• nepalkuwait.com




  • photos

  • Advertise Here

झाले तीनदिनभित्र सपथ लिने(बल्ल आए लाइनमा)



उपराष्ट्रपति परमानन्द झाले तीनदिनभित्र सपथ लिने भएका छन् । विहीबार सरकारका मन्त्रीहरुले राष्ट्रपति डा. रामवरण यादवसँग भेटेर उपराष्ट्रपतिको सपथ प्रक्रियाअघि बढाइएको बताएका छन् ।राष्ट्रपतिलाई भेट्न पुगेका कानुनमन्त्री प्रेमबहादुर सिंहले भने, “दुइ-तीन दिनभित्र झालाई सपथ खुवाउने विषयमा राष्ट्रपतिसँग छलफल भएको छ।” उनले साँझसम्म समयको टुङ्गो लगाइने जानकारी पनि दिए । कानुनमन्त्री सिंहसँगै संघीय मामिला तथा संसदीय ब्यवस्थामन्त्री मिनेन्द्र रिजाल, महान्यायाधिवक्ता भरतबहादुर कार्की पनि राष्ट्रपति भवन शितल निवास पुगेका थिए ।
 

सिंहकाअनुसार राष्ट्रपति डा. यादवले सो क्रममा आफू मित्रराष्ट्र भारतको भ्रमणमा जानुअघि सबै प्रक्रिया पूरा गरेर टुङ्गोमा पुग्न मन्त्रीहरुलाई आग्रह गरेका थिए । अन्तरिम संविधान संशोधन गरिएको र उपराष्ट्रपतिलाई कृयाशिल गराउन संकल्प प्रस्ताव समेत पारित भइसकेकाले कुनै कानुनी जटिलता नरहेको राष्ट्रपतिलाई जानकारी गराएको मन्त्री सिंहले बताए ।
 

राष्ट्रपति भारत भ्रमणमा जानुअघिनै कार्यवहाक राष्ट्रप्रमुखको व्यवस्था गर्न उपराष्ट्रपतिलाई क्रियाशील गराउन सरकारले प्रक्रिया अघि बढाएको हो ।

2 Responses

  1. yo mare ko manche biuta ne nepal ko kasto kannun ho yo kannun nepal ka neta le janun ra nepal ka neta lai beyakti gat sowartha ra parti gat sowartha bata mathi uthera kam garna kasko arthi chain6 hola

  2. परमानन्द झा bina nepal nai nachalneho ki kya aho??tyasle afno rastriya bhasa lai ijjat garna nasakne tyastalai kina khusmat gariraharni ra? ke tyo bina nepal nai chaldaina ra???tyaslai ta desh nikala garnu parne ho.
    Rajesh

टिप्पणी छोड्नुहोस्