मिस मंगोल चैतमा


                  मंगोलियन युवतीहरूबीच प्रतिस्पर्धा गराइने मिस मंगोलको दोस्रो संस्करण आगामी चैत्र ७ गते हुने भएको छ। इन्टरटेनमेन्ट एक्सन प्रालिले आयोजना गर्ने मिस मंगोल २०१० मा १६ देखि २५ वर्षउमेरका मंगोल समुदायका अविवाहित युवतीले भाग लिन पाउनेछन्। घटीमा एसएलसी पास र पाँच फिट उचाइ हुनुपर्नेप्रावधान राखिएको छ। प्रतियोगितामा भाग लिन चाहनेले माघ मसान्तसम्ममा आवेदन फारम बुझाउने र पहिलो चरणको छनोट आगामी फागुन १ गते शनिबार दरबारमार्गस्थित होटल अन्नपूर्णमा हुने आयोजकले जानकारी गराएका छन्। 

अडिसनबाट छनोट भएका प्रतियोगीलाई रोजिन शाक्यको कोरियोग्राफीमा एक महिनासम्म प्रतियोगितासँग सम्बन्धित विभिन्न विषयमा प्रशिक्षण दिइनेछ। प्रशिक्षणका क्रममा विभिन्न जातजातिका भाषा, संस्कृति, रहनसहन, पोसाक, जीवनशैली आदिका बारेमा जानकारीमूलक कक्षा एवम् भ्रमण गराइने जनाइएको छ।

२५ प्रतिशत एसएमएस भोटिङ, २५ प्रतिशत ट्यालेन्ट सो र ५० प्रतिशत अन्तिम दिनको प्रतिस्पर्धाबाट प्रतियोगीको प्रस्तुतिलाई आधार बनाई विजेता चयन गरिने आयोजक संस्थाले जनायो। विभिन्न जातजातिको मौलिक संस्कृतिको आदान-प्रदान एवम् ज्ञान आर्जन गर्न-गराउन प्रतियोगिताको आयोजना गरिएको आयोजकको भनाइ छ। गत वर्षेखि शुरू भएको मिस मंगोलको पहिलो ताज काठमाडौंकी सृष्टि राजकणिर्कारले जितेकी थिइन्।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: