संविधान बन्नुअघि सेना समायोजन अमान्य


शुक्रबार भैरहवामा राष्ट्रिय औधोगिक व्यापार मेला तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उहाँले सेना समायोजन र संविधान निर्माण अभिन्न अङ्ग भएकाले सँगसँगै हुनुपर्ने दोहोर्‍याउनुभयो । ‘क्यान्टोन्मेन्ट खाली गरेर संविधान जारी गर्ने भनाइभित्र ठूलो षडयन्त्र छ, हामी त्यो कदापी मान्ने छैन् प्रचण्डले भन्नुभयो- साँच्चै संविधान बनाउने हो भने सेना समायोजनलाई संविधान लेखन प्रक्रियासँगै एकसाथ लैजानुपर्छ ।

दलहरूमा इच्छाशक्ति हुने हो भने जेठ १४ भित्र संविधान जारी गर्न र सेना समायोजन गर्न सकिन्छ भन्दै प्रचण्डले दुई विषयलाई अलग गरेर अघि बढ्न खोजे दुर्भाग्य निम्तिने चेतावनी दिनुभयो । जेठ १४ मा संविधान जारी गर्न नसके दलहरूको सहमतिमा समय थपेर भए पनि जनताले अपेक्षा गरे अनुरूपको संविधान दिनुपर्ने प्रचण्डको भनाइ थियो । उहांँले भन्नुभयो- “हिजो संविधानसभा नै नचाहने तत्वहरू आज जेठ १४ मा संविधान बनेन भने आकाशै खस्छ र धर्ती नै भासिन्छ जस्तो गरेर जनतालाई आतङ्कित गराइरहेका छन् तर त्यस्तो केही हुँदैन, आत्तिइहाल्नुपर्ने अवस्था छैन, कुनै न कुनै विकल्प खोज्नुपर्छ ।”

दलहरूको ध्यान समयमै संविधान बनाउनेमा केन्दि्रत हुनुपर्नेमा जोड दिँदै प्रचण्डले कोसिस गर्दागर्दै हुन सकेन भने विकल्पहीन बस्न नहुने धारणा राख्नुभयो । संविधान निर्माण र शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनुको विकल्प नभएको भन्दै उहाँंले अहिले माओवादीको मुख्य ध्यान यसैमा रहेको स्पष्ट पार्नुभयो ।

राष्ट्रिय स्वाधीनता र नागरिक सर्वोच्चतालाई छाडेर माओवादी जसरी पनि सत्तामा जाने पक्षमा नरहेको दाबी गर्दै उहाँले माओवादी सत्तालोलुप भयो भनेर गलत प्रचार भइरहेको बताउनुभयो । माओवादी सत्तालोलुप भएको भन्नेहरूलाई पुष्टि गर्न चुनौती दिँदै उहाँले कसैले पुष्टि गर्न नसक्ने दाबी गर्नुभयो ।

सबैभन्दा ठूलो दललाई एक्लाएर सरकारबाट बाहिर राख्नुले नै राजनीतिक गतिरोध सुरु भएको भन्दै जारी राजनीतिक गतिरोध उच्चस्तरीय संयन्त्रबाटै समाधान हुने विश्वास पनि प्रचण्डले व्यक्त गर्नुभयो ।

आर्थिक क्रान्ति र औद्योगिक विकासका लागि राष्ट्रिय स्वाधीनता र नागरिक सर्वोच्चता अपरिहार्य भएको भन्दै प्रचण्डले त्यसका लागि साथ दिन उद्योगी, व्यवसायीलाई आग्रह गर्नुभयो । नेपालको समृद्धिको आधार बुद्ध जन्मस्थल लुम्बिनी हुनसक्ने तर यसलाई विदेशमा अझै चिनाउन नसकिएको प्रचण्डले बताउनुभयो ।

मेला उद्घाटन कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनका केन्द्रीय अध्यक्ष कृष्ण आचार्य, रूपन्देही अध्यक्ष मनिषकुमार जोशी, सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष महेन्द्रकुमार श्रेष्ठ, रूपन्देही उद्योग सङ्घका अध्यक्ष एजाज आलम, रूपन्देही व्यापार सङ्घका उपाध्यक्ष श्रीकृष्ण पोखरेललगायतले बढ्दो लोडसेडिङ, चन्दा आतङ्क, बन्द, हडताल, स्पष्ट औद्योगिक नीति, नयाँ औद्योगिक क्षेत्रको अभाव जस्ता समस्याले गणतन्त्र स्थापनापछि पनि उद्योगी, व्यवसायीहरूले राहतको महसुस गर्न नसकेको गुनासो गरे । उनीहरूले दलहरूले आर्थिक मुद्दालाई प्राथमिकतामा नराख्दासम्म राजनीतिक परिवर्तनको मात्रै अर्थ नहुने धारणा राखे ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: