जेल ब्रेकर सभासद


माओवादीभित्र उनी जेल ब्रेककी नायिकाको रूपमा चिनिन्छन् । हाल उनी संविधानसभा सभासद छिन्, गोर्खा जिल्लाबाट । ०५६ कात्तिकमा गोरखाको तान्द्राङबाट पक्राउ परेकी उनी ०५७ साल चैतमा गोरखा जेलबाट सुरुङ खनेर भागेकी थिइन् । त्यसपछि उनलाई माओवादीले ‘जेल ब्रेककी नायिका’ उपमा दिँदै आएका छन् ।गोरखा हंसपुर- ४ मा जन्मेकी सभासद उमा भुजेल ‘जनवादी गीत-संगीत’ सुनेर राजनीतिमा लाग्ने प्रेरणा मिलेको सुनाउँछिन् । माओवादीको तर्फबाट समानुपातिकतर्फबाट उनी सभासद छन् । माओवादीले युद्ध सुरु गरेलगत्तै भूमिगत भएकी उनले अधिकांश समय माओवादी लडाकु, कमाण्डर र कमिस्नार भएकी छन् । पाल्पा, तीनगिरे लगायत दर्जनभन्दा बढी स्थानमा भिडन्तमा सहभागी भएकी थिइन् । हाल केन्द्रीय सदस्य रहेकी भुजेलको सभासदका साथै अर्को परिचय पार्टी केन्द्रीय सदस्य पनि

हो । उनको थप परिचय योङ्ग कम्युनिष्ट लिग -वाईसीएल) की केन्द्रीय सहसंयोजक हो । सशस्त्र युद्धको बेला लडाकुको ‘बिग्रेड कमिस्नार’ पदमा थिइन् । महिला लडाकुहरू त्योभन्दा माथिल्लो तहमा पुगेका छैनन् ।

करिब चार महिना लगाएर करिब सात मिटर लामो सुरुङ खनेर गोरखा जेलबाट भागेका थिए । त्यसमध्ये दुईजना सशस्त्र द्वन्द्वको बेला मृत्यु भइसकेको छ । ‘जेलबाट भाग्न सफल भए पनि अर्को ठाउँमा सहिद भए’, ती दिन सम्झँदै सभासद भुजेल भन्छिन्- ‘जेल ब्रेक गर्दा पनि हामी मृत्युको मुखबाट उम्केका थियौं ।’

बिहानको करिब एक बज्दै थियो । छजना माओवादी बन्दीहरू चार महिना लगाएर खनेको सुरुङबाट निस्किएलगत्तै सुरक्षाकर्मीले फायर गरे अँध्यारोमा । भाग्ने बेलामा कत्ति पनि डर नलागेको उनी सुनाउँछिन् । ‘युद्धमा लागदेखि नै कि मुक्ति कि मृत्यु भनेर हिँडेका थियौं’, उनी भन्छिन्- ‘सुरुङ खनेको थाहा पाएको भए पनि हामी मारिन्थ्यांै, भाग्दा पिछा गरेको भए पनि मारिन्थ्यौं ।’ जेल सुरक्षाकर्मीले फायर गरेपछि संयोगले उनीहरूलाई गोली लागेन । किनकि त्यसबेला उनीहरू अलि टाढा पुगिसकेका थिए । उनी आफूले वैज्ञानिक विचार लिएकै कारण मृत्युलाई जितेको दाबी गर्छिन् । ‘वास्तवमा भन्ने हो भने विचारले मृत्युलाई जित्दोरहेछ भन्ने त्यसबेला थाहा पायौं ।’

जेलबाट भागेपछि खुसीको बयान गरिसाध्य नै नभएको उनी बताउँछिन् । आफूले राजनीतिक मिसन बोकेको हुनाले उनकै भाषामा ‘दुश्मन’को पञ्जाबाट भाग्न सफल हुन एकप्रकारले लडाइँ जितेसरह भएछ, उनलाई । ‘जेल तोडेर भाग्नु पनि एउटा लडाइँ जित्नुजस्तै थियो’, उनी भन्छिन् । तर अहिले ? ‘राजनीतिक लडाइँ भने जित्न बाँकी नै छ’, उनले भनिन्- ‘हाल हामी युद्धको मोर्चा छाडेर संविधानसभाको मोर्चामा छौं ।’

जुन लक्ष्य लिएर पार्टीमा लागेको हो, त्यो लक्ष्य पूरा नभएको उनको ठहर छ । ‘जनताको संविधान बेलैमा बन्यो भनेमात्र लक्ष्य हुनेछ’, उनी भन्छिन्- ‘संविधानसभा पनि एउटा मोर्चा हो ।’ विगतमा भौतिक जटिलता भए पनि हाल भने राजनीतिक जटिलता उनले देखेकी छन् । ‘भौतिक रूपमा आजभोलि सजिलो छ, तर राजनीतिक रूपमा गाह्रो’, उनी सुनाउँछिन् ।

सुरुमा बन्दुक चलाउन गाह्रो लागेजस्तै कम्प्युटर चलाउन पनि त्यस्तै लागेको अनुभव छ । व्यवहारबाट ज्ञान प्राप्त हुने उनको विश्वास छ । त्यसका लागि युद्धले धेरै ज्ञान र चेतना दिएको उनको बुझाइ छ । ‘व्यवहारबाट ज्ञान प्राप्त हुन्छ’, उनी भन्छिन्- ‘जतिसुकै राम्रो सिद्धान्त भए पनि व्यवहारमा प्रयोग गरिएन भने काम छैन ।’

प्रस्तुतिः गंगा बीसी

One Response

  1. नेपाल मा आरु मान्छे नभाएको जस्तो कैदी लाई सभासद बनाएको छ , एस्तो लाई पक्डेर जन्म कैद हाल्नु पर्छा ,

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: