खाडीको मिडियामा नेपाल प्राथमिकता


अखण्ड भण्डारी/दिनेश रेग्मी
 नेपाल रेडक्रसले आफ्नो कार्यालयको सुरक्षा गरिरहेको एउटा कुकुरलाई मासिक एक हजार रुपैयाँ तलब तोकेको छ । रेडक्रस कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार पूर्वी नेपालको दमक उपशाखामा कार्यरत उक्त कुकुरले बिदाको दिन ‘ओभरटाइम’ पनि पाउने छ । ‘यो कुकुरले यति ठूलो काम गरिरहेको छ,’ उपशाखाका अध्यक्ष मानबहादुर बुढाथोकी भन्छन्, ‘राति सुरक्षा गार्डलाई नै ढुक्क छ ।’ कुकुरले पाउने तलब अब उसलाई मीठोमीठो खाना, दिनैपिच्छे कम्तीमा एकपटक मासु, दूध, बिस्कुटजस्ता वस्तु किन्न प्रयोग गरिनेछ ।

यो रोचक समाचार एएफपीबाट साभार गरी कतारका प्रमुख अंग्रेजी दैनिक ‘गल्फ टाइम्स’, ‘कतार टि्रब्युन’ र ‘दि पेनिन्सुला’ ले छापेका छन् । संयोग ! तीनवटै पत्रिकामा मंगलबार योसहित बेलायतमा नेपाली विद्यार्थीको भिसा रोकिएकोविरुद्ध काठमाडौंमा भएको प्रदर्शन पनि समेटिएको छ । यहाँका लोकपि्रय यी दैनिकले हरेक दिनजसो नेपालका समाचार सकेसम्म छुटाउँदैनन् । नेपाली राजनीति, संस्कृति, पूर्वराजपरिवारका गतिविधि, मानवीय रुचिका विषयलगायत यहाँका मिडियाका प्राथमिकतामा पर्छन् । स्थानीय रूपमा नेपाली कामदारका समस्या, नेपाली समुदायका क्रियाकलाप, सांस्कृतिक कार्यक्रमजस्ता विषयलाई पनि उनीहरू महत्त्व दिन्छन् । कतारस्थित नेपाली नियोगले जनवरी १ बाट स्वदेशी श्रमिकको तलब २ सय रियाल बढाउने निर्णय गर्‍यो । त्यो समाचार कान्तिपुरमा छापियो । त्यही स्रोतमा आधारित भई यसलाई ‘गल्फ टाइम्स’ ले प्रथम पृष्ठको मुख्य समाचार बनायो ।

‘कान्तिपुरमा समाचार आएपछि गल्फ टाइम्सका संवाददाताले तलब वृद्धि’bout के हो भनेर मलाई सोधेका थिए,’ राजदूत डा. सूर्यनाथ मिश्रले भने, ‘भोलिपल्ट फस्ट पेजमा प्राथमिकतासाथ छापिएछ ।’ कतार टि्रब्युनले पनि यो समाचार प्रकाशित गरेको थियो ।

मिश्रका अनुसार कतारी पत्रिकाका संवाददाताहरूले बढी श्रम केन्दि्रत विषय, त्यसपछि पर्यटन र नेपाली समुदायका कार्यक्रम’bout सोध्ने गरेका छन् । श्रमका विषयमा श्रमिकका समस्या, मृत्यु, दुर्घटना, कामदारको बिचल्लीजस्ता विषयमा उनीहरूको बढ्ता चासो हुन्छ ।

तैपनि सबै मिडियाले सबैभन्दा महत्त्व दिने विषय भने राजनीति हो । ‘नेपालका राजनीतिक घटनाक्रमले यहाँका नेपालीलाई समेत प्रभाव पार्ने भएकाले प्राथमिकता दिने पत्रिकाको नीति छ,’ कतार टि्रब्युनका कपी एडिटर बद्री पोखरेल भन्छन्, ‘नेपालका अन्य विषय पनि छनोटमा पर्छन् नै ।’ केही महिनाअघि ‘कतार टि्रब्युन’ ले कतारमा नेपाली मिडियाको योगदान’bout विशेष समाचार दिएको थियो ।

नेपालमा तीनवटै पत्रिकाका संवाददाता छैनन् । उनीहरू एपी, एएफपी, रोयटर्स, आईएएनएसलगायत अन्तर्राष्ट्रिय एजेन्सीका समाचारमा नेपाल खोज्छन् । पोखरेलका अनुसार नेपाली पत्रिका र अनलाइन पनि समाचार स्रोत बन्ने गरेका छन् ।

बाह्र वर्षदेखि कतारमा बस्दै आएका मिडिया जानकार शिखर वैद्यको अनुभवमा यहाँका पत्रिकाले प्रायः नेपाली घटनाक्रम छुटाउँदैनन् । ‘नेपाली पाठक र क्रेताको अनुपातमा नेपालका समाचारको प्रयोग धेरै नभए पनि सन्तोषजनक छ,’ ट्राभल एजेन्सीका सफ्टवेयर प्रोग्रामर वैद्य भन्छन्, ‘जनसंख्याका हिसाबमा यहाँ भारतपछि धेरै नेपाली छन् तर कभरेज अनुपात त्यो अनुसार हुन सकेको छैन ।’

आप्रवासी कामदारको बाहुल्य भएको कतारमा सबैभन्दा धेरै भारतीय साढे ४ लाख र त्यसपछि नेपाली साढे ३ लाख छन् । पाकिस्तानी र फिलिपिनोको संख्या नेपालीको भन्दा कम छ तर अंग्रेजी पढ्ने क्षमता र क्रय शक्तिका कारण नेपालभन्दा फिलिपिन्स र पाकिस्तानका समाचारले बढी स्थान पाउने गरेका छन् ।

वैद्य दैनिक यहाँबाट प्रकाशित हरेक पत्रिका छिचोल्छन् । उनले देखेअनुसार यहाँका पत्रिकाले नेपालका पर्व र जात्राहरू बर्सेनि छापेकै हुन्छन् । नेपाललाई प्राथमिकता दिएरै हुन सक्छ तीनवटै पत्रिकाले नेपाली पत्रकार राखेका छन्, जसले स्थानीय नेपालीमा समाचारलाई जोड दिन्छन् ।

फोटो छनोटमा पनि यहाँका पत्रिका सकेसम्म नेपाललाई बिर्संदैनन् । बुधबार गल्फ टाइम्सले काठमाडौं नयाँ बानेश्वरमा दलित मानव अधिकारकर्मीहरूले गरेको धर्नाको फोटो ठूलो आकारमा छापेको छ । 

चालीसभन्दा बढी पृष्ठसहित ग्लेज्ड पेपरमा प्रकाशित कतारी पत्रिकाहरूले युरोप, अमेरिका र एसियाका समाचार देशअनुसार पेज छुट्टयाएर प्रकाशित गर्छन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: