घरमा झगडा हुनुको मुख्य कारणहरु के-के हुन त ?


केदार नाथ खरेल

         श्रीमतीलाई बुढा कहाँ गए होलान? भन्ने चिन्ताले असाध्यै सताउने गर्छ किनकि        भात खाने बित्तिकै कहिले फोटोकोपी गरेर आउँछु है बुढी भन्ने बाहनामा सुटुक्क भाग्छन रे कहिले आज साथीसँग जरुरी काम छ भन्ने बाहानामा बाटो तताउने गर्छन रे, त कहिले मिटिङ्गमा जानु पर्ने खबर आएको त कहिले अमेरिकाबाट मनि अर्डर आएको बाहानामा श्रीमान बाहिरिने चलनले गर्दा  श्रीमतीलाई असाध्यै पिर पर्दोरहेछ। यसैगरी धेरै श्रीमानहरु श्रीमतीलाई ढाँटेर नयाँ संगिनीसँग जाँदा ढिलो घर फर्कने गर्दछन्। यस्तै पीडाहरु सबै दिदी-बहिनी र भाउजुले बेहेर्नु भएकै होला।

तिजमा श्रीमती माइत गएको मौकामा अस्तिनै श्रीमतीको डरले नखाइ-नखाइ खोपामा लुकाई राखेको खोया बिर्के तान्दै गरेको थिए त्यसै बेला एक्कासी उनको फोन आयो “बुढा, के गरिरहनु भा छ त, एक्लै घरमा?” हे तेरिमा टोक्ने! “टन्न खोया बिर्के तनिराको बुढी” भनौ भने बुढी रिसाउने डर। “म यसो ग्राहकको केही खबर आएको छ कि भनेर जांच गरिरहेको, कम्प्युटरमा” भन्नु भन्दा केही अर्को बिकल्प छ त ? केही छैन, बिकल्प । तीजमा छम-छम नाचिरहेकी सतिसाबित्री अर्धाङिनिलाई के थाहा, श्रीमान चट्ट आज फेसबूकमा पहिलेकी “जेठी” सँग आनन्दले च्याट गर्दै खोपाको खोया बिर्के टिल्याउदैं गरेको ? हेर्नु न, श्रीमानको दिर्घायुको लागि ब्रत बस्ने श्रीमतीको ब्रत र श्रीमतीको अनुपस्थितिमा खोया बिर्के तोड्ने श्रीमानको कर्तव्यमा कति फरक छ ? श्रीमतीले पकाएको भान्छा गरेर बुढा कार्यालय गए भने पनि बाटोमा कुनै कान्छिले सेवा (लिफ्ट) दिने हो कि भन्ने सधैं बुढीलाई पीर । सवारी साधन भएका श्रीमान कार्यालय लागे भने ऊ त्यही पर नपुग्दै कान्छीलाई (लिफ्ट) दिएर कार्यालय नगइ नगरकोट हानिन्छन् कि भन्ने पीर! कथमकदाचित कार्यालय पुगीहाले भने पनि बिरामी परेको बाहानामा कार्यालय हापेर गोदावरी अथवा विश्वज्योती लाग्लान् भन्ने पनि पीर हुन्छ रे बुढीलाई। यो कहानी मेरो होइन है, सबैको। यो तीजमा चाँही बुढाको दिघायुसँगै ‘बुढा माथिको पीर (शंका)’ पनि हटाउने अदभुत शक्ती वर मागे होलान, शिव बाबासित बुढीहरुले । हुन त शिव बाबा पनि कम्तिका छन् र ? पार्वतीलाई छल्न किराँत रुप धारण गरेर वन  बिहार गर्न गएका थिए सो कुरा पार्वतीले ध्यान दृष्टिले हेर्दा थाहा पाएर आफूपनि किराँतीनी रुप धारण गरेर घुम्दै थिइन् एक्कासी बीच बनमा अत्यन्त सुन्दरी केटी भेटे पछि महादेव मोहीत भएर उनको प्रेमजालमा फंसे पछि पार्वतीले आफ्नो सक्कली रुपमा प्रकट हुँदा महादेव तिन छक्क परेर लाजले अन्तर ध्यान भएर कैलास पर्वत पुगेका थिए रे। अब हाम्रा दिदी-बहिनी र भाउजु हरुले पनि त्यसै गर्नु पर्ने भएको छ। महादेवले त्यति मात्र गरेका हुन र सात बर्षकी बिचरी गोमा माग्न पुग्छन, ति बुढा । शिव बुढालाई सम्झाउ भनेर पार्वती सोच्दिहोलिन नि ! तर के गर्ने भाङको चिलिमले झटारो हान्लान् भने पीर, सोझी पार्वतीलाई। अब यस्ता भर नभाका बुढा शिवले के ‘बर’ देलान्, बुढीहरुलाई! खै मलाई त त्यती विश्वाश लागेन है। ‘मेरो होनहार भक्त रहेछ’ भनेर थाहा पाए अनी त्यही मायाले मेरी बुढीलाई ‘तथास्तु’ भनिदिए भने छुट्टै कुरा । नत्र त खोइ ! जे होस् बुढीको पनि पीर गर्ने बुढाहरु सृष्टि गराउन भगवानले पनि। सधैं किन बुढीहरुलाई मात्रै टोकसो र पीर, बिचराहरुलाई । हुनत सोझा श्रीमानलाई छक्याएर आजकलका केही श्रीमती नाठो खोजेर रेष्टुरेन्टमा नपसेका पनि होइनन्। त्यती मात्र होर श्रीमान चाहीं विदेशमा पचास डिग्रीको तापक्रममा मेहेनत गरेर खाइ नखाई जोहो गरेर पैसा कमाएर पठाउने बुढी चाँही नाठोसँग सल्केर कहिले नगरकोट त कहिले गोदावारी जाने गरेको पनि यदाकदा सुनिन्छ। त कसैको श्रीमती घरमा रातदिन पसिना बगाएर मेहेनत गर्छिन् श्रीमान भनौदो नकचराहरु पनि घरमा श्रीमती हुँदाहुँदै पनि कलियुगको कृष्ण झै एकसाथ दर्जनौ गोपीनीहरुसँग रासलिला गर्नेहरु पनि कम छैनन् भने यस्तै किसिमका गोपिनीहरु पनि यहाँ कमि छैनन्। यस किसिमको रासलिलामा सहभागी हुने दुवै पक्षले आफ्नो भविष्यलाई मध्ये नजर गर्दै समयमै सावधान रहनु नै भविष्यमा सुखमय जीवनमा विताउन फाइदा पुग्ने छ। सबै बुढा र बुढीहरुको (श्रीमान-श्रीमतीहरुको) जीवन सुखमय होस् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: