अब थ्रीजीको पोस्टपेड पनि


 नेपाल टेलिकमले तेस्रो पुस्ता (थ्रीजी) मोबाइलको पोस्टपेड पनि वितरण गर्ने भएको छ । हाल थ्रीजीको पि्रपेड मात्र सञ्चालन गरिरहेको टेलिकमले छिट्टै पोस्टपेड वितरण सुरु गर्ने जनाएको छ । ‘हामी छिट्टै काठमाडौं उपत्यकामा थ्री जी पोस्टपेड वितरण गर्ने तयारीमा छौं,’ टेलिकमका प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले भने, ‘हाल थि्रजी पि्रपेड मात्र वितरण गरिरहेका छौं ।’ थि्रजी पोस्टपेडका लागि टेलिकमले नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई गरेको शुल्क प्रस्ताव प्राधिकरण बोर्डले स्वीकृत गरेको प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने ।

टेलिकमका अनुसार थि्रजीको भ्वाइस सेवा शुल्क जिएसएम मोबाइलको जति नै हुन्छ । भिडियो फोन शुल्क थ्रीजी पि्रपेड र पोस्टपेडमा भिन्दाभिन्दै छ । ‘थ्रीजीबाट मात्र हुने भिडियो फोनको शुल्क कटौती गरिएको छ,’ थिकेले थपे, ‘पि्रपेड प्रयोगकर्ताले भिडियो फोन प्रयोग गर्दा प्रतिमिनेट ५ रुपैयाँ शुल्क तिनर्ुपर्छ भने पोस्टपेड प्रयोगकर्ताका लागि ४ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।’

नयाँ शुल्क फागुन सुरुदेखि लागू हुनेछ । हाल थ्रीजी पि्रपेडमा भिडियो प्रयोगकर्ताले प्रतिमिनेट १० रुपैयाँ शुल्क बुझाउनुपर्छ । पोस्टपेडको मूल्य पहिलोपटक निर्धारण भएको हो ।

काठमाडौं उपत्यकामा बिटिएस टावर थपेर र पोखरामा सेवा सुरु गरेर थ्रीजीको विस्तार गर्न लागिएको टेलिकमले पोस्टपेड वितरणबाट यसका प्रयोगकर्ता बढ्ने जनाएको छ । दक्षिण एसियाकै पहिलो मुलुकका रूपमा करिब दुई वर्षदेखि टेलिकमले काठमाडौंमा थ्रीजी प्रविधि भित्राए पनि विस्तार ज्यादै सुस्त भयो ।

राजधानीभित्र पनि सबै ठाउँमा नेटवर्क नभएकाले पनि प्रयोगकर्ता न्यून छन् । अहिले थ्रीजीका आठवटा बिटिएस टावरबाट सञ्चालित छन् । राजधानीका सबै स्थानमा सेवा पुर्‍याउन टेलिकमले बिटिएस थप गरेर ५० भन्दा बढी पुर्‍याएको

छ । थप बिटिएसको अप्टिमाइजेसन काम भइरहेकाले त्यो पूरा भए पनि उपत्यकाका प्रायः स्थानबाट थि्रजी नेटवर्क पुग्ने मोबाइल सेवा निर्देशनालयका निर्देशक जीवनरत्न शाक्यले बताए । थ्रीजीमा भिडियो फोन र टिभी हेर्ने आधुनिक सुविधा हुन्छन् ।

टेलिकमले पोखरामा पनि थ्रीजी सेवा सुरु गर्ने भएको छ । पोखरामा आठवटा बिटिएस टावर जडान गर्ने काम पूरा भइसकेको छ । प्राधिकरणका अनुसार अहिले थ्रीजी प्रयोगकर्ताको संख्या ६ सय ९९ मात्र छ । गत एक वर्षमा यो संख्या एक सयले मात्र बढ्यो । नयाँ विस्तार योनजापछि उपत्यकामा यो सेवा प्रयोगकर्ता संख्यामा उल्लेख्य वृद्धि हुने टेलिकमले जनाएको छ ।

निर्देशक शाक्यका अनुसार टेलिकमसँग १ लाख ७५ हजारलाई थ्रीजी सेवा दिने क्षमता छ । जुन १ सय ४ वटा बिटिएसमार्फत दिन सकिन्छ  ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: