गोर्खाकी छोरी पिंकी प्रधानलाई अमेरिकामा फेलोसिप


                  गान्तोक, 27 अगस्तः(हिस) गुवाहटी असममा जन्मेकी एउटी गोर्खाकी छोरी पिंकी प्रधानले वासिंगटन् डीसीमा वर्ष 2009-2010 को फेलोसिप पाउनु सफल बनेर गोर्खाहरुलाई गौरवान्वित तुल्याएकी छिन्।दिल्लीमा इण्डियन् इन्ट्स्टियुट अफ मास कम्युनिकेसन् स्तानकोत्तर पहिलेबाटै गरिसिद्धाएर उनले हालमा ड्रग र अपराधबारे संयुक्त राष्ट्रमण्डलीको कार्यालय युएन्ओडीसीमा परामर्श अधिकारीको रुपमा सेवा पु-यारहेकी छिन्।पिंकीले उत्तरपूर्वीय राज्यहरू लगायत भारतका कतिपय राज्यरूमा ड्रग नियन्त्रण साथै मिडियामा सही रिपोर्टिङ गर्ने बारे आफ्नो तहबाट योगदान दिइसकेकी छिन्। उनी धेरैवटा संस्थाहरूसित पनि संलग्न छिन्।उनको कतिपय अनुभव र कार्य एवं सेवाहरूबारे अलग्गै लेख तयार हुनुसक्छ।उनले निर्भीक लेखहरू राष्ट्रीय माध्यम सहित सिक्किमको स्नोलाइन अंगेरीमा समेत योगदान स्वरुप प्रकाश गरिसकेकी छिन्। सिक्किम, असम र दार्जीलिङका धेरै संघ संस्थाहरूले पिंकीको यो सफलतामाथि उनलाई शुभेच्छा र बधाइँ व्यक्त गरिएको छ।

One Response

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: