• nepalkuwait.com




  • photos

  • Advertise Here

उत्पीडित समाज पोर्तुगल द्वारा संबिधान निर्माण समयमा नै हुनु पर्ने माग


दुई वटा आर्थिक भौतिक रुपले शक्तिशाली  राष्ट्र हरुको बिचमा रहेको हाम्रो आर्थिक र सामाजिक रुपले पिछाडीएको  सानो विकास उन्मुख राष्ट्र नेपाल हामी जाहाँ भए पनि जाहाँ गए पनि हामी नेपाली हौ  र हाम्रो नेपाल भन्दा गौरब लाग्छ विश्वको सबै भन्दा अग्लो सगरमाथाले झन् हामीलाई शिर उच्चा बनाई राखेको छ यस्तो देश नेपाल परापुर्ब  काल देखि लिच्छीबी, मल्ल, राणा काल देखि शाही शासन ले दमन र पिठा खपी रहेका हामी नेपाली शान्ति चाहन्छौ र नेपाल लोकतान्त्रिक  गणतान्तिक मुलुकको परिधिमा रहेर बाच्न चाहन्छौ नेपालमा लोकतान्त्रिक गणतन्त्र प्राप्त भयको पनि धेरै समय बिती सकेको छ तापनि नेपालमा संबिधान सभाको चुनाब हामी नेपालीले उपयोग गरि संबिधान लेखन बाताबरण बनिसकेपछि पनि नेपालको राजनैतिक अबस्थाले गर्दा र देशको भागढोर कस्को पोल्टामा पार्ने भन्ने दाउपेचमा भिबिन्न राजनैतिक शक्तिहरुको हानथाप जस्ता चल खेलले गर्दा नेपालमा संबिधान समयमा नबन्ने डर जनमानसमा भएको हामीले महसुस गरेका छौ संबिधान लेखत कार्य करिब नजिकिदै जादा पनि अझै यी राजनैतिक शक्तिहरुले जनताको भाबना र मर्म बुझ्न सकिरहेको छैनन भने संबिधान सभाले जनआन्दोलन भाग २ को भूमिका र गरिमालाई आत्मासाथ गर्दै अरु सबै देशको कामलाई छाडेर कुर्शीको हानथाप र नेतृत्व कस्ले गर्ने भने कुरालाई बिर्सेर संबिधान निर्माणमा केन्द्रित हुनुपर्ने र जनतामा आर्थिक सामाजिक रुपान्तर सहित जनतालाई अधिकार सम्पन्न  गराउनका लागि आगामी १४ जेस्ठ  २०६७ मा संबिधान जारि गर्नुपर्ने दिन हाम्रो मुख्य पर्खाई हो तर यिनै राजनैतिक दल हरुको चल खेलले गर्दा उक्त समयमा  संबिधान नबन्ला कि भन्ने प्रश्न सबैको मनमा उब्जिएको छ तेस्मा पनि नया संबिधान दूवरा नेपालको ३५% दलित उत्पिडित वर्ग सदियौ देखी दमन को शिकार बनेका हाल आएर नेपालमा गणतन्त्र प्राप्ति पछि केहि उन्मुक्ति पर्याप्त गरि राखेको छ तेसैले गणतन्त्र दूवरा प्राप्त संबिधान सभामा पनि केहि प्रतिशत उत्पिडित वर्ग लाई अगाडी ल्याउने कोशिस गरि राखेको छ भन्ने अब निर्माणधिन संबिधानमा उत्पिडित वर्ग लाई सर्बभौम बनाई कुनै पनि सामाजिक विभेदका क्रियाकालाप लाई पूर्णरुपले अन्त्य बनाउने छ र आर्थिक रुपले पनि सम्पन्न पार्ने छ भन्ने आशामा रहेको यो वर्ग संबिधान नै नबनाई सबै राजनीतिक दलहरु संबिधान निर्माण कार्यमा भन्दा पनि सरकार बनाउन र लडाउने खेलमा केन्द्रित हुनु दूखिद भयका छौ आम उत्पिडित महिला जनजाती हिमाली तराईबसी जनताको भाबना बिपरित भयकोले विभिन्न संघ सस्था हरुले दबाब मुलक कार्य गर्दै आउनु जरुरि थियो र दबाब मुलक कार्य गरि राखेकोमा हाम्रो यस पोर्तुगलमा रहेको एक बिशुद स्वतन्त्र सामाजिक सस्था नेपाल उत्पीडित जातीय समाज पोर्तुगलले पनि नागरिक दबाब को निम्ति हर किसिमको सहयोक गरि संबिधान समयमा बनाउनु पर्नेमा माग सहित एय्केबद्ता जनाउदै यो प्रेस बिज्ञप्ति जारी गर्दछौ ा

अध्यक्ष

सक बहादुर परियार 

टिप्पणी छोड्नुहोस्