माउन्ट एभरेष्ट क्ल्बले एम.बि. बम्जन गोल्ड कपको भव्यताका साथ सुरुआत गर्‍यो


        अर्जुन उदासी बस्नेत

आम्घरा कुवैत ०५ फेब्रुअरी 
 माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले प्रत्येकबर्ष झै, यस पटक पनि एम.बि. बम्जन गोल्ड कप टुर्नामेन्टको औपचारिक रुपमा एक समारोहका बीच  भव्यताका साथ  सुरुआत भयो। माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्ल्बका अध्यक्ष किरण पौडयालको अध्यक्षता र नेपाली राजादुतावास कुवैतका सचिव पुष्पराज भट्टराईको प्रमुख आतिथ्यतामा उधघाटन गरिएको ,सो समारोहमा एम. बि. बम्जन गोल्ड कपका संस्थापक राजेन्द्र तमाङ तथा उहाँकी धर्मपत्नी लगायत कुवैतका विभिन्न संघसंस्थका पदाधिकारीहरुलाई पत्रकारहरुलाई समेत अतिथिको आसन ग्रहण गराईएको थियो । बिहान देखिनै नेपालीहरुको चहल पहलले भरिदै गएको अम्घारा फुटबल मैदानमा नेपालको राष्ट्रिय झन्डा कुवैतको राष्ट्रिय झन्डा र क्ल्बको झण्डाले उक्त् खेल मैदान सोभायमान देखिन्थ्यो। अतिथीहरुको सत्कारको निम्ति टेण्ट बनाइएको थियो भने चिया खाजाको पनि राम्रो प्रबन्ध गरिएको थियो । टुर्नामेन्ट्को औपचारिक उधघाटन गर्दै क्ल्बका उपाध्यक्ष धर्मराज गिरीले स्वागत मन्तव्य दिनुहुँदै, अक्टुबर सन् २००२ देखि स्थापना भएको एम.बि. बम्जन गोल्ड कप आज देखी माउन्ट एभरेष्ट एम. बि. बम्जन गोल्ड कप भएको घोषणा गर्दै खेलाडीहरुलाई हौसला दिंदै अनुशासित भएर खेल्न अनुरोध समेत गर्नु भयो । अतिथिको आशनबाट बोल्दै राजादुतावासका सचिव पुष्पराज भट्टराईले मरुभूमिमा नेपाली समाजको ,खेलप्रेमीहरुको र खेलाडीहरुको जोश र जागरको प्रशंशा गर्दै , राजदुतावासको बारेमा सामान्य जानकारी गराउदै औपचारिक रुपमा आधिकारिकताका लागि भने अरु केही समय लाग्ने भएको हुँदा थोरै समय धैर्य धारण गर्न सबै समुदायहरुलाई आग्रह गर्नु भयो । मन्तव्यकै क्रममा एम. बि. बम्जन टुर्नामेन्टका संस्थापक राजेन्द्र तमाङले गोल्डकप क्लवलाई हस्तान्त्रण गरे पनि आफुले निरन्तर सहयोग गरि रहने प्रतिवद्धता गर्नु भयो । खेलाडीहरुलाई अनुशासित भएर खेल्न आग्रह गर्दै बिगतमा भएका कमि-कमजोरीहरुलाई भुल्दै र सुधारदै लैजान अनुरोध गर्नु भयो । दर्शकहरुले टम्म भएको खेल मैदानमा अल्घानिम ,सुनौलो बिहानी, के पि टि सि , स्विडिस र वएल अल नुसिफ गरी ४ टिम लाई सहभागीता गराइएको थियो । उक्त टुर्नामेन्टको पहिलो खेल सुनौलो बिहानी र वएल अल नुसिफ बीच भएको थियो । समयमा नै शुरु गरिएको सो खेलमा दुबै टिमले राम्रो प्रर्दशन गरेका थिए । खेलको पहिलो हाफको अन्तिम तिर सुनौलो बिहानी ले १ गोल गरेको थियो भने खेलको दोश्रो हाफको शुरु तिर नै अर्को गोल थप्दै जितको लागि बलियो हुँदै रक्षात्मक खेल खेल्न थाल्यो खेल समयको अन्तिम तिर वएल अल नुसिफ ले १ गोल फर्कायो तर २ गोल गरेर बलियो भएको सुनौलो बिहानीले निर्धारित समयमा खेल पुरा गर्दै २ -१ ले खेल जित्दै सेमी फाइनल तिरको बाटो खोल्यो । टुर्नामेन्ट कै अर्को खेल अल्घानिम र स्विडिस बीच भयो गत बर्षका बिजेता र उप बिजेता तिनीहरुको खेल धेरै रोचक देखिएको थियो । मैदानमा धेरै आक्रमक रुपमा उत्रिएको अल्घानिम टिमले खेलको पहिलो हाफको मध्ये तिर १ गोल गर्दै अग्रता लिएको थियो भने दोश्रो हाफमा स्विडिसलाई पुरै नियन्त्रणमा राख्दै अरु २ गोल गर्दै ० को विरुद्ध ३ गोल अन्तरले आफ्नो पोल्टामा पार्न अल्घानिम सफल भयो । क्ल्बका उपाध्यक्ष धर्मराज गिरीका अनुसार विगतका दिनहरुको भन्दा अहिले खेलाडीहरुमा प्रशस्त अनुशासन भरिएको देखियो सोही कारण खेल निष्पक्ष र धाँधली रहित शान्त वातवरणमा सम्पन्न भएको र आगामी १२ फेब्रुअरीमा  हुने खेलहरु अल-अमना र बिग थ्री तथा जासिम र ट्रस्ट टिमहरु बीच हुने जानकारी दिनु भएको भयो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: