सेनाबाट अझै गणतन्त्रलाई खतराः भट्टराई


                                    माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले नेपाली सेनाबाट अझै पनि लोकतान्त्रिक गणतन्त्रलाई खतरा रहेको दावी गरेका छन् । उनले शनिबार यहाँ एक कार्यक्रममा भने, ‘सेनालाई जननिर्वाचित सरकारको माताहातमा ल्याउनु पर्छ ।

‘नेपाली सेनाबाट लोकतन्त्रिक गणतन्त्रलाई अझै खतरा छ’ उनले भने । साथै १८ बर्ष पुगेका सबै नेपालीलाई अनिबार्य सैन्य तलिम दिने सुरक्षा नीति नयाँ संविधानमा उल्लेख गर्नुपर्नेसमेत उनले बताए ।

उनले राजनैतिक सुन्यताको अबस्था सृजना गरेर सैनिक शासन लगाउने षडयन्त्रमा सरकार लागि रहेको पनि आरोप लगाए । उनले विदेशी प्रतिक्रियावादी शक्तिहरुको इशारामा शान्ति प्रक्रिया र संविधान निर्माण कार्य बीचमै तुहाएर त्यसको दोष माओवादीको टाउकोेमा लगाउने खेलमा भइरहेको दावी गरे ।

राष्ट्रपतिलाई अघि सारेर वर्तमान सरकारले देशमा सैनिक शासन लगाउने षडयन्त्र गरिरहेको उनको भनाइ थियो । ‘संक्रमणकालिन अवस्था आडमा सरकारले देशमा सैनिक शासन लाद्ने षडयन्त्र गरिरहेको छ’ उनले भने, ‘सरकारको कुनै पनि जनविरोधी षडयन्त्रलाई सफल हुन दिनौं, त्यस्तो भए नेपाली जनताले प्रतिकार गरेर असफल बनाउने छन् ।’

उनले जारी शान्ति प्रक्रिया र संविधान निर्माणप्रति आफूहरु पूर्णरुपमा ईमानदार रहेको उल्लेख गरे । साथै नयाँ नेपाल निर्माणका खातिर दलहरुले आपसी कलह त्यागेर एकजुट हुुनुपर्नेमा जोड दिए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: