्माणको दबाब आएको हो । किनभने, इतिहासको गति नेपालमा मात्र पृथक् मार्गमा हिँड्न सम्भव छैन । अहिलेको युग पहिचान, अधिकार र अवसरमा सबैको समान पहुँच हुनुपर्छ भन्ने मान्यतामा हिँडेको छ ।

द्वन्द्वको अन्तर्राष्ट्रिय सोच

सन् २००९ हामीबाट भर्खरै बिदा भएको छ । यस क्रममा स्वीडेनको राजधानी स्टकहोमस्िथत अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान निकायले विश्वव्यापी रूपमा सुरक्षा, स्िथरता र शान्ति संकटमा परेको घोषणा गरेको छ । अन्तर्राष्ट्रिय द्वन्द्वलाई नजिकबाट नियालेका डेबिड कोट्रेले यतिखेर ८३ देशमा घटित आन्तरकि द्वन्द्वको अवस्थालाई मानव सभ्यतामा आएको गम्भीर संकट र अवसर दुवै मानेका छन् । पहिचान, अवसर र अधिकारका लागि देशभित्रका विभिन्न जाति र समूहहरूबीच युद्ध चलेको उनको ठहर छ । कोट्रे यतिखेर विश्वव्यापी रूपमा युद्धको उद्देश्य र रूप फेरएिको मान्छन् । उनको मत छ, “राजनीतिले अल्पतन्त्रबाट लोकतन्त्रमा प्रवेश गरेको छ, समाज मध्ययुगीन असभ्यताबाट नागरकि सर्वोच्चतामा पुगेको अवस्था छ, विचारहरू अन्धविश्वासबाट वैज्ञानिक मान्यतामा आधारति भएका छन् अनि सम्पत्तिको आकांक्षा राजा र भारदारहरूबाट सामान्य नागरकिसम्म पुगेको छ ।” अर्थात्, थोरैलाई सबै कुरा पुग्दा धेरैले चित्त बुझाउने विगतको संस्कार र सभ्यताको अन्त्य भएको छ । तसर्थ, अचेल अन्तर्राष्ट्रिय सीमापार गरेर दुई भिन्न सैनिकका बीच युद्ध हुने चलन दुर्लभ हुँदै गएको छ । त्यसको ठाउँमा एउटै राजनीतिक भूगोलभित्र जनआन्दोलन, गुरल्िला युद्ध, जनविद्रोह र आतंकवादले ठाउँ पाएको छ । नेपाल अहिले त्यही अन्तर्राष्ट्रिय युग परविर्तनको प्रभावको हिस्सा भएको छ । यहाँ थोरैले सबै कुरा ठीक छ भनी अमनचैन खोजिरहँदा ठूलो संख्याले केही ठीक छैन भन्ने असन्तुष्टि विभिन्न ढंगबाट संगठित रूपमा उठाइरहेका छन्, जसलाई चलनचल्तीको भाषामा द्वन्द्व भन्ने गरन्िछ ।

बितेको ७० वर्षमा विश्वमा धेरै हलचल, उथलपुथल र गठन-विघटन भएका छन् । सबैको प्रभाव नेपाली समाजमा ढिलो-चाँडो परेको यथार्थ हाम्रासामु छ । शीतयुद्धको समय वैचारकि श्रेष्ठताका नाममा हुने दुई शक्ति राष्ट्रको छाया-युद्धको प्रभाव पनि नेपालमा नपरेको होइन । ‘८० को दशकको अन्त्यबाट सुरु भएको लोकतन्त्रको विश्वव्यापी प्रभावबाट पनि नेपाल अछूतो रहेन । आर्थिक उदारीकरणदेखि जलवायु परविर्तनजस्ता मुद्दाहरू पनि नेपाल सरकारका प्राथमिकतामा पररिहेका छन् । तर, ओम राजवंशीजस्ता युवाहरू नेपाल सरकारको प्राथमिकतामा कहिल्यै परेनन् । अनि, यतिखेर डेबिड कोट्रेले भनेझैँ राज्यलाई प्रयोग गरी सीमित व्यक्ति र समूहले लिँदै आएको सुख, सुविधा र सम्पन्नताका विरुद्ध नेपालसहितका कैयन् एसियाली र अपि|mकी मुलुक आन्तरकि द्वन्द्वको चपेटामा परेका छन् । नेपालमा राणाहरूविरुद्ध भएको ००७ सालको क्रान्ति, ०४६ सालमा भएको जनआन्दोलन, ०५२ बाट सुरु भएको सशस्त्र संघर्ष र ०६२/६३ को गणतान्त्रिक आन्दोलनले क्रमशः राजनीतिक उद्देश्यहरू फेरेको देखिन्छ । अर्थात्, राज्यमाथिको पहुँच, अधिकार र अवसरलाई दावा गर्ने समूह, जाति र वर्गको व्यापक विस्तार भएको छ र त्यसमा युवाहरूको हिस्सेदारी महत्त्वपूर्ण छ ।

नेपालको द्वन्द्व र सरकार

भर्खरै विश्वभर िसरकार र नागरकिबीचको सम्बन्धलाई लिएर पश्चिमा अनुसन्धान समूहले एउटा सर्वेक्षण गरेको थियो । सर्वेक्षण परण्िााम अनुसार चीन अमेरकिालाई उछिन्दै एक नम्बरको देश भयो, जहाँका ८३ प्रतिशत जनताले आफ्नो र सन्ततिको भविष्य आफ्ना नेता र आफ्नै देशप्रति भएको विश्वास व्यक्त गरेको पाइयो । चीनका जनताले आफ्नो देश र नेतृत्वप्रति देखाएको भरोसा त्यहाँको नेतृत्वले देखाएको करश्िमाको परण्िााम हो । चीनले एउटै पुस्तामा गरबिीको अन्त्य गर्दै विश्वलाई शक्तिशाली मानवतावादको सन्देश प्रवाह गर्न सफल भएको छ । मानव इतिहासमै चीनमा जति छोटो समयमा गरबिी उन्मूलन कहिल्यै भएन । चीनमा देश र नेताप्रति जनताको भरोसा र विश्वास देखिएझैँ अहिले भारतमा राहुल गान्धीमाथि भारतीय जनताले विश्वास र भरोसा देखाउन थालेका छन् । भारतीय राष्ट्रिय कांग्रेसलाई पुरानो गौरवशाली स्थानमा ल्याउन उनले युवाहरूलाई राजनीतिमा आउन आह्वान मात्र गरेका छैनन्, अवसरहरू पनि उपलब्ध गराएका छन् । यस अर्थमा चीन र भारत युवाहरूको ऊर्जाबाट महाशक्ति राष्ट्र बन्नेतर्फ अग्रसर भएका छन् । हाम्रा राजनीतिक दलहरूले चीन र भारतको बदलिँदो तस्िबरबाट शिक्षा लिएको देखिँदैन । परण्िााम, यहाँ राज्य सञ्चालनमा बस्नेहरूले नै देश र आफूमाथि विश्वास नभएर आफ्ना सन्ततिको भविष्य सपार्न विदेशमा पढ्न र रोजगार गर्न पठाउने प्रवृत्ति बढेको छ ।

युवाहरूलाई राष्ट्र निर्माणका लागि वर्तमानको अवसरबाट वञ्चित गरी भविष्यको कर्णधार भन्ने पुरानो मानसिकतालाई चुनौती दिने कार्य युवाहरूको राजनीतिक संगठनसामु आएको छ । भर्खरै एक जना राजनीतिक विश्लेषकले नेपाली कांग्रेसको पुनःजीवन पार्टी नेतृत्वको युवाकरणबाट मात्र सम्भव छ भन्ने टिप्पणी गरेका छन् । वास्तवमा यो मुलुकको बन्दी भविष्य युवाहरूले स्वतन्त्रता प्राप्त गरेको दिन मात्र मुक्त हुन सम्भव छ । ५० वर्षअगाडि ४६ वर्षमा प्रधानमन्त्री हुँदा बीपी कोइरालाले सही अर्थमा देशलाई युवा ऊर्जाले अगाडि बढाएका थिए, त्यसपछि युवा र राज्यबीच टुटेको सम्बन्ध अझै जोडिएको छैन ।

समय फेरएिको छ, समस्या पनि फरक छन् । २१आँै शताब्दीको प्रारम्भमा आइपुग्दा मानव सभ्यताले समृद्धिको पहाड खडा गरेको छ । नेपालमा पनि समृद्धशाली र वैभवशाली समूहको कमी छैन । भर्खरै यहाँ प्रतिवर्ष एक करोड रुपियाँ कमाउनेहरूको लामो सूची छापाहरूमा आएका थिए । त्यस्तै आधा नेपालको जनसंख्या प्रतिदिन एक डलरभन्दा कमको आयमा चित्त बुझाउन बाध्य रहेको सरकारी आँकडा छ । अवसरबाट वञ्चित ठूलो समूहले अवसरको थुप्रोमा बसेको सानो समूहको रजाइँलाई टुलुटुलु हेरेर मात्र बस्न सक्दैन । आर्थिक असमानताको डरलाग्दो स्वरूपले उही स्तरको हिंसा र अस्िथरता समाजमा सिर्जना गर्छ भन्ने ठहर अर्थशास्त्रमा नोबेल पुरस्कार पाएका अमत्र्य सेनको छ । सात दशकअघि तत्कालीन राणा शासकलाई यही कुरा बुझाउने प्रयत्न कृष्णप्रसाद कोइरालाले गरेका थिए । तर, राजधानी काठमाडाँै केन्दि्रत सत्ताबाट कोइरालाका विचारहरू सम्बोधन भएनन् । उनले उठाएको युवा बेरोजगारीको मुद्दा अझैसम्म उस्तै छ । रोजगारको खोजीमा भारत, बर्मा र आसाम जाने नेपालीहरू यतिखेर मध्यपूर्व र मलेसियासम्म पुगिरहेका छन् । विद्युत् प्राधिकरणको विज्ञापनले युवा बेरोजगारलाई उचित व्यवस्थापन गरेर मात्र नेपालको अस्िथर र अराजक राजनीतिको निकास सम्भव छ भन्ने सन्देश प्रवाह गरेको छ । खरपिाटीमा पंक्तिबद्ध युवा र जनविद्रोहमा संलग्न भई क्यान्टोनमेन्टमा बसिरहेका युवाबीच खास फरक छैन । दुवैबीच ‘हात्ती बलियो कि हात्ती छाप चप्पल बलियो भन्दा उस्तै-उस्तै हो’ भनेझैँ बुझ्नुपर्छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: