तिर्थयात्रु चढेको बस त्रिशुलीमा खस्दा सातको मृत्यु


    काठमाडौंबाट सुनसरीको बराह क्षेत्र जांदै गरेको एक यात्रुबाहक बस बिहीबार राति १ बजे त्रिशुलीमा खस्दा सात जनाको मृत्यु भएको छ । १५ जना घाइते छन् ।
तिर्थयात्री बोकेको बा.२.ख ६२७१ नम्बरको बस मुग्लिङ-नारायणगढ सडक खण्डको जलबिरेमा दुर्घटना भएको थियो । बस सडकबाट १ सय मिटर तल त्रिशुली नदी किनारमा खंस्दा घटनास्थलमा छ जना र अस्पताल लैजांदै गर्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा किर्तिपुर नगरपालिका बस्ने ४५ बर्षका लक्ष्मी खनाल, सोही ठाउंका ५० बर्षका रामबाबु बांस्कोटा, २७ बर्षका कृष्ण बांस्कोटा, ४ वर्षीया शुभेच्छा बांस्कोटा, ३० बर्षकी रेखा खनाल, भक्तपुर नगरपालिका बस्ने ३० बर्षका बिष्णु प्रजापति र काठमाण्डौ मातातिर्थ गाबिस-२ बस्ने ७० वर्षीय रामचन्द्र रिजाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बसमा ४३ जना सवार थिए । अन्यको अबस्था शकुशल रहेको प्रहरीले जनाएको छ । तिर्थयात्रु बोकेको बस जलबिरेको घुम्तीमा अनियन्त्रित भइ खसेको हुन सक्ने घटनास्थल उद्धारमा खटिएका प्रहरी हवल्दार भानु चौधरीले जानकारी दिए । बस त्रिशुलीको किनारमा कच्याक्कुचुक परेर थेचारिएको छ भने बसका चालक फरार रहेका छन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: