जमिम शाह हत्या’bout भारतीय मिडियाको प्रतिक्रिया


   भारतीय सञ्चार माध्यमहरूले त्यहाँको सरकारी स्रोतको हवाला दिँदै जमिम शाहको सम्बन्ध पाकिस्तानी जासुसी संस्था आईएसआई र भूमिगत गिरोह (अन्डरवल्र्ड) का नाइके दाउद इब्राहिमजस्ता भारतविरोधी शक्तिहरूसँग भएको दाबी गरेका छन् । भारतीय सरकारी समाचार सेवा पीटीआईले नेपालमा केबुल टिभी थाल्ने तथा सञ्चार क्षेत्रका प्रमुख व्यक्तिका रूपमा शाहलाई चिनाउँदै उनको सम्बन्ध इब्राहिम र छोटा राजनजस्ता भूमिगत गिरोहहरूसँग भएको उल्लेख गरेको छ ।

त्यस्तै टाइम्स अफ इन्डियाले आफ्नो वेबसाइटमा शाहले कुनै बेला भारतविरुद्ध प्रपोगान्डा फैलाउने स्पेसटाइम पत्रिका चलाएको उल्लेख गरेको छ । दाउदसँग सम्बन्ध भएको दाबी गर्दै भारतले नेपालसमक्ष शाहको स्पेसटाइम नेटवर्कको सम्पत्ति निष्क्रिय तुल्याउन सन् २००४ मा अनुरोध गरेको पनि पत्रिकाले वेबसाइटमा उल्लेख गरेको छ । ‘शाहको सम्बन्ध आईएसआईसँग भएको विश्वास गरिन्थ्यो,’ पत्रिकाले लेखेको छ, ‘तर उनले दुवै आरोपलाई कडारूपमा अस्वीकार गरेका थिए ।’

शाहको हत्या पूर्वमन्त्री सलिम मियाँ अन्सारीका छोरा युनुस अन्सारीको गिरफ्तारीपछि भएको उल्लेख गर्दै पत्रिकाले भनेको छ, ‘कराँचीबाट सञ्चालित नक्कली भारतीय मुद्रा फैलाउने गिरोहलाई नेपाल प्रहरीले भन्डाफोर गरेपछि अन्सारी हालै पक्राउ परेका थिए,’ पत्रिका लेख्छ, ‘अन्सारी अहिले जेलमा छन् ।’

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: